
नेपालगन्ज, १८ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ३ महिलासहित २४ जना निको भएर घर फर्किने भएका छन् ।
भाद्र ४ गते कोरोना संक्रमित देखिएका उनीहरु आज विहिबार डिस्चार्ज भई घर फर्किने स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।

हालसम्म बाँके जिल्लामा १ हजार ९५ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ७ सय ८३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ६ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
बाँकेमा हालसम्म २० हजार ६ सय ४४ जनाको पिसिआर जाँच भइसकेको छ भने ३ महिलासहित ६ जनाको मृत्यु भएको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
