Tuesday, May 26सत्यम खबर
Shadow

प्रदेश ५

क्षेत्रिय कार्यालयहरु लाई जिल्लामै भवन उपलब्ध गराउने निर्णय

क्षेत्रिय कार्यालयहरु लाई जिल्लामै भवन उपलब्ध गराउने निर्णय

प्रदेश ५, समाचार, समाज
बाँके,१७ असोज । जिल्ला समन्वय समिति बाँकेको समन्वय अधिकारीको अध्यक्षता मा रहेका कार्यालय प्रमुख हरुको समितिले बाँकेबाट क्षेत्रिय सरकारी कार्यालय जिल्लामै यथावत रहने गरि बिभिन्न निर्णयहरु गरी सम्बन्धित मन्त्रालयमा पठाएको छ । केही दिन देखि बाँके बाट क्षेत्रियसरकारी कार्यालय सार्ने चलखेल भईरहेकोमा सो कुरालाई नियन्त्रण गर्न मँगलवार जिल्ला समन्वय समिति बाँकेमा बैठक बसेर त्यस्तो निर्णय भएको हो । प्रदेश सभा साँसद बिजय बहादुर यादवको आतिथ्यमा भएको बैठकमा नेपालगञ्ज बाट सार्न लागिएको ५ वटा कार्यालयको लागि नेपालगञ्जमै भवन उपलब्ध गराउने निर्णय भएको समितिले जनाएको छ । मँगलवार भएको निर्णय अनुसार भेरी यातायात ब्यवस्था कार्यालय लाई जिल्ला शिक्षा कार्यालयको नया भवनमा, निर्वाचन कार्यालय लाई महिला बालबालिका कार्यालयमा तथा तथ्याँक कार्यालय लाई सहकारी डिबिजन तथा प्रशिक्षण कार्यालयमा स्थान्तरण गर्न सम्बन्धित म...
नेपालगञ्जमा दशैं सस्तो बजार

नेपालगञ्जमा दशैं सस्तो बजार

आर्थिक, प्रदेश ५
बाँके,१५ असोज । नेपाली उपभोक्तालाई नेपाली बजार प्रति आकर्षित गर्न तथा भारतीय बजार रुपैडिहा भन्दा सस्तो दररेटमा वस्तु पाईन्छ भन्ने चेतना गराउने उद्देश्यका साथ बाँकेका व्यवसायीहरुले जागरण अभियान अन्तरगत दशैं सस्तो बजार सञ्चालन गर्ने भएका छन् । नेपाली बजारमा वस्तुको मुल्य सस्तो हुँदाहुँदै भारतीय बजार जाने उपभोक्ताहरुका लागि यहाँका व्यवसायीहरुले जागरण अभियान अन्तरगत दशैं सस्तो बजार संचालन गर्ने भएका छन् । असोज २४ गतेदेखि ३० गतेसम्म बागेश्वरी मन्दिरको पूर्वतर्फको खाली जमिनमा दशैं सस्तो बजार संचालन हुने आयोजक नेपालगञ्ज वितरण संघका कोषाध्यक्ष उपकार टण्डनले जानकारी दिए । टण्डनका अनुसार दशैं सस्तो बजारमा उपभोक्ताले यहाँ उत्पादन हुने वस्तुहरु १० देखि २० प्रतिशतसम्म छुटमा खरिद गर्न सकिने व्यवस्था मिलाईएको छ । दशैं सस्तो बजारमा कम्प्यूटर बिलिङको व्यवस्था गरिने भएको छ । दशैं सस्तो बजार संचालनका लाग...
खरेलको पहलमा खजुरामा कृषि क्याम्पस

