फिलिस्तीन–इजरायलबीचको धार्मिक विवाद
मिति : २०७८ जेष्ठ १० गते– विद्रोहीकरिब ११ दिनदेखि इजरायल र फिलिस्तीनबीच चलेको युद्ध भर्खरै विश्व समुदायको दबावमा युद्ध विराम गरिएको छ तर त्यहाँ स्थित गाजापट्टीमा आज पनि दुवै देशबीच तिव्र झडप हुँदैछ । धार्मिक कारणले त्यहाँ केही हप्ता अघि विवाद चर्की एक आपसमा युद्ध शुरु भएको थियो दुवै देशबीच चलेको युद्धमा इजरायलतर्फ ७ जना र फिलिस्तीनतर्फ २०० भन्दा बढी जनाको मृत्यु भएको छ । मर्नेहरुमा अधिकांश महिला र बच्चाहरु छन् । इजरायलले गरेको आक्रमणमा परी फिलिस्तीनको पक्षबाट युद्ध गरी रहेका १६ जना भन्दा बढी हमासका माथिल्लो स्तरका कमाण्डरहरुको पनि मृत्यु भएको छ ।
विद्रोही
इजरायल र फिलिस्तीनबीच चलेको युद्धको कारण हामीले बुझ्न पर्ने जरुरी छ यस युद्धको कारण हो धार्मिक । पूर्वी येरुशलेमको नजीक एउटा धार्मिक स्थान छ बैतुल मुकद्दस यो स्थान यहुदी, इसाई र मुस्लिमको महत्वपूर्ण धार्मिक स्थल हो । किम्वदन्ती अनुस...








