Thursday, September 25सत्यम खबर
Shadow

इस्लाम धर्म र हिन्दु धर्मलाई अति नजीक ल्याउँदै क्राउन प्रिन्स मो. बिन सलमान

मिति २०७८ जेष्ठ ३ गते
– रमेश चन्द्र कुमाल


साउदी अरेबिया भिजन २०३० बाट इस्लाम धर्म र हिन्दु धर्मलाई अति नजीक ल्याउने साउदी अरेबियाका प्रिन्स मो. बिन सलमान अजिजले गर्नु भएको छ ।
साउदी अरेबिया भिजन २०३० को शुरुआत गर्दै क्राउन प्रिन्स मो. बिन सलमानले धार्मिक एकताको सन्देश पनि दिनु भएको छ । उहाँले अब साउदी अरेबियामा प्राइमरी तहबाट नै आफ्नो विद्यार्थीहरुलाई हिन्दु धर्मावलम्बीहरुको ग्रन्थ रामायण, महाभारत, बौद्धिज्म धर्म र कर्मबारे शिक्षा दिइने कार्य अघि बढाउने भन्नु भएको छ । यस कार्यलाई अघि बढाउँदै उहाँले भारतका धार्मिक विद्वान र शिक्षकहरुलाई आफ्नो यहाँ आउन आग्रह समेत गर्नु भएको छ । साउदी अरेबियाका क्राउन प्रिन्स मो. बिन सलमानले केही वर्षमा नै महत्वपूर्ण पाइलाहरु चालेका छन् ।

यसभन्दा अघि साउदीका महिलालाई एक्लै घरबाट निस्कने अनुमति थिएन उनीलाई जीप, कार लगायत चलाउने लाइसेन्स दिइएको थिएन तर विगत वर्षमा उहाँले सो कार्यहरु गर्न साउदी अरबका महिलालाई लाइसेन्स दिनु भएको छ । अब साउदी महिला विदेश भ्रमणमा पनि जान पाउने भएका छन् । साउदी अरेबियाभिजन २०३० लाई उहाँले एक अभियानको रुपमा चलाउने लक्ष्य लिनु भएको छ यस भिजन अन्तर्गत साउदी अरबलाई वैश्विक प्रतिस्पर्धामा उतार्ने, वैश्विक संवाद पैदा गर्ने क्षमता बढाउने, नयाँ जेनेरेशनमा सेक्युलरिज्मको सोच पैदा गर्न प्राइमरी र उच्च स्तरसम्म विद्यार्थीहरुलाई अंग्रेजी, संस्कृत भाषाको शिक्षा दिइने कुरामा जोड दिनु भएको छ । साउदी अरेबियामा विद्यमान रहेको पुरानो सोचमा परिवर्तन गरी नयाँ प्रकारको सोच ल्याउन उहाँले आफ्नो देशका प्रख्यात इस्लामी धर्मगुरु र विद्वानहरुको एक कमिटी गठन गरी इस्लाम धर्ममा केही महत्वपूर्ण सुधार ल्याउन समेत संकेत दिएका छन् साउदी अरबमा जुन समय अज्ञानता अन्धकार र कुप्रथाहरु हावी थियो त्यस समय अरब देशहरुलाई नयाँ दिशा प्रदान गर्न इस्लाम धर्मका अन्तिम पैगम्बरले महत्वपूर्ण कार्यहरु गर्दै महिलाहरु र बालबालिका हरुलाई बराबरीको हक अधिकार दिलाउन त्यस्तो कुप्रथाको अन्त गर्नुभएको थियो सत्य र अहिंसालाई अगाडि बढाउन शान्तिको सन्देश दिनुभयो जसको कारण सम्पूर्ण विश्वमा नै इस्लाम स्थापित भयो अहिले सोही सन्देशलाई पुनः सम्पूर्ण विश्वमा फिजाउन साउदी अरेबियाका क्राउन प्रिन्स मो. बिन सलमान अजिजले धार्मिक एकता कार्यलाई अघि बढाउने तर्फ लाग्नु भएको छ । यो धार्मिक एकताको लागि साउदी अरेबिया भिजन २०३० महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ । यो भिजन सफल भयो भने आगामी समय हिन्दु धर्म र इस्लाम धर्म हातेमालो गरी विश्वमा मानवताको लागि काम गर्ने अनुमान छ । यो कुरा अहिले विशेषकर नेपालका प्रमुख राजनीतिक दल र नेपाल सरकारलाई बुझ्नुपर्ने आवश्यक भएको छ । नेपालका केही प्रमुख राजनीतिक दल र नेपाल सरकार जनआन्दोलन भाग–२को सफलतापछि देशको प्राचीन धर्म, संस्कृति, सभ्यता र वैदिक साहित्यलाई नष्ट पार्न विभिन्न प्रकारका कुकृत्यहरु गरेका छन् । पहिले देशलाई धर्म निरपेक्ष गराए पछि यहाँ पठन पाठन गर्ने गरिएको नैतिक शिक्षालाई हटाउँदै अनिवार्य संस्कृत भाषाको पठन पाठनसम्म रोके अहिले यिनीहरु देशमा क्रिश्चियानिटी बढाउन आफ्ना्े अहम भूमिका निर्वाह गरी रहेका छन् यस्ताहरु अब साउदी अरेबियाका क्राउन प्रिन्सकोमार्ग अनुसरण गर्नु जरुरी छ ।
कुनै समय सम्पूर्ण विश्वमा वैदिक सनातन धर्मको वर्चस्व थियो विभिन्न मत मतान्तर सम्प्रदाय बढ्दै गएपछि वैदिक सनातन धर्म नेपालमा सीमित रहन पुग्यो अहिले देशको सरकार र प्रमुख राजनीतिक दलहरुको निकृष्ट सोचको कारण यहाँबाट वैदिक सनातन धर्म अवनतितर्फ गई रहेको समय साउदी अरेबियाका क्राउन प्रिन्सको नयाँ सोचले नेपालमा मद्धिम पर्न थालेको वैदिक संस्कृतिलाई क्षणिक रुपमा भएपनि केही आशाको किरण थपी दिएको छ ।
वैदिक सनातन धर्मावलम्बी विद्वान र शिक्षक त्यहाँका साना साना कलिला उमेरका विद्यार्थीलाई पुरानो संस्कृति र सभ्यताको ज्ञान दिन सफल भए त्यो दिन टाढा छैन जब धार्मिक एकताको वातावरण बनी सर्वत्र विश्वमा शान्ति फैलिनेछ । यो शान्ति इस्लाम धर्म र हिन्दु धर्मले मात्र विश्वलाई प्रदान गर्न सक्नेछ यो क्षमता यही दुई वटा धर्ममा मात्र छ अन्यसँग यो क्षमता छैन । यही कुराको मनन गरी क्राउन प्रिन्स अजिजले क्रिश्चियन धर्म र यहुदी धर्मलाई मान्यता नदिएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *