Thursday, July 30सत्यम खबर
Shadow

राजनीति

मन्दिरमाथि कब्जा जमाउन काँग्रेसको खेल

मन्दिरमाथि कब्जा जमाउन काँग्रेसको खेल

धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
अजय कुमार गुप्तानेपालगन्ज, २३ मंसिर – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ मा रहेको प्राचीन पूर्वीया महाराज मन्दिरमा रहेका पुजारीको परिवारको सरसामान केही अवाञ्छित तत्वहरुले तोडफोड गरी लुटेर लगेको कुरा जानकारीमा आएको छ । दशकौंदेखि पूर्वीया महाराज सो मन्दिरमा पुजाआजा गर्दै आएका थिए ।उनको देहान्त भएपछि उनको परिवार सदस्य त्यस मन्दिरमा पुजाआजा गर्दै आएका छन् । केही वर्षअघि भारतीय राजदूतावासको लगानीमा मन्दिरको कम्पाउण्डभित्र पशुपति शिक्षा मन्दिर स्थापना गर्नको लागि कैयन कक्षाकोठाहरु निर्माण गरिएको थियो । पछि पशुपति शिक्षा मन्दिरको नयाँ भवन पुरानो डिएसपी रोडमा निर्माण गरेपछि मन्दिरमा स्थापित कक्षाकोठाहरु खाली रहेका थिए । वर्तमान समय अधिकांश कक्षाकोठा खाली रहेकोले कैयन कोठामा ताल्चा लगाई बन्द गरिएको छ तर केही कोठामा मन्दिरका पुजारी परिवार रहने गर्छ । मन्दिरमा लागेको विद्युतको बिल पुजारी परिवा...
कमल थापाले भने– राजा आउ देश बचाउ होइन, जनता आउ देश बचाऊँ भनौं

कमल थापाले भने– राजा आउ देश बचाउ होइन, जनता आउ देश बचाऊँ भनौं

राजनीति, समाचार
काठमाडौं, २२ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् ।सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा उनले स्वःस्फूर्तरूपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताएका हुन् ।‘राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ देश बचाऔँ भनौं,’ भन्नुप¥यो,’ थापाले भने– उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने बताए । उनले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रहसमेत गरे । तस्बिरः कमल थापा उनले राजसंस्था र हिन्दु राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको दाबी गरे ।त्यस्तै चुनाव चिन्ह हलो भएकोमा दुःख मनाउ गर्नुपर्ने अवस्था नभएको भन्दै हलोको सामाजिक सा...
बन्दनाको नेतृत्वमा सदाबहार सामुदायिक वन

बन्दनाको नेतृत्वमा सदाबहार सामुदायिक वन

प्रदेश ५, राजनीति, समाचार, समाज
नरैनापुर, २२ मंसीर – नरैनापुर गाउँपालिकामा रहेकोे सदाबहार सामुदायिक बन उपभोक्ता समूह खोदावामा नयाँ कार्यसमिति चयन भएको छ । नरैनापुरमा भएको निर्वाचनमा बन्दना सिंहको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन अधिकृत तथा नरैनापुर गाउँपालिकाका सुचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी गराउनुभयो ।निर्वाचनमा अध्यक्षमा बन्दना सिहं, कोषाध्यक्षमा जगराना यादव तथा सचिव पदमा अभिमन्यु सिंह विजयी भएका छन् । यस्तैगरि समितिको उपाध्यक्ष मा चित्र कुमारी परियार, सहसचिवमा मनमाया परियार, सदस्यहरूमा क्रमशः रूक्साना पठानिन, जदुरा लोधिन, केवलराम यादव, धनीराम यादव, रामकिशोर शर्मा, खलिल खाँ, मन्शाराम कहार, हनिफ खाँ, परसु पासी, विमला तमोली, रामकिशोर यादव, प्रमोदकुमार सिंह निर्विरोध निर्वाचित भएका छन् ।अध्यक्ष, कोषाध्यक्ष तथा सचिव पदको लागि भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेदवार नन्कु...
‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु’– प्रचण्ड

‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु’– प्रचण्ड

राजनीति, समाचार
काठमाडौं, २१ मंसिर – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा बोल्दै प्रचण्ड गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो कुरा नभएको बताए ।‘हामीले ल्याएको परिवर्तन र पार्टी एकतालाई संस्थागत गर्ने विषयमा को अध्यक्ष हुने भन्ने ठूलो होइन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने,‘हामी छँदै नेकपाको नेतृत्वमा नयाँ पुस्तालाई ल्याउन म अध्यक्ष छोड्न तयार छु ।’ यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको बताएका थिए।नेकपाको जारी विवादबारे बोल्दै प्रचण्डले यसको दोष प्रधानमन्त्री ओलीलाई दिए ।‘उहाँले सुरूमा फायरिङ खोलेपछि...
कडा सुरक्षा घेराबिच नेकपा स्थायी कमिटी बैठक सुरू, प्रधानमन्त्री अनुपस्थित

कडा सुरक्षा घेराबिच नेकपा स्थायी कमिटी बैठक सुरू, प्रधानमन्त्री अनुपस्थित

राजनीति, समाचार
काठमाडौं, २१ मंसिर – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ ।केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षाघेराबिच बैठक सुरू भएको हो ।बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थितित भएनन् । हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको नेकपा उच्च स्रोतले सेतोपाटीलाई जानकारी दियो । नेकपा मुख्यालय धुम्बाराही। तस्बिरः नारायण महर्जन स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ ।यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ । अहिले धुम्बाराही क्षेत्रको सुरक्षा व्य...
नेकपाको स्थायी कमिटी बैठक दिउँसो बस्दै

