Friday, July 31सत्यम खबर
Shadow

राजनीति

काँग्रेसको नेपालगन्जमा विरोध प्रर्दशन

काँग्रेसको नेपालगन्जमा विरोध प्रर्दशन

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २९ मंसिर – नेपाली काँग्रेस बाँकेद्वारा सोमबार नेपालगन्जमा सरकार विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेपाली काँग्रेसले सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेस पार्टी कार्यालय नेपालगन्जबाट सुरु भएको ¥याली वि.पि.चोक, धम्बोजी, त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन अगाडी प्रर्दशन गरिरहेको छ ।काँग्रेसले देशभरबाट एकैसाथ देशमा भ्रष्टाचार बढेको, कोरोना नियन्त्रण गर्न सरकार असफल रहेको र मंसिर १७ गते प्रहरीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरेको प्रवृत्तिविरूद्ध आन्दोलन सुरु गरेको छ ।...
यसरी खोजिदैछ नेकपा बिवादको स्थायी समाधान

यसरी खोजिदैछ नेकपा बिवादको स्थायी समाधान

राजनीति, समाचार
काठमाण्डौ, २७ मंसिर – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको पदीय मोहका कारण जन्मिएको अन्तरविरोधले मुलुकमा राजनीतिक चासो ह्वात्तै बढाएको छ । आइतबार बस्ने स्थायी कमिटीको बैठकमा पार्टीभित्रको अन्तरविरोध र सङ्कटको समाधानबारे छलफल हुने भनिए पनि निकासका लागि भइरहेका अनौपचारिक गृहकार्य अझै पर्याप्त भएका छैनन् ।स्थायी कमिटीको बैठक लम्बिएका कारण पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको छ । यसअघि नेकपाले मंसिर २५ गतेका लागि केन्द्रीय कमिटी बैठक तय गरेको थियो । सो पार्टीको पछिल्लो सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन (आरोप पत्र, जवाफ पत्र) स्थायी कमिटीमा लाने निर्णय गरेको थियो । यही मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत ...
राजावादीलाई कस्ले उचाल्यो ?

राजावादीलाई कस्ले उचाल्यो ?

राजनीति, समाचार, समाज
काठमाडौं, २७ मंसिर – देश गणतन्त्रको अभ्यासमा गएको १२ वर्ष भइसकेको छ । नयाँ पुस्ताका लागि राजसंस्था एकादेशको कथा भइसकेको छ । तर, अहिले एकाएक राजसंस्थाको मागसहित सडकमा प्रदर्शन हुनथालेको छ । विभिन्न नाममा राजसंस्थाको पक्षमा जुलुस निकाल्ने तछाडमछाड नै भएको छ । त्यो पनि राजतन्त्र अन्त भई गणतन्त्र स्थापना भएको थाहा समेत नपाएकाहरु मोटरसाइकलमा चढेर नारा लगाउन थालेका छन् । कस्को कारण किन गणतन्त्रको नारा लागिरहेको छ ? यसको गम्भीर विमर्श हुनथालेको छ । राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै यसअघि नाम नसुनिएका विभिन्न संस्थाको नाममा आक्कलझुक्कल प्रदर्शन विगतमा पनि नभएका होइनन् । पछिल्लो समय प्रमुख शहरमै राजावादीको जुलुसमा संख्या थपिन थालेको छ । यही मौका छोप्न कमल थापाले गृहजिल्ला मकवानपुरमा केही सयको जुलुस बल्लतल्ल निकाल्न सके । उनले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा आन्दोलनको शंखघोष भएको भन्दै...
व्यबस्थाको विकल्प खोज्ने बेला भयको छैन : अध्यक्ष ढकाल

