Tuesday, May 26सत्यम खबर
Shadow

प्रदेश ५

‘म जनताको गुलाम होइन’– वडाअध्यक्ष जुम्मन खाँ

‘म जनताको गुलाम होइन’– वडाअध्यक्ष जुम्मन खाँ

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का वडाअध्यक्ष जुम्मन खाँको लापरवाही र मनपरीले गर्दा वडाबासीहरु आक्रोशित भएका छन् । पटक–पटक समस्याको निकासका लागि भनसुन गर्दा समेत कुनै वास्ता नै नगरिएको गुनासो छताछुल्ल भएको छ ।केही समय अगाडी मात्र आफ्नो बिमा सिफारिसको लागि हस्ताक्षर गर्न पुगेका अधिवक्ता विश्वजित तिवारीले समेत ‘म जनताको गुलाम होइन, कि बिहानदेखि दस्तखत मात्र गरौं, सन्दर्भ कोरोना बिमा सिफारिस नेपालगन्ज वडा नं. ७ अध्यक्षको भनाई’ भनी सार्वजनिक सञ्चाल फेसबुक मै स्टाटस लेखेका थिए । वडा नं. ७ मा अध्यक्ष जुम्मन खाँको लापरवाहीको प्रमाण देखाउँदै वडाबासीहरु ।तस्वीर : सत्यम खबर सो स्टाटस सार्वजनिक भएसँगै अध्यक्ष खाँका विषयमा नानाथरीको भनाई गाली समेत गरिएको थियो ।यसैगरी वडा नं. ७ कै बासी मिरा श्रेष्ठले समेत वडाअध्यक्षको गैरजिम्मेवारीले गर्दा सरसफाईदेखि लिएर विकासका कार्यमा ...
अपडेटः विहिबार ४७ जनामा कोरोना पुष्टि

अपडेटः विहिबार ४७ जनामा कोरोना पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ भाद्र – भेरी अस्पताल नेपालगन्जमा भएको पछिल्लो पिसिआर परीक्षणबाट ४७ जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ ।भेरी अस्पताल नेपालगन्जको ल्याबमा २४ घण्टाको रिपोर्ट अनुसार ४ सय ३ जनाको परिक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । फोकल पर्सन श्रेष्ठका अनुसार हालसम्म भेरी अस्पतालमा प्राप्त नमूना ३६ हजार ८७ रहेको छ भने आज विहिबारसम्म परिक्षण सम्पन्न नमूना ३५ हजार ७ सय ८७ रहेको बताउनुभयो ।जसमध्ये हालसम्म कोरोना संक्रमित पुष्टि १६ सय ५५ रहेको छ भने २४ घण्टामा ४ सय ३ जनाको परिक्षण गर्दा ४७ जना कोरोना संक्रमित देखिएको बताउनुभयो ।त्यसमध्ये हालसम्म बाँके जिल्लामा १ हजार ९५ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ७ सय ८३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ६ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभ...
बागलुङमा सुकुर्दुङ खोलाको बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्क बिहिन

बागलुङमा सुकुर्दुङ खोलाको बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्क बिहिन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बागलुङ, १८ भाद्र – बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ ।सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । तस्वीर : गुगल अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन’, भण्डारीले फोन मार्फत भने, ‘अहिले उद्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।’बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।उनले राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई ...
चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चितवन, भाद्र १८ – चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु छ । चितवन मेडिकल कलेजमा उपचारत भरतपुर–११ निवासी ४० बर्षीया महिलाको मृत्यु भएको हो । झाडापखाला, खोकी र सोडियमको मात्रा कम भएर भदौ ६ गते अस्पताल भर्ना भएकी उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।भेन्टिलेटरमा उपचारको क्रममा उनको गएराति करिव १२ः२३ मा मृत्यु भएको उनले बताए । हालसम्म कोरोना संक्रमणका कारण चितवनका १० जनाको मृत्यु भईसकेको छ ।...
अपडेटः बाँकेमा ८८ वर्षका बृद्धसहित २४ जना घर फर्किदै

अपडेटः बाँकेमा ८८ वर्षका बृद्धसहित २४ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ३ महिलासहित २४ जना निको भएर घर फर्किने भएका छन् ।भाद्र ४ गते कोरोना संक्रमित देखिएका उनीहरु आज विहिबार डिस्चार्ज भई घर फर्किने स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार ९५ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ७ सय ८३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ६ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।बाँकेमा हालसम्म २० हजार ६ सय ४४ जनाको पिसिआर जाँच भइसकेको छ भने ३ महिलासहित ६ जनाको मृत्यु भएको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।...
अपडेटः बुधबार ४ महिलासहित ९ जनामा कोरोना पुष्टि

