Wednesday, July 29सत्यम खबर
Shadow

राजनीति

अयोध्याधामको ‘डीपीआर’ निर्माण सुरु

अयोध्याधामको ‘डीपीआर’ निर्माण सुरु

धार्मिक, राजनीति, समाचार
काठमाडौँ, १९ मंसिर १९ – चितवनको माडी नगरपालिकामा अयोध्याधाम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सुरु भएको छ । अयोध्याधाम निर्माणको गुरुयोजना तयार भई ‘डीपीआर’ निर्माणको काम सुरु भएको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो ।नगर प्रमुख ढकालले भन्नुभयो, ‘गुरुयोजना तयार भई डीपीआर निर्माणको काम सुरु भइसकेको छ, छिट्टै नै प्रतिवेदन आउने छ ।’ प्रधानमन्त्री ओलीको निर्देशनमा अयोध्याधाम निर्माणको कामलाई तीव्रता प्रदान गरिएको बताउँदै उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा अयोध्याधाम निर्माणको डीपीआरलगायत समग्र आयोजना अगाडि बढाइएको स्पष्ट पार्नुभयो । अर्को वर्ष २०७८ सालको चैततिर पर्ने रामनवमीका अवसरमा भगवान् राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति अनावरण गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिन प्रधानमन्त्री ओलीबाट निर्देशन भएको बत...
‘नेपाल–भारतबीच समस्या सुल्झाउने सहमति बनिसक्यो’ विदेशमन्त्री जयशंकर

‘नेपाल–भारतबीच समस्या सुल्झाउने सहमति बनिसक्यो’ विदेशमन्त्री जयशंकर

राजनीति, समाचार
काठमाडौं, १८ मंसिर – भारतीय विदेश मन्त्री एस जयशंकरले नेपाल र भारतले आपसी समस्याहरूलाई सुल्झाएर अघि बढ्ने निर्णय गरिसकेको बताउनु भएको छ । भारतीय समाचार पत्र द हिन्दुलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले संसारमा समस्यारहित कुनै छिमेकी नभएको उल्लेख गर्दै त्यसलाई कसरी हल गरेर अघि बढ्ने भन्ने कुरा महत्वपूर्ण भएको बताउनुभयो । उहाले कुनै एउटा घटनालाई दुई देशको सम्बन्धको मूल्यांकनको आधार बनाउनु नहुने समेत स्पष्ट पार्नुभयो । ‘समस्या अझै पनि हुन सक्छन्, मतलब संसारमा समस्या नभएका कुनै दुई छिमेकी मुलुक छैनन्,’ उहाले भन्नुभयो, ‘अहिले धेरैजसो हाम्रा छिमेकी लोकतान्त्रिक प्रणाली भएका छन् । मुख्य कुरा के हो भने उनीहरूको आफ्नो राजनीति छ, हाम्रो आफ्नो राजनीति छ त्यही भएर मुद्दाहरू हुन्छन् । प्रश्न तपाईं ती मुद्दाहरूलाई कसरी सुल्झाउनु हुन्छ, साझा विन्दु पत्ता लगाएर सम्बन्धको दरारलाई कसरी कम ग...
पुलिसको डण्डाले पेलिएका मेरा करङ हिजोभन्दा आज दुख्दैछः रामचन्द्र पौडेल

पुलिसको डण्डाले पेलिएका मेरा करङ हिजोभन्दा आज दुख्दैछः रामचन्द्र पौडेल

राजनीति, समाचार
काठमाडौं, १८ मंसिर – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरीरमा दुखाइ बढ्दै गएको बताएका छन् ।पौडेललाई बुधबार पुल उद्घाटन गर्न जाँदै गर्दा तनहुँ प्रहरीले नियन्त्रणमा लिई तीन घण्टापछि छाडेको थियो ।‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ हिजो दिउँसोभन्दा साँझ दुखेर आयो,’ पौडेलले भने, ‘हिजोभन्दा आज दुखाइ बढी छ ।’ तस्बिरः प्रकाश अधिकारी उनले गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको उल्लेख गरेका छन् ।‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन,’ उनले भने, ‘असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’गृह जिल्ला तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदा निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले पौडेललाई पक्राउ गरेको थियो ।आज बिहान ११ बजेपछि उक्...
प्रधानमन्त्रीलाई देउवाको फोन– पौडेललाई किन पक्राउ गरेको, तत्काल छोड्नू

प्रधानमन्त्रीलाई देउवाको फोन– पौडेललाई किन पक्राउ गरेको, तत्काल छोड्नू

राजनीति, समाचार
काठमाण्डौ, १७ मंसिर – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहाइ गर्न भनेका छन् ।बुधबार तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।पुल उद्घाटनको विषयलाई लिएर नेकपा र कांग्रेसबीच झडप हुन सक्ने भन्दै बुधबार बिहानैदेखि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न पौडेल गएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।पौडेल पक्राउ परेपछि सभापति देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेका हुन् ।‘वरिष्ठ नेतालाई पक्राउ गरेको विषयमा सभापतिज्यूले प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । उहाँलाई तत्काल रिहाइ गर्न सभापतिले प्रधानमन्त्रीलाई भन्नुभएको हो,’ देउवाको सचिवालय स्रोतले सेतोपाटीसँग भन्यो...
पुल उद्घाटनको विषयलाई लिएर दमौलीमा तनाव, प्रशासनद्वारा निषेधाज्ञा जारी

