Tuesday, April 28सत्यम खबर
Shadow

युवा संघको बृहद रक्तदान

बैजनाथ, १९ मंसिर राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा शुक्रबार प्रभात मावि जि गाउँमा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
युवा संघ बाँकेका संयोजक कुश्माखर बस्यालका अनुसार दिउँसो ३ बजेसम्म नेकपा नेता रत्न खत्री, डम्बर विक, रेणुका खड्का, अव्दुल हुसेन खाँ लगायत दुईसय बढिले रक्तदान गरेको जानकारी गराउनुभयो ।


संघका बैजनाथ गाउँपालिका कमिटिका संयोजक अगन मल्लको अध्यक्षता र राजु रुचालको सञ्चालनमा भएको कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, संविधानसभा सदस्य दलबहादुर सुनार, नेकपा बाँकेका सचिव अशोक कोइराला, कार्यालय सदस्य निरक गुरुङ, संघका जिल्ला इन्चार्ज सुरज जागा, सुनिल रसाईली लगायतले मन्तव्य ब्यक्त गर्दै नेकपालाई कुनै पनि हालतमा विघटनको दिशातर्फ जान नदिन शिर्ष नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *