नेपालगन्ज, २० मंसिर – नेपालगन्ज वडा नं. ६ फुल्टेक्रा स्थिति रहेको हडियाबाबा आश्रममा शनिबार आँखा तथा कान सम्बन्धि निशुल्क शिविर आयोजना गरिएको छ ।
शनिबार बिहान ११ बजेदेखि हडिया बाबा मन्दिर प्राङ्गणमा सञ्चालन गरिएको निःशुल्क आ“खा, कान शिविरमा हडिया बाबा आश्रममा रहेका साधु सन्तहरुलाई निःशुल्क सेवा दिने उद्देश्यले एक दिने शिविरको आयोजना गरिएको शिविर संयोजक प्रदीप शाहले बताउनुभयो ।
प्रत्येक वर्ष झै यस वर्ष पनि नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविरमा काँग्रेस केन्द्रिय सदस्य किशोर सिंह राठौर, महाधिवेशन प्रतिनिधि लक्ष्मीनारायण शाह, नेपाल मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष निजामुद्दीन अन्सारी, बाँके काँग्रेस उपाध्यक्ष सुनिल नर्सि· राणा, तरुण दल बाँकेका सभापति विरेन्द्रबहादुर शाह, सचिव विनोद रिजाल, जिल्ला सदस्य माया पुन, विनय गौतम, कपिल पाठक, रितेश शर्मा लगायत १०० बढी पार्टी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
निःशुल्क शिविरमा फुल्टेक्रा स्थिति फत्तेबाल आँखा अस्पतालबाट निशा गौतमको नेतृत्वमा ८ जनाको टीम खटिएको थियो भने ब्रिनेज कान अस्पतालबाट मनिलाल चौधरीको नेतृत्वमा ५ जनाको टीम खटिएको संयोजक शाहले बताउनुभयो ।
निःशुल्क आँखा, कान चेकचाँज शिविरबाट स्थानीय २०० बढीले स्वास्थ्य लाभ लिएका थिए भने नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा शिविर कार्यक्रम सम्पन्न गरिएको थियो ।