युवा अभियन्ता सन्तोषको साथमा सत्यमखबर
मितिः २०८१ चैत २४ गते, आईतबार
नेपालमा २४० वर्षको राजतन्त्र समाप्ती पछि आएको गणतन्त्रमा हाल आम सर्वसाधारण नेपाली जनता निराश हुनुको कारण, व्यप्त रहेको भ्रष्टाचार, हिन्दू राष्ट्रको चाहना लगायत विषयमा युवा अभियन्ता सन्तोष सिलवालसंग गरिएको संक्षिप्त अन्तरवार्ता
प्रश्नः तपाईं किन राजतन्त्रलाई समर्थन गर्नुहुन्छ ?
उत्तरः म राजतन्त्रलाई समर्थन गर्छु किनभने नेपालमा राजसंस्था मात्रै यस्तो संस्था हो, जसले देशमा स्थिरता, राष्ट्रिय एकता, र सुशासन कायम गर्न सक्छ । लोकतान्त्रिक व्यवस्था आएपछि नेपालमा बारम्बार सरकार परिवर्तन भएको छ, जसका कारण दीर्घकालीन विकासको खाका नै बन्न सकेको छैन । राजसंस्थाको पालामा नीति स्थिर थियो, सरकार निरन्तरता पाउँथ्यो, र विदेशी हस्तक्षेप कम थियो । तर गणतन्त्रको आगमनपछि, राजनीतिक अस्थिरता बढ्दै गयो, भ्रष्टाचार मौलायो, अनि राष्ट्रिय स्वाभिमान कमजोर बनाइयो ।
प्रश्नः गणत...









