
नेपालगन्ज, १७ चैत – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष दिपककुमार बर्माले यस सातामा मात्रै करोड बढीका विकास निर्माण कार्यका योजनाहरु धमाधम शिलान्यास गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ अन्तर्गत रहेको शिवशक्ति टोलमा आज आईतबार ३० लाखको लागतमा आरसीसी नालासहितको सडक स्तरउन्नतिका लागि शिलान्यास गरेका छन् ।
सडक स्तरउन्नतिका लागि २ सय १४ मिटर लामो आरसीसी नालासहितको सडक ३० लाख बजेट बिनियोजित गरी बनाउन लागेको अध्यक्ष बर्माले बताउनुभयो ।
अध्यक्ष बर्माले दिएको जानकारी अनुसार यसै सातामा देउतादिन माध्यमिक विद्यालयको आठकोठे भवनमा करीब ७८ लाख बराबरको निर्माण कार्य थालनी गरिनुका साथै आज ३० लाखको लागतमा आरसीसी नालासहितको सडक स्तरउन्नति गर्न लागिएको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष बर्माले प्रत्येक वर्ष झै यस वर्षपनि विकास निर्माण कार्यलाई प्राथमिकतामा राखी संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार गरी तिनै सरकारबाट वडाको विकासका लागि बजेट ल्याउन सफल भएको वडाबासीहरुको भनाई रहेको छ ।
वडाबासी संजय शर्माले दिएको जानकारी अनुसार यस वर्ष मात्र वडाको बजेटबाट विद्यालय भवन निर्माण, कब्रितान निर्माण, अस्फाल्ट सडक कालोपत्रेलगायतमा बजेट बिनियोजित गरी कार्य प्रगतिमा रहेको बताएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा यस अगावै भाटभटेनी पहाडी १ करोड ४२ लाखको लागतमा अस्फाल्ट सडक कालोपत्रे, विशाल चौकदेखि बनियागाउ“ जाने बाटो ५० लाखमा अस्फाल्ट कालोपत्रे, सडक विकास पछाडी पशुपतिनगरमा आरसीसी नालासहित अस्फाल्ट कालोपत्रे सडक ७० लाखमा विकास निर्माण कार्य गरिनुका साथै सानो–तिनो ५–६ लाख बराबरको लागतमा समेत निर्माण कार्य प्रगतिमा रहेको वडाबासीहरुको भनाई रहेको छ ।
विकास निर्माण कार्यको शिलान्यास हुने स्थानमा स्थानीयहरुद्वारा वडाअध्यक्ष बर्मालाई फुलमालाका साथै खादाले स्वागत समेत गर्ने गरिएको वडाबासीहरुको भनाई रहेको छ ।