Tuesday, April 28सत्यम खबर
Shadow

नेकपाको स्थायी कमिटी बैठक दिउँसो बस्दै

काठमाडौं, २१ मंसिर – आन्तरिक किचलोमा रहेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज आईतबार बस्दैछ ।
पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह १ बजे बस्ने बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन् ।

फोटो फाईल


बैठकको माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र समेत बैठकमा पेस हुनेछ ।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने दोहो¥याएका थिए ।
बहुमत सचिवालय सदस्य आजको स्थायी कमिटी बैठक बोलाउनु पर्ने पक्षमा रहेपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन् ।
अपरान्ह बस्ने बैठकका लागि सबै स्थायी कमिटी सदस्यलाई खबर गरिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *