
नेपालगन्ज, १७ भाद्र – भेरी अस्पताल नेपालगन्जमा भएको पछिल्लो पिसिआर परीक्षणबाट ९ जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ ।

कोरोना पुष्टि भएकाहरुमा बाँकेका ७ जना, खलंगा जाजरकोटका १ जना र बासगढी बर्दिया १ जना गरी जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा बढि नेपालगन्जका ७ जना रहेका छन् ।
योसँगै जम्मा १ हजार ९४ जनामा कोरोना संक्रमित पुष्टि भई सकेको छ भने ३ सय २९ जना हाल उपचाररत रहेको स्वास्थ कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
फोकल पर्सन श्रेष्ठका अनुसार आज बुधबार डिस्चार्ज भएका १३ जना गरी जम्मा ७ सय ५९ जना निको भई घर फर्किसकेका छन् ।
