Wednesday, July 29सत्यम खबर
Shadow

राजनीति

डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु

डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २८ बैशाख – बाँकेको बाढी प्रभावित क्षेत्र डुडुवाको रामनगर पाझामा आकस्मिक आश्रयस्थल निर्माण शुरु भएको छ । नेपाल सरकार सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय नेपालगन्जमार्फत आश्रयस्थल निमार्णको कार्य शुरु भएको हो । पाझा गाउँमा शनिबार एक कार्यक्रमका विच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उक्त भवनको शिलान्यास गर्नुभयो । बाँके जिल्ला कै सबैभन्दा बढी प्रभावित क्षेत्र अन्तर्गत रहेका गाउँका बाढी पिडितलाई बाढी, डुबान तथा कटानको बेला आकस्मिक रुपमा आश्रयस्थललाई प्रयोग गर्न सहज हुने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले आकस्मिक भवनले स्थानीयलाई विपद्को वेला र अन्य कुनै पनि सार्वजनिक कार्यका लागि उक्त भवन उपयोग गर्न मिल्ने बताउनुभयो । पहिलो चरणमा ढेड तल्लाको स्ट्रक्चर (संरचना) मात्र बन्नेछ भने फिनिसिङको काम पछि गरिने आयोजना कार्यालय नेपालगन्जका इन्जिनियर बसन्ता बुढाथोकी...
भारतको ‘अपरेशन सिन्दूर’ मा खुला सीमा सम्वाद समूहले जनायो समर्थन

भारतको ‘अपरेशन सिन्दूर’ मा खुला सीमा सम्वाद समूहले जनायो समर्थन

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, २४ बैशाख – भारत सरकारद्वारा हालै पाकिस्तानका नौ स्थानमा गरिएको “अपरेशन सिन्दूर” मा नेपाल–भारत खुला सीमा संवाद समूहले पूर्ण समर्थन प्रकट गरेको छ । समूहका केन्द्रीय अध्यक्ष डा.राजीव झाले बुधबार प्रेस विज्ञप्ति जारी गरी पूर्ण समर्थन रहेको जनाएका छन् । ‘यस अपरेशनअन्तर्गत भारतीय सुरक्षा फौजले आतंकवादको जरो उखेल्ने प्रयासस्वरूप ती स्थलहरूमा रहेको आतंकवादी अड्डाहरूलाई लक्षित आक्रमण गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ । उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी विशेष रूपमा स्मरण गराउन चाहन्छौं कि ती आतंकवादीहरू नेपाली नागरिक सुदीप न्यौपानेको निर्मम हत्या र भारत तथा अन्य मुलुकमा ठूला आतंकवादी हमला गर्ने योजनामा संलग्न थिए ।’ यस्तो अवस्थामा भारतीय सुरक्षाबलद्वारा गरिएका आक्रमण सम्पूर्ण मानवता र शान्तिका लागि भएको कारबाहीको संज्ञा दिएका छन् । खुला सीमा सम्वाद समूहले भारतीय कारबाहीप्रति नेप...
नागरिक उनमुक्ति पार्टी का संरक्षक रेशम चौधरी पक्राउ

नागरिक उनमुक्ति पार्टी का संरक्षक रेशम चौधरी पक्राउ

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौँ, १७ बैशाख – नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरी बुधबार दिउँसो १ बजेतिर पक्राउ परेका छन्। उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए। उनको आममाफीविरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले रेशमलाई तत्काल पक्राउ गरी थुना राख्न आदेश दिएकाले उनलाई पक्राउ गरिएको अधिकारीले बताए। ‘सर्वोच्च अदालतले तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएकाले पक्राउ गरेका हौँ’, उनले भने। २०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषि ठहर भएका चौधरी २०८० सालमा गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए। आममाफीविरुद्ध सारदा बोहोरा कठायतले रिट दर्ता गराएकी थिइन्। उक्त रिटको सुनाइ गर्दै पक्राउ गरेर थुनामा पठाउन अदालतले आदेश दिएको प्रहरी प्रमुख अधिकारीले बताए।...
सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शन, पाकिस्तानी सेना प्रमुखको पुतला दहन

सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शन, पाकिस्तानी सेना प्रमुखको पुतला दहन