खरेलको पहलमा खजुरामा कृषि क्याम्पस

प्रदेश ५, सूचना-प्रबिधि
बाँके,१५ असोज । बाँकेको खजुरा सन्तकुटीमा कृषि क्याम्पस संचालनका लागि महत्वपूर्ण निर्णय भएको छ । प्रदेशसभा सदस्य समेत रहेका क्याम्पसका संयोजक आईपी खरेलको पहल र सक्रियतामा कृषि क्याम्पसले सार्थकता पाएको हो । जनता नमूना माविको ९ बिघा जग्गामा कृषि क्याम्पस स्थापना हुन लागेको हो । हाल जनता नमूना माविको स्वामित्वमा रहेकोकित्ता नम्बर ११, २४,२५ र २६ को ६ बिघा तथा कित्ता नम्बर १० को क्षेत्रफलबाट ३ विघा गरि ९ विघा जग्गा प्रस्तावित खजूरा कृषि क्याम्पसका लागि उपलब्ध गराउने भन्दै विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, खजूरा गाउँपालिका, शिक्षा विकास तथा समन्वय ईकाईबाट सिफारिस लिएर प्रदेशसभा सदस्य खरेल शिक्षा मन्त्रालय पुगेका थिए । संघीय संरचना अनुसार स्थानीय तहले नै जग्गा भोगाधिकारका लागि उपलब्ध गराउन सक्ने भन्दै असोज १२ गते शिक्षा मन्त्रालयले सचिव स्तरीय निर्णय गरेको छ । मन्त्रालयको निर्णयपछि अब खज...
प्रेमी जोडीद्धारा विष सेवन गरि आत्महत्या

प्रेमी जोडीद्धारा विष सेवन गरि आत्महत्या

प्रदेश ५, समाज
बाँके,१५ असोज । बाँकेको कोहलपुर नगरपालिकामा सोमवार दुई जना प्रेमी जोडीले बिष सेवन गरि आत्महत्या गरेको कोहलपुर प्रहरीले जनानएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १० चटार निवासी ४१ वर्षिय खुसीराम थारु र ३५ वर्षिय राधा थारु छिमेकी थिए । उमेरले पाका र विवाहित भएकाले उनिहरु बीचको हेलमेललाई समाजले खासै महत्व दिएन । तर उनीहरुबिच बढ्दै गएको हेलमेलले अन्तत दुबैको ज्यान लिएको छ । दुबै विवाहित भएपनि एकआपसमा बढ्दै गएको आकर्षणका कारण आत्महत्याको बाटो रोजेको खुल्न आएको छ । ४१ वर्षिय खुसीराम र उनकी प्रेमीका भनिएकी राधाले सोमबार बैजनाथ गाँउपालिका ,७ पेडारीमा बिष सेवन गरि आत्महत्या गरेका हुन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मान बहादुर विसीले सल्फास नामक विषादी प्रयोग गरेर दुबैले आत्महत्या गरेको जानकारी दिए । विसीले घटनास्थलबाट सल्फास नामक विषादीको ४ वटा खाली सिसि समेत बरामद गरिएको बताए । ...
बलात्कार र हत्याका घटनाप्रति महिला फोरमको चासो

बलात्कार र हत्याका घटनाप्रति महिला फोरमको चासो

प्रदेश ५, राजनीति, समाचार
बाँके,१४ असोज । देशमा बढ्दो बलात्कार र हत्या हिंसा नियन्त्रणका लागि दवाव दिन संघीय समाजवादी महिला फोरम बाँकेले आईतवार बाँके प्रशासन मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । बलात्कार र हत्या हिंसा नियन्त्रणमा सरकार उदासिन भएको भन्दै संघीय समाजवादी फोरमको भगिनी संगठन संघीय समाजवादी महिला फोरम बाँकेले चिन्ता र चासो व्यक्त गरेको हो । महिला फोरमले बलात्कार र हत्या हिंसाका घटनामा बढोत्तरी हुँदा कसैले पनि आफूलाई सुरक्षित महसुस गर्न नसकेको ठहर गर्दै ज्ञापनपत्र बुझाएको हो । महिला फोरमले बलात्कार र हत्या हिंसाका सन्दर्भमा बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएको जनाएकोछ । महिला फोरमकी अध्यक्ष उषा गौतम नेतृत्वको टोलीले आईतबार प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको संघीय समाजवादी फोरम बाँकेका अध्यक्ष कमरुददीन राईले बताए । ज्ञापनपत्र बुझाउन...
हेमकार परिवार हत्याकाण्डमा १३ बर्षपछि आरोपी पक्राउ

हेमकार परिवार हत्याकाण्डमा १३ बर्षपछि आरोपी पक्राउ

प्रदेश ५, समाचार
बाँके,१४ असोज । बाँकेको नेपालगञ्जका सुन व्यवसायी हेमकार परिवार हत्याकाण्डका आरोपीलाई १३ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०६२ साल फागुन २३ गते नेपालगञ्ज ११ सदरलाइन स्थित न्यू दिप ज्वेलर्सका सञ्चालक दिपक हेमकारसहित हेमकार परिवारका ४ जना र पसलमा काम गर्ने अर्का एक व्यक्ति गरी ५ जनाको सुतेको अवस्थामा धारिलो हतियार प्रहरी गरी हत्या भएको थियो । सो हत्यामा संलग्न भएको आरोपमा बाँके प्रहरीले भारत उत्तर प्रदेश सीतापुर जिल्ला विसवां बजारका ६५ बर्षीय किशोरीलाल सोनीलाई शनिवार राती ८ बजेतिर भारतीय सीमावर्ती क्षेत्र जमुनहा नाकाबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए । आईतवार पत्रकार सम्मेलन मार्फत् आरोपी सोनीलाई सार्वजनिक गर्दै प्रहरी प्रमुख पौडेलले जमुनहा नाका भएर नेपालगञ्ज प्रवेश गर्ने क्रममा उनलाई पक्राउ गरेको जानकारी दिए । १३ बर्ष अघि ८२ बर्षिया गुलाव देव...
अन्नुको हत्या घटनालाई पचाउन खोजिएको माइतीको दावी

अन्नुको हत्या घटनालाई पचाउन खोजिएको माइतीको दावी

प्रदेश ५, राजनीति, समाचार
बाँके,१४ असोज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २, बाबागाउँकी २६ वर्षीया अन्नु वर्माको हत्यालाई तोडमरोड गरि कमजोर बनाउन खोजिएको दावी गरिएको छ । गत भदौ १४ गते राति घर नजीकै अन्नुको हत्या भएको माइती पक्षको दावी छ । अन्नुको हत्या अभियोगमा सासु धनदेई कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र स्थानीय हरिहर प्रसाद तेली हिरासतमै रहेका बेला अन्नुकी भाउजु विन्दुकमारी वर्माले पोष्टमार्टम रिपोर्ट मार्फत अभियुक्तलाई उन्मुक्ति दिने प्रपञ्च गरिएको दावी गरिन । बाँके जिल्ला अदालतमा मुद्धा दर्ता भई विचाराधिन रहेको छ । भदौ १५ गते एकाबिहानै अन्नुका पाँच वर्षीय छोराले मावलीमा फोन गरेर आमा म¥यो भनेपछि मात्रै घटनाबारे माइती पक्षलाई जानकारी भएको थियो । अन्नुको शव घरभन्दा बाहिर नालीमा टाउकोमा चोट लागिएको अवस्थामा भेटिएको थियो । पोष्टमार्टममा डा. आकाश वेल्वासले टाउकोमा चोट लागेको र पानीले डुवेर मरेको उल्लेख गरेको...
पैदलयात्रुको लागि आवागमन व्यवस्थित बनाउदै उपमहानगरपालिका

पैदलयात्रुको लागि आवागमन व्यवस्थित बनाउदै उपमहानगरपालिका

प्रदेश ५, समाचार
नेपालगञ्ज, १३ असोज । नेपालगञ्जमा पैदलयात्रुको आवागमन व्यवस्थित बनाउने काम शुरु भएकोछ। नेपालगञ्ज उप महानगरपालिकाले सडक क्षेत्रमा सडक अतिक्रमण हटाउन सुरु गरेको जनाएको छ । पैदलयात्रुको आवागमनमा अवरोध हुने गरि सडक पेटी तथा फुटपाथ कव्जाको प्रयास भएपछि उपमहानगरपालिकाले फुटपाथबाट अतिक्रमण हटाउने अभियान शुरु गरेको हो । ढल तथा नालामाथिको फुटपाथमा ठेला राख्ने, पसलेले सामान,बोर्ड,मोटरसाइकल राख्ने गर्नाले आवागमनमा कठिनाई हुनुका साथै कुरुपता बढदै गएपछि शुक्रबार कार्यवाहक नगर प्रमुख उमा थापा मगर नेतृत्वको टोलीले सुर्खेतरोडबाट सडक अतिक्रमण हटाउन सुरु गरेको हो । प्रहरी दस्तासहित जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेल, वडा नम्बर ४ का अध्यक्ष मो.सफीक वेहना,२ नम्बर वडा अध्यक्ष सुनिलसिंह हमाल, उपमहानगरपालिकाका निरीक्षण शाखाका प्रमुख पवन कनोजीया, नगर प्रहरी सहितको टोलीले नेपालगञ्ज मेडिकल ...
स्वास्थ्य सेवा प्रवाहको संयुक्त अनुगमन

स्वास्थ्य सेवा प्रवाहको संयुक्त अनुगमन

प्रदेश ५, शिक्षा/स्वास्थ्य
बाँके १३ असोज । बाँकेको जानकी गाउँपालिका अन्र्तगत इन्द्रपुर र बेलभार स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवा सुविधाका बारेमा श्क्रवार संयुक्त अनुगमन गरिएको छ । सो क्रममा स्वास्थ्य चौकीले प्रवाह गर्ने विभिन्न स्वास्थ्य सेवाहरुको गुणस्तरियता तथा प्रभावकारिताका बारेमा अनुगमन टोलीले जानकारी लिएको थियो । गाउँपालिकामा संचालित मातृ नवजात शिशु तथा बालस्वास्थ्य परियोजना अन्र्तगत गरिएको अनुगमनमा जानकी गाउँपालिका भरिमा ९ प्रतिशत महिलाहरु घरमा बच्चा जन्माउने गरेको बताइएको थियो । स्वास्थ्य सचेतनाको अभावमा महिलाहरु स्वास्थ्य संस्थामा नजानु, समयमा गर्भवती जाँच नगराउने, महिलाहरुले पोषणयुक्त खाना नखानले आमा र बच्चाको मृत्यु हुने गरेको छ । गत आर्थिक वर्ष २०७४। ०७५ मा गाउँपालिकाको गनापुरमा १३७, साईगाउमा ११७ र बेलभार स्वास्थ्य चौकीमा ८० जना महिलाले सुरक्षित बच्चा जन्माएको गाउँपालिकाका स्वास्थ्य संयोजक गिरबहादुर...
कोहलपुर नगर विकास समितिका अध्यक्षलाई कारवाही गरिने — मन्त्री राई

कोहलपुर नगर विकास समितिका अध्यक्षलाई कारवाही गरिने — मन्त्री राई

प्रदेश ५, राजनीति, समाचार
बाँके,१३ असोज । सहरी विकास मन्त्री राईले मनोमानी तरीकाले आफनो मनपरी गर्न खोज्ने कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खडकालाई कारवाही गरिने बताएका छन । सबैलाई पायक पर्ने स्थानमा रहेको भेरी यातायात व्यवस्था कार्यालयलाई कोहलपुर सार्ने चलखेल गरेको भन्दै खडकालाई कारवाहीको दायरामा ल्याउने मन्त्री राईले बताएका हुन । जिल्लाको ग्रामीण क्षेत्रलाई समेत समेटिने गरि यातायात ब्यवस्था कार्यालय को लागि नेपालगञ्जनै उपयुक्त रहेकोले त्यस लाई अन्त्य सार्ने कुरा आफुलाई मान्य नहुने मन्त्री राईको भनाई रहेको छ । बाँकेको नेपालगञ्ज स्थित भेरी यातायात व्यवस्था कार्यालयलाई कोहलपुरमा सार्न चलखेल गरेको भन्दै कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खडकालाई सहरी विकास मन्त्रालयले स्पष्टीकरण समेत सोधेको छ । सहरी विकास मन्त्री राईको निर्देशनमा सहरी विकास मन्त्रालयकी सीडीई रमिता श्रेष्ठले यातायात कार्यालय सार्ने विषयम...