Wednesday, November 27सत्यम खबर
Shadow

कडा सुरक्षा घेराबिच नेकपा स्थायी कमिटी बैठक सुरू, प्रधानमन्त्री अनुपस्थित

काठमाडौं, २१ मंसिर – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षाघेराबिच बैठक सुरू भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थितित भएनन् । हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको नेकपा उच्च स्रोतले सेतोपाटीलाई जानकारी दियो ।

नेकपा मुख्यालय धुम्बाराही। तस्बिरः नारायण महर्जन


स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ ।
यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ । अहिले धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था अत्यान्त कडा पारिएको छ ।
यसअघि पार्टी कार्यालयमा गर्ने तय भएको केन्द्रीय सचिवालयको बैठक ओलीले सुरक्षा जोखिमको सूचना आएको भन्दै अन्तिम समयमा प्रधानमन्त्री निवास बालुवाटारमै गराएका थिए ।
बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन् ।
बैठकको माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र समेत बैठकमा पेस हुनेछ ।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने दोहो¥याएका थिए । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *