छोरा बचाउन सहयोगको याचना गर्दै सोनी
नेपालगन्ज, १६ भाद्र – कोभिड–१९ को महामारीबाट विश्व नै आक्रान्त भएको पाईन्छ । कतिपयको घरबार बिहीन हुने अवस्था आएको छ भने कतिपयले आफन्तलाई गुमाई सकेको अवस्था विद्यमान रहेको पाईन्छ । विश्वमा करौडेले आफ्नो रोजगारी गुमाई सकेका छन् भने लाखा–लाखौ व्यक्तिहरु घरभित्र बसी भोकभोकै मर्ने अवस्थाको सृजना भएको छ ।
पीडित प्रमोद कुमार सोनी छोराको जीवन बचाउन याचना गर्दै । तस्वीर : सत्यमखबर
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ बस्ने प्रमोदकुमार सोनीको अवस्था पनि कसैबाट कम भएको आंकलन गर्न सक्ने अवस्था छैन् । उनी विगतमा सुनचाँदी पसलमा नोकरी गर्दै आएका थिए तर लकडाउनले गर्दा नोकरीबाट हात धुनु प¥यो । त्योसँगै भोकभोकै बस्ने अवस्थाको सृजना भयो । भोकै बस्न नपरोस् भनी ठाउँ–ठाउँमा सहयोगको याचना गर्न पुग्छन् ।सहयोगको याचना गर्नुपर्ने अर्को कारण पनि रहेछ, त्यो कारण हो उनको छोरा । जो जन्मदेखि नै मुटुमा प्वाल (छेद) भए...