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जनकपुरधाम, १६ बैशाख – भारतको जम्मू–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणको क्रममा सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शनका साथै पाकिस्तानी सेना प्रमुखको पुतला दहन भएको छ । नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा मंगलबार जनकचोकमा सो आतंकवादी आक्रमणको विरुद्धमा विशाल प्रदर्शन र पाकिस्तानी सेना प्रमुखको पुतला दहन भएको हो । आतंककारी आक्रमणमा एक नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान गएपछि त्यसको विरोधमा हजारौंको संख्यामा नागरिक सहभागी भई आक्रोशपूर्ण विरोध कार्यक्रम सम्पन्न गरिएको छ । विरोध कार्यक्रमको क्रममा पाकिस्तानी सेना प्रमुख आसिफ मुनिरले आतंकवादीहरूप्रति सहानुभूति जनाउँदै दिएको अभिव्यक्तिको विरोधमा उनको पुतला दहन गरिएको थियो । ‘आतंकवाद मुर्दाबाद’, ‘सुदीपलाई न्याय दे’, ‘पाकिस्तान होशियार’ जस्ता नारासहित उपस्थित जनता जनकचोकदेखि जानकी मन्दिर परिक...
वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?

वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
भक्तपुर, १६ बैशाख – ठूलोले जे गरे पनि हुने, सानोलाई मात्रै कानुन लाग्ने भन्दै भक्तपुरको काक्राबारीका जनताले प्रश्न तेर्साएका छन् । सियो खसेको देख्ने वडा अध्यक्ष अनि नगरपालिकाले तीस वढी डोजर दैनिक चलाउँंदा किन देखेनन् भनी स्थानीयले प्रश्न उठाएका हुन् । भक्तपुरको रोल्पा रुकुम भनेर चिनिने जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ कांक्राबारीमा पूरै क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चले पनि उनीहरुमाथि कारबाही नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् । यो ठाउँ जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ (साविक नंखेल गाविस वडा नं. ४ क र ख) काँक्रा बनस्थित घिसिङ डाँडामा रहेको छ । यो आयोजना निक भुजिकिक हाउजिङ् कम्पनीले सञ्चालन गरिहेरको हो । टाढाबाट हेर्दा कमिला जत्रा देखिने डोजर तथ स्काईभेटर चलाएर सामुदायिक भित्री बनको क्षेत्र अतिक्रमण गरेर काम भइरहेको महिनौ विते पनि कसैले वास्ता नगरेको भ...
डुडुवाद्धारा योजना कार्यान्वयन

डुडुवाद्धारा योजना कार्यान्वयन

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ५ बैशाख – बाँकेको डुडुवा गाउँपालिकामा विकास निर्माणको कार्य भईरहेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याएको हो । गत वर्षको निर्माण बाँकी रहेका योजनाहरुको निरन्तरता र नयाँ योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका विभिन्न स्थानमा सडक, भौतिक पुर्वाधार, नाला, मर्मत सम्भार लगायतका कार्य भईरहेको छ । गाउँपालिकाको वार्ड नं. ६ मा केही दिन एउटा सडकको निर्माणको कार्य शुरु भएको छ । हिरिमिनियाको मुल सडकदेखि निर्माणाधिन कोल्ड स्टोरसम्म ८ सय २८ मिटर लामो सडकको निर्माण शुरु भएको हो । उक्त सडकको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै ग्रामिण क्षेत्रमा अवातजावतका लागि सडकको राम्रो सुविधा नभएकाले सडकलाई प्राथमिकतामा राखी निर्माण गरिएको बताउनुभयो । उहाँले सडक, विज...
मिश्र र डा. राणालाई मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको: पूर्वअध्यक्ष राणा

मिश्र र डा. राणालाई मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको: पूर्वअध्यक्ष राणा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, २९ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शम्सेर राणाले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणालाई प्रजातन्त्र र मानव अधिकारको मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको बताएका छन् । ‘अभिव्यक्ति स्वतन्त्रता सबै नागरिकको नैसर्गिक अधिकार हो । प्रजातन्त्रमा विचार स्वतन्त्रता हुन्छ, फरक मत राख्न पाइन्छ । यही हक अधिकार प्रयोग गर्दा पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवल शम्सेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको छ,’ पूर्वअध्यक्ष राणाले शुक्रबार भने । हिरासतमा रहेका उपाध्यक्ष मिश्र, महामन्त्री राणा लगायतका राष्ट्रवादी योद्धाका रिहाइका लागि पार्टीले सडकमा दवाबमूलक कार्यक्रम गर्नु पर्दछ, पूर्वअध्यक्ष राणाले केन्द्रीय पदाधिकारी सहितको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै भने । चैत्र १६ गते बसेको राप्रपाको कार्यसम्पा...
राजनैतिक परिवर्तन त भयो तर ब्यक्तिहरुको आचरणमा परिवर्तन हुन सकेन !

राजनैतिक परिवर्तन त भयो तर ब्यक्तिहरुको आचरणमा परिवर्तन हुन सकेन !