नेकपाको स्थायी कमिटी बैठक दिउँसो बस्दै

राजनीति, समाचार
काठमाडौं, २१ मंसिर – आन्तरिक किचलोमा रहेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज आईतबार बस्दैछ ।पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह १ बजे बस्ने बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन् । फोटो फाईल बैठकको माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र समेत बैठकमा पेस हुनेछ ।शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने दोहो¥याएका थिए ।बहुमत सचिवालय सदस्य आजको स्थायी कमिटी बैठक बोलाउनु पर्ने पक्षमा रहेपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन् ।अपरान्ह बस्ने बैठकका लागि सबै स्थायी कमिटी सदस्यलाई खबर गरिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए ।...
काँग्रेसद्वारा हडिया बाबा आश्रममा निःशुल्क आँखा, कान शिविर

काँग्रेसद्वारा हडिया बाबा आश्रममा निःशुल्क आँखा, कान शिविर

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० मंसिर – नेपालगन्ज वडा नं. ६ फुल्टेक्रा स्थिति रहेको हडियाबाबा आश्रममा शनिबार आँखा तथा कान सम्बन्धि निशुल्क शिविर आयोजना गरिएको छ ।शनिबार बिहान ११ बजेदेखि हडिया बाबा मन्दिर प्राङ्गणमा सञ्चालन गरिएको निःशुल्क आ“खा, कान शिविरमा हडिया बाबा आश्रममा रहेका साधु सन्तहरुलाई निःशुल्क सेवा दिने उद्देश्यले एक दिने शिविरको आयोजना गरिएको शिविर संयोजक प्रदीप शाहले बताउनुभयो । प्रत्येक वर्ष झै यस वर्ष पनि नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविरमा काँग्रेस केन्द्रिय सदस्य किशोर सिंह राठौर, महाधिवेशन प्रतिनिधि लक्ष्मीनारायण शाह, नेपाल मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष निजामुद्दीन अन्सारी, बाँके काँग्रेस उपाध्यक्ष सुनिल नर्सि· राणा, तरुण दल बाँकेका सभापति विरेन्द्रबहादुर शाह, सचिव विनोद रिजाल, जिल्ला सदस्य माया पुन, विनय गौतम, कपिल पाठक, रितेश शर्मा लगा...
राजासहितको हिन्दु राष्ट्र माग्दै हेटौंडामा राप्रपाको प्रदर्शन

राजासहितको हिन्दु राष्ट्र माग्दै हेटौंडामा राप्रपाको प्रदर्शन

राजनीति, समाचार, समाज
हेटौंडा, २० मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकल ¥याली प्रदर्शन गरेको छ ।पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको ¥यालीले बजार परिक्रमा गरेको थियो। प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा नाराबाजी गरिएको थियो । बजार परिक्रमापछि सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरूले सम्बोधन गरेका थिए ।कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले जनताले परिबर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने धारणा राखे ।काङ्ग्रेस–कम्युनिस्टको गलत निति र अवधारणाले मुलुक समस्याको दलदलमा भासिएको भन्दै अधिकारीले राप्रपा अबको वैकल्पिक शक्ति भएको दाबी गरे ।पार्टीका युवा नेता राजाराम बर्तौलाले राष्ट्रवाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो ...
युवा संघको बृहद रक्तदान

युवा संघको बृहद रक्तदान

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बैजनाथ, १९ मंसिर राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा शुक्रबार प्रभात मावि जि गाउँमा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।युवा संघ बाँकेका संयोजक कुश्माखर बस्यालका अनुसार दिउँसो ३ बजेसम्म नेकपा नेता रत्न खत्री, डम्बर विक, रेणुका खड्का, अव्दुल हुसेन खाँ लगायत दुईसय बढिले रक्तदान गरेको जानकारी गराउनुभयो । संघका बैजनाथ गाउँपालिका कमिटिका संयोजक अगन मल्लको अध्यक्षता र राजु रुचालको सञ्चालनमा भएको कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, संविधानसभा सदस्य दलबहादुर सुनार, नेकपा बाँकेका सचिव अशोक कोइराला, कार्यालय सदस्य निरक गुरुङ, संघका जिल्ला इन्चार्ज सुरज जागा, सुनिल रसाईली लगायतले मन्तव्य ब्यक्त गर्दै नेकपालाई कुनै पनि हालतमा विघटनको दिशातर्फ जान नदिन शिर्ष नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।...
नयाँ पार्टी खोल्ने घोषणा गरे रजनीकान्त

नयाँ पार्टी खोल्ने घोषणा गरे रजनीकान्त

राजनीति, विदेश, समाचार
चेन्नई, (एजेन्सी) १९ मंसिर – भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले बिहीबार नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने बताएका छन् । तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्व सन्ध्यामा उनले पार्टी खोल्दै निर्वाचनमा जाने बताएका छन् । ‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यस मार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ,’ उनले भने ।सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले धेरैसँग परामर्श गरेर पार्टी खोल्ने निर्णयमा पुगेको बताए ।‘मैले पटक पटक विभिन्न व्यक्तिहरूसँग छलफलहरू गरेँ, उहाँहरूको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ,’ उनले भनेका छन् । आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता देखिएको रजनीकान्तको भनाइ छ ।तमिलनाडुमा सन् २०२१ को...