व्यबस्थाको विकल्प खोज्ने बेला भयको छैन : अध्यक्ष ढकाल

राजनीति, समाचार, समाज
काभ्रे, २७ मंसिर – नेपाल परिवार दलका अध्यक्ष तथा पूवमन्त्रि एकनाथ ढकालले अहिले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको ब्यबस्थाको विकल्प खोज्ने बेला नभएको बताएका छन् ।शुक्रबार नेपाल परिवार दल काभ्रे जिल्ला समितिले बनेपामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता ढकालले जुनसुकै बेला व्यबस्थाको विकल्प खोज्दा मुलुकमा अस्थिरता आउने बताउँदै वर्तमान संविधानको परिधि भित्रैबाट समुन्नत नेपाल निर्माण सम्भब भएको बताए । अध्यक्ष ढकालले नेपालमा अब पुरानो र नया विचार बीच अन्तर्द्वन्द हुने र अन्तत्वगत्वा नयाँँ बिचारले नै विजय हासिल गर्ने भदै राष्ट्रको तिब्र विकास गर्न नयाँ नेतृत्वको आबस्यकता रहेको पनि बताए ।अध्यक्ष ढकालले बैचारिक रुपमा विभाजित नेपाली समुदायलाई जोड्ने रसायन नेपाल परिवार दलले अङ्गीकार गरेको “अग्रपंथी लोकतन्त्र“ हुनसक्छ भदै नेतृत्व चयनमा नागरिकले आफ्नो विवेकको सहि प्रयोग गरे मुलुकले भव...
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको निम्ति सर्वपक्षीय सम्मेलन गरौंः कमल थापा

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको निम्ति सर्वपक्षीय सम्मेलन गरौंः कमल थापा

राजनीति, समाचार
हेटौंडा, २५ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरी राजादेखि विप्लव माओवादीसम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन् ।बिहीबार हेटौंडामा पार्टीको चुनाव चिन्ह ‘हलो’ र झण्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको निमित्त सर्वपक्षीय सम्मेलन हुनुपर्ने माग गरे । उनले नेपाली जनताको अभिमत, राजनीतिक दलहरूको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने भन्दै विदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने बताए । नेपाली जनता, राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरूको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्नुपर्नेमा थापाले जोड दिए । गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएको बताउँदै थापाले जनताले विस्तारै यो विषय बुझ्दै गएको बताए ।राजसंस्था र हिन्दुराष्ट्रको माग राखी देशव्यापी जनप्रदर्शन भएकोमा थापाले खुसी प्रकट गरे...
मिश्र र पाण्डेको एकै स्वरः हामी सुद्रियौं, मौका दिनुस्

मिश्र र पाण्डेको एकै स्वरः हामी सुद्रियौं, मौका दिनुस्

राजनीति, समाचार
काठमाडौं, २४ मंसिर – फुटेको २३ महिनापछि विवेकशील नेपाली दल र साझा पार्टी एक भएका छन् । पछिल्लोपटक २०७५ पुसमा तत्कालीन विवेकशील साझाबाट उज्ज्वल थापासहित टोली बाहिरिएर विवेकशील नेपाली दल बनेको थियो ।यसबीचमा विवेकशीलले अधिवेशन ग¥यो, संयोजक मिलन पाण्डे भए ।गत वैशाखदेखि नै यी दुई दलबीच एकता गर्ने गरी नजिकिए । एकताप्रति असन्तुष्टि जनाएका दुवै दलका केही नेता एकीकरणमा सहभागी रहेनन् ।संयोग नै भन्नुपर्छ– भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका दिन बुधबार यी दल पुनर्मिलन गरेका छन् । तस्बिर स्रोतः मिलन पाण्डेको फेसबुक । पार्टी एकता घोषणा कार्यक्रम भर्चुअल थियो । कोरोना महामारी कायम नै रहेकोले भिडभाड गर्न हुन्न भन्ने सन्देश दिन खोजे जस्तो देखिन्थ्यो ।पार्टी एकता घोषणा कार्यक्रमको सुरूवात विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले गरेकी थिइन् । दुई पार्टी पुनर्मिलन भएको उनले बताइन् ।‘हामीहरू मुहा...
आफ्नै भवनबाट ६ नं. वडा कार्यालयको काम सञ्चालन

आफ्नै भवनबाट ६ नं. वडा कार्यालयको काम सञ्चालन

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
राप्तीसोनारी, २३ मंसिर – बाँकेको राप्तीसोनारी गाउँपालिका ६ नं. वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट काम सञ्चालन गरेको छ ।राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् प्रमुख अतिथी लाहुराम थारूले मंगलबार एक समारोहका बीच उक्त भवन उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले गाउँपालिका अन्तर्गतका सबै वडाले अब आफ्नै कार्यालय भवनबाट सेवा सञ्चालन गर्ने बताउनु भयो । गाउँपालिकाको वडा नम्बर ३ र ६ कार्यालय यसअघि भाडामा सञ्चालन हुँदै आएका थिए । उहाँले प्रत्येक नागरिक उत्पादन मुलक कार्यमा सहभागी भएर आर्थिक उन्नती नहुँदासम्म विकासको अर्थ नहुने उहाँले जोड दिनुभयो । गाउँपालिका कार्यालयले टिनको घरबाट आफ्नो सेवा प्रवाह गरिरहेको बताउँदै अध्यक्ष थारुले भन्नुभयो, “जबसम्म संघ अथवा प्रदेश सरकारबाट गाउँपालिका निर्माण गर्नका लागि बजेट आउँदैन, तबसम्म म विकास बजेटबाट गाउँपालि...
बीस वर्षमा न उनका श्रीमान फर्किए, न पत्ता लागे छोराका हत्यारा पीडितको प्रश्न- हामीले न्याय जीवितै हुँदै पाउँछौं कि मरेपछि ?