आस्था, प्रदेश ५, राजनीति, विचार/अन्तर्वार्ता
मितिः २०८१ चैत २४ गते, आईतबार सागर रावल हाम्रो देशमा छोटो समयमा धेरै राजनैतिक परिवर्तनहरु भए । राजनैतिक परिवर्तनसँगै देशमा सामाजिक, आर्थिक, शैक्षिक स्तरमा पनि उल्लेख्य सुधार हुनेछ । देशमा ठूला उद्योग तथा कलकारखानाहरु खुल्नेछन् । जनताको जिबनस्तरमा सुधार हुनेछ भन्ने धेरै नेपालीहरुको चाहना थियो । बिडम्बना देशमा राजनैतिक परिवर्तन त भयो तर राज्य संचालन गर्ने जिम्मेवार ब्यक्तिहरुको आचरणमा परिवर्तन हुन सकेन । राज्य संचालनको जिम्मा लिएर बसेकाहरुको राज्य संचालनका लागि चाहिने स्पष्ट नीति, दुरदर्शिता, शिप, क्षमता र कौशलताको सिमितता हो वा निहित स्वार्थका कारण नेपालमा बिगतमा भएका साना, मझौला तथा ठुला उद्योग तथा कलकारखानाहरु बन्द भए । राजनैतिक कर्मीहरुको सत्ता प्राप्तिका लागि सधैको खिचातानी, राजनैतिक कलह, राजनैतिक अस्थिरता र निहित स्वार्थका कारण नेपालका अधिकांश उद्योग, कलकारखाना, संघ संस्थाहर...
गौरव स्मृतिद्वारा मनाईयो ईद, होली तथा नव वर्षको शुभकामना आदान–प्रदान

गौरव स्मृतिद्वारा मनाईयो ईद, होली तथा नव वर्षको शुभकामना आदान–प्रदान

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ चैत – गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशन नेपाल बाँकेद्वारा शनिबार भब्य रुपले ईदुल फित्र (ईद), होली तथा आउन लागेको नव वर्ष २०८२ को शुभ–कामना आदान–प्रदान कार्यक्रम मनाईएको छ । गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनद्वारा प्रत्येक वर्ष केही नयाँ गर्ने उद्देश्यका साथ यस वर्ष सद्भाव झल्कीने तथा हिन्दु, मुस्लीम, शिख, ईशाई सबै भाई भाई भन्ने उद्देश्य लिई ईद, होली तथा नव वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम मनाईएको संरक्षक प्रदीप शाहले बताउनुभयो । प्रमुख अतिथिको आसनबाट बोल्दै निरंजन सिंह सिजापतिले आम नागरिक होस व राजनीतिक दलका नेता, कार्यकर्ता सद्भावको आलाप रटान गरेर मात्र सद्भाव कायम हुँदैन, त्यसको लागि मञ्चमा बोलिएको भनाईलाई आत्मसाथ गरिनु पर्ने आवश्यक रहेको बताउँदै म आफै पनि मोहर्रमको बेला ढोल बजाउने गरेको बताउनुभयो । कार्यक्रममा सत्यमखबर डटकमका सञ्चालक ...
नेपाली नागरिकलाई राजाले के दिएनन् ?

नेपाली नागरिकलाई राजाले के दिएनन् ?

आस्था, प्रदेश ५, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
ई.चिरञ्जीवी भटराई मितिः २०८१ चैत २४ गते, आईतबार नेपालको जन्म राजसंस्थाबाट भयो । नेपाल अधिराज्यको एकीकरण राजसंस्थाबाट भयो । आधुनिक नेपालको निर्माण राजसंस्थाबाट भयो । नेपालको अस्तित्व र अस्मिता राजसंस्थाबाट बच्यो । हाल हामीसँग भएका जति पनि बाटो, बिजुली, विद्यालय, विश्वविद्यालय, लोकसेवा आयोग, बिज्ञान प्रबिधि केन्द्र तथा अस्पताल औषधि, उद्योग, निर्माण सामग्री उद्योग, प्रहरी संगठन, सेना संगठन, बायुसेवा निगम, रेडियो नेपाल, नेपाल टेलिभिजन, पत्रकारिता, कला संस्कृति संगठन, नाचघर, प्रज्ञाप्रतिस्ठान, समाज कल्याण परिषद, महिला आयोग, संयुक्त रास्ट्रसंघमा सदस्य सार्क अन्तरास्ट्रिय सम्बन्ध, समाचार समिति, टेलिफोन, कृषि तालिम केन्द्र, सिंचाइ कुलोलगायत हरेक बिकासका एकएक पूर्वाधारहरु सबै राजसंस्थाले निर्माण गरेका हुन् । इतिहासको हरेक कालखण्डमा बिदेशी हस्तक्षेप, बिदेशी अतिक्रमण, बिदेशी आक्रमण र बिदेशी दु...