
के आर शर्मा
नेपालगन्ज २९ माघ – नेपाली कांग्रेसको भातृसंगठन नेपाल किसान महासंघले बृहत कार्यक्रम बिच नेपालगन्ज नगर कार्य समितिको महासंघले संगठन बिस्तार गरेको छ । नव गठित नेपाल किसान महासंघको नगर अध्यक्षमा लोक बहादुर शाहको नेतृत्वमा १७ सदस्यीय कार्यसमितिको गठन प्रकृया बिधिवत कार्यक्रम बीच सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभासदस्य मिना बोहराको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमका अतिथिहरुमा नेपाली कांग्रेस बाँके पुर्व जिल्ला उपाध्यक्ष महाधिवेशन प्रतिनिधि सुनिल नरसिंह राणा, पुर्व प्रदेश सभा सदस्य तथा नेपाल किसान महासंघ जिल्ला उपाध्यक्ष मो.याकुब अन्सारी, महासमिति सदस्य राजकुमार बर्मा, महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा, नेपाली कांग्रेस बाँके जिल्ला सचिव युवा नेता द्वय शुधान्सु कोइराला, बिनोद थारु, नेपाल तरुण दल बाँकेका जिल्ला सचिव बिनोद रिजाल नेपाल किसान महासंघ वडा नम्बर १३ का अध्यक्ष अरुण बिक्रम शाह लगायतका बक्ताहरुबाट नेपाली कांग्रेसलाई बलियो बनाउन पार्टी संगठनका सबै तहतप्कालाई आ-आफ्नो सांगठनिक दायित्वमा आउन आग्रह गरेका छन ।
साथै नेता कार्यकर्तालाई धैर्यताका साथ अगाडी बढ्न र लोकतन्त्रमा चुनावी प्रकृया गुट्उपगुट स्वाभाविक हो र यसलाई सहज रुपमै लिनु पर्छ र नेतृत्वलाई सहर्ष स्वीकार्दै न अल्मलिदै नेपाली कांग्रेसको सिद्धान्त रुख रचारतारा केन्द्रित हुन आग्रह गरेका छन ।
साथै जुन उद्देश्यका साथ किसान महासंघको संगठन बिस्तार हुदैछ आ-आफ्नो पदीय उत्तरदायित्वका साथ किसान कृषि लगायतका सर्वपक्षिय सवालमा, कृषकका यावत समस्या र तिनका सहजिकरणका सम्बन्धतमा पहलका लागि जुटन आग्रह गर्दै खास गरी नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ मा सांगठनिक माध्यम हुदै प्रत्यक्ष सामाजिक कार्यबाट पार्टीको गुमेको जनाधार राजनीतिक साखलाई जनमुखी बनाउदै सबै एक ढिक्का भएर अगाडी बढ्न र यावत बिषय बस्तु माथि सुझाव राख्दै आ-आफ्ना बिचार राखेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य शुसिला नेपाली, नेपाल तरुण दलका अध्यक्ष बिरेन्द्र बहादुर शाह, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रहलाद लखेर, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद कुन्तलराज शर्मा, नेपाल लोकतान्त्रिक आदिबासी जनजाती महासंघका क्षेत्र २ सभापति भुमण्डल प्रकाश श्रेष्ठ, नेपाली कांग्रेस पुर्व क्षेत्र २ सचिव कपिल पाठक, नेका. पुर्व जि.सदस्य पुरन सिंह ठकुरी, नेका. नगर सहसचिव शरदराज अधिकारी, नेपाल किसान महासंघ जि.सदस्य राधा खडका, नेपाली कांग्रेस महिला नेतृ सिता काफ्ले, पुष्पा भुसाल, निशा गौतम लगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थितरहेको थियो ।
नेपाली कांग्रेस नगर कार्यबाहक सभापति धनराज बर्माको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चालन नव गठित किसान महासंघका सचिव युवा नेता युवराज शाहले गर्नुभयो भने स्वागत मन्तव्य नेपाल किसान महासंघ जिल्ला कोषाध्यक्ष नेतृ अस्मिता शाह महतराले गरेका थिए ।