बीस वर्षमा न उनका श्रीमान फर्किए, न पत्ता लागे छोराका हत्यारा पीडितको प्रश्न- हामीले न्याय जीवितै हुँदै पाउँछौं कि मरेपछि ?

राजनीति, समाचार, समाज
पोखरा, २३ मंसिर – घर लेखनाथ–२६, परिचय राखि नसक्दै सीताको आँखामा आँसु उर्लिए, मसिनो स्वरमा थपिन्, ‘मेरो श्रीमान बेपत्ता हुनुहुन्छ, म केही भन्न सक्दिनँ ।’यति भनेर उनी कुर्सीमा बसिन् । आँसु पुछेर सामान्य अवस्थामा फर्किन खोजिन् ।आफूभित्र गुम्सिएको पीडा निकाल्दा आँसु झर्नु स्वभाविक थियो । सीताले त्यो पीडा मनभित्रै राखिन् । तत्कालीन माओवादीले चलाएको १० वर्षे विद्रोहका दौरान गैरन्यायिक हत्या, बेपत्ता र बलात्कारका घटना भए । यिनैमध्ये एडभोकेसी फोरमले ४९ वटा घटनाबारे खोज अनुसन्धान ग¥यो । माओवादी विद्रोहमा श्रीमान र दुई छोरा गुमाएकी सीता बस्ताकोटी । ‘पीडितको लागि न कानुन, न न्याय, न राज्य, द्वन्द्वोत्तर नेपालमा दण्डहीनताको संस्कृति’ नामक प्रतिवेदन तयार पा¥यो । त्यही प्रतिवेदनमा पोखरामा मंगलबार पीडित परिवार, सामाजिक तथा मानवअधिकार संस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा छलफल चल्दै थियो ।सीताले सार...
प्रधानमन्त्रीको प्रस्तावमा सवै दलको समर्थन

प्रधानमन्त्रीको प्रस्तावमा सवै दलको समर्थन

राजनीति, समाचार
संविधान विरोधी गतिविधि र हत्या–हिंसा विरुद्ध सवै दल एकजुट, कठोर कदम चाल्ने प्रधानमन्त्री ओलीको संकेतकाठमाडौं, २३ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा पछिल्लो समयमा भइरहेका संविधानविरोधी गतिविधि र हत्या–हिंसाको विरुद्ध सबै एकजुट हुन आव्हान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज आयोजना गरिएको सर्वदलीय बैठकमा सवै दलका नेताहरुलाई प्रधानमन्त्री ओलीले यस्तो आह्वान गर्नुभएको हो । कोभिड महामारीबीच सरकारले जनताको जीवन रक्षाका लागि काम गरिरहेको बेला मुलुकमा गणतन्त्रबिरुद्धको गतिबिधि र हत्या हिंसाका घटना बढेपछि सवै दलबीच साझा धारणा बनाउन प्रधानमन्त्री ओलीले आज संसदमा रहेका दलहरुको सर्वदलीय बैठक आयोजना गर्नुभएको हो । सो बैठकको सुरुवातमै छलफल गर्नुपर्ने एजेन्डाबारे प्रकाश पार्दै प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राख्नुभएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले कोभिड– १९ को नियन्त्र...
विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

अपराध, राजनीति, समाचार, समाज
काठमाडौं, २३ मंसिर – नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ ।प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५२ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो ।उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको प्रहरी उपरीक्षक खड्काले बताए । विप्लव समूहले गोली हानी हत्या गरेका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठ ‘बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएका थिए,’ खड्काले भने, ‘घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या भएको छ ।’प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको खड्काले बताए । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको खड्काले बताए ।शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको खड्काले बताए । ‘हाम्रो प्रहरी टोली अहिले घटन...