पुल उद्घाटनको विषयलाई लिएर दमौलीमा तनाव, प्रशासनद्वारा निषेधाज्ञा जारी

राजनीति, समाचार
पोखरा, १७ मंसिर – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल केहीदिन यता गृहजिल्ला तनहुँमा छन् ।पौडेलले मंगलबारमात्र तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गरे । उक्त उद्घाटनप्रति नेकपा तनहुँले विरोध जनायो ।विरोधका बाबजुद् पौडेलले जबरजस्ती उक्त पुल उद्घाटन गरेको नेकपाका स्थानीय नेताहरूले आरोप लगाए । पौडेलले बुधबार अर्को बुल्दीखोला पुल उद्घाटन गर्ने तयारी गरेका छन् । नेकपाले निकालेको विरोध जुलुस । तस्वीर सौजन्य– कृष्ण न्यौपाने । ब्यास नगरपालिकाका मेयर समेत रहेका तनहुँ कांग्रेसका सभापति बैकुण्ठ न्यौपानेका अनुसार पुल निर्माण उपभोक्ता समितिले उद्घाटनका लागि सबै निकायलाई पत्राचार गरिसकेको थियो ।तर नेकपा तनहुँले उक्त पुल उद्घाटन गर्न नदिने भन्दै दमौलीमा प्रदर्शन गरेको छ । पुल उद्घाटन रोक्न भन्दै नेकपा निकट युवा संघको ब्यानरमा दमौलीमा विरोध जु...
सरकारी जग्गाको हक हस्तान्तरण गर्न स्थानीय तहले नपाउने

सरकारी जग्गाको हक हस्तान्तरण गर्न स्थानीय तहले नपाउने

राजनीति, समाचार
काठमाण्डौ, १७ मंसिर – सरकारले स्थानीय तहहरूलाई पत्राचार गर्दै सरकारी सम्पत्तिको हक हस्तान्तरण, बेचविखन, वितरण तथा उपयोग जस्ता निर्णय कानुनविपरीत हुने गरी नगर्न आग्रह गरेको छ ।कानुनी प्रक्रिया अवलम्बन नगरी हक हस्तान्तरण वा उपयोग गर्ने गरी भएको निर्णय कार्यान्वयन नगर्न मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको हो । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै हक हस्तान्तरण सम्बन्धी निर्णय कानुनी प्रक्रिया पूरा गरेर मात्रै गर्न सकिने उल्लेख गरेको छ । मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले सबै स्थानीय तहमा गरेको पत्राचारमा स्थानीय तहले सरकारी जग्गा संरक्षण गर्नुपर्ने उल्लेख छ ।सरकारी जग्गा दर्ता तथा लिजमा लिने र वन क्षेत्रको जग्गा प्रयोग गर्ने तथा निजी जग्गा प्राप्ति गर्ने सम्बन्धमा उपर्युक्त कानुनी व्यवस्थाबाहेक अन्य व्यवस्था नरहेको पनि उनले उल्लेख गरेका छन...
ओली–दाहालका प्रस्तावमाथि छलफल, भोलि फेरि बैठक बस्ने

ओली–दाहालका प्रस्तावमाथि छलफल, भोलि फेरि बैठक बस्ने

राजनीति, समाचार
काठमाडौं, १६ मंसिर – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको छ ।आज बालुवाटारमा बसेको बैठकमा दुवै प्रस्तावमाथि औपचारिक रूपमा छलफल सुरू गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सचिवालय बैठक बुधबार दिउँसो १ बजे फेरि बस्ने उनले बताए ।उक्त बैठक बस्नु पहिले अनौपचारिक रूपमा पनि नेताहरूबीच संवाद अगाडि बढाउने निर्णय भएको श्रेष्ठले बताए ।प्रचण्डले गत कात्तिक २८ र प्रधानमन्त्री ओलीले मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा प्रस्तुत गरेका थिए ।...
पूर्वमन्त्री राइद्वारा भेन्टिलेटर खरिद गर्न ४५ लाख विनियोजन

पूर्वमन्त्री राइद्वारा भेन्टिलेटर खरिद गर्न ४५ लाख विनियोजन

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १५ मंसिर – पूर्वमन्त्री एवं संघीय सांसद मोहम्मद इस्तियाक राईले सांसद विकास कोषबाट भेरी अस्पताललाई ४५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।आफ्नो संसद विकास कोषबाट भेरी अस्पतालको भेन्टिलेटर खरिदका लागि उनले ४५ लाख बजेट बिनियोजन गरेका छन् । पूर्व सहरी विकासमन्त्री समेत रहेका सांसद राईले यसअघि पनि भेरी अस्पताललाई भेन्टिलेटरका लागि रकम विनियोजन गरेका थिए । तर नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाको गम्भीर लापरवाहीले उक्त रकम फ्रिज भएको थियो ।भेन्टिलेटर खरिद भए भेरी अस्पतालमा उपचारका लागि आउने विरामीलाई ठूलो राहत मिल्ने छ । कोरोना रोकथाम, नियन्त्रण र निदानका सवालमा पूर्वमन्त्री राईले सक्रियरुपमा भूमिका निभाउँदै आएका छन् ।...
चीनसँगका सम्झौता कार्यान्वयन प्रक्रियामा छः प्रधानमन्त्री

चीनसँगका सम्झौता कार्यान्वयन प्रक्रियामा छः प्रधानमन्त्री

राजनीति, समाचार
काठमाडौं, १४ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनका राज्य परिषद् सदस्य वेइसँग सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराए । भेटमा सहभागी प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए ।यसबीच राष्ट्रपति विद्यादे...
आज नेपाल आउने चीनका रक्षामन्त्री

आज नेपाल आउने चीनका रक्षामन्त्री

राजनीति, समाचार
काठमाडौं, १४ मंसिर – आज आईतबार चीनका रक्षामन्त्री नेपाल आउने भएका छन् ।जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम रहेको छ ।रक्षामन्त्री वेइले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।उनी आईतबार साँझ नै चीन फर्कने छन् ।...