नेपालगन्ज, १७ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ६ महिलासहित १३ जना निको भएर घर फर्किने भएका छन् ।
भदौ ३ गते कोरोना संक्रमित देखिएका उनीहरु आज डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
हालसम्म बाँके जिल्लामा १ हजार ८५ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ७ सय ५९ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय २० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।