अपडेटः बुधबार ४ महिलासहित ९ जनामा कोरोना पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ भाद्र – भेरी अस्पताल नेपालगन्जमा भएको पछिल्लो पिसिआर परीक्षणबाट ९ जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ । कोरोना पुष्टि भएकाहरुमा बाँकेका ७ जना, खलंगा जाजरकोटका १ जना र बासगढी बर्दिया १ जना गरी जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा बढि नेपालगन्जका ७ जना रहेका छन् ।योसँगै जम्मा १ हजार ९४ जनामा कोरोना संक्रमित पुष्टि भई सकेको छ भने ३ सय २९ जना हाल उपचाररत रहेको स्वास्थ कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार आज बुधबार डिस्चार्ज भएका १३ जना गरी जम्मा ७ सय ५९ जना निको भई घर फर्किसकेका छन् ।...
कसरी मनाउने श्राद्ध ? के–के चाहिन्छ श्राद्ध मनाउन ?

कसरी मनाउने श्राद्ध ? के–के चाहिन्छ श्राद्ध मनाउन ?

धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १७ भाद्र – प्रियजन तथा जीव जन्तु सबैमा यो सोह्र श्राद्धको पूण्य तिथीमा हार्दिक नमन छ । दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । यस वर्ष भने मलमासको कारण सोह्र श्राद्द यस महिनामा परेको छ भने दशैं कार्तिक महिनामा परेको छ । तृलाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व तथा आफ्ना बाबू, बाजेलगायतका एउटा ठूलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पणभावको अद्भूत नमूना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाई र महत्वलाई थप स्पष्ट पार्छ । १६ दिनको यो पितृपक्षमा पितृको मृत्यू तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारीक शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि बिभिन्न नामले यी पवित्र १...
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ भाद्र – नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । गत २४ घन्टामा १ हजार ६९ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।प्रदेश १ को उदयपुरमा १, ओखलढुंगा, खोटाङमा २÷२, झापामा १४, पाँचथरमा १, मोरङमा १२ र सुनसरीमा ५६ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।प्रदेश २ को धनुषामा १, पर्सामा २, बारामा ११, महोत्तरीमा २, रौतहटमा ५, सप्तरीमा १, सर्लाहीमा १९ जना कोरोना संक्रमित पुष्टि भएका छन् । बागमती प्रदेशको काठमाडौंका १ सय ९३, काभ्रेपलाञ्चोक ८, चितवनका ४५, दोलखाका ११, धादिङका ११, भक्तपुरका ३०, मकवानपुरका ६, रसुवा १, रामेछापका २, ललितपुरका ५८, सिन्धुपाल्चोकका १ र सिन्धुलीका ७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।गण्डकी प्रदेशको कास्कीमा ४, गोरखामा ८, तनहुँमा ५, नवलपरासी पूर्वमा १४, लमजुङमा ३२ जना कोरोना ...
चितवनमा थपिए ४१ जना कोरोना संक्रमित

चितवनमा थपिए ४१ जना कोरोना संक्रमित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चितवन, १७ भाद्र – चितवनका थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेल परीक्षण प्रयोगशालाबाट मंगलबार राति प्राप्त रिपोर्टमा चितवनका ४१ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ जना र धुलिखेलमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ । उनीहरू २१ देखि ८० वर्ष सम्मका छन् ।भरतपुरमा गरिएको परीक्षणमा अन्य विभिन्न जिल्लाका ७ समेत गरी ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।चितवनमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् ।भरतपुरमा १६ पुरुष र १० महिला गरि २६ जनामा संक्रमण पुष्टि भएको छ ।उनीहरूको क्वारेन्टिन, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरि...
अपडेटः ६ महिलासहित १३ जना घर फर्किदै

अपडेटः ६ महिलासहित १३ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ६ महिलासहित १३ जना निको भएर घर फर्किने भएका छन् । भदौ ३ गते कोरोना संक्रमित देखिएका उनीहरु आज डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।हालसम्म बाँके जिल्लामा १ हजार ८५ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ७ सय ५९ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय २० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।...