Wednesday, May 27सत्यम खबर
Shadow

प्रदेश ५

अपडेटः ६ महिलासहित ८ जना घर फर्किदै

अपडेटः ६ महिलासहित ८ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ६ महिलासहित ८ जना निको भएर घर फर्किने भएका छन् ।भाद्र ७ गते कोरोना संक्रमित देखिएका उनीहरु आज आईतबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार २ सय १० जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ८ सय २५ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ७९ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ६८.१४ रहेको छ भने बिरामी मृत्यु दर ०.५० प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२० प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ३ महिलासहित ६ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
माईती नेपालबाट ५ सय ७७ महिला तथा बालबालिकाहरुको उद्धार

माईती नेपालबाट ५ सय ७७ महिला तथा बालबालिकाहरुको उद्धार

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २० भाद्र – “बन्दाबन्दिमा पनि हराउँदै महिला वालवालिका, मानव बेचबिखन तथा ओसार पसारको अन्त्यः, सुसंस्कृत, सभ्य समाज र सामाजिक रुपान्तरण अवको गन्तव्य ।” भन्ने मूल नाराका साथ मानव बेचबखिन बिरुद्धको १४ औ राष्ट्रिय दिवशको अवसरमा माइती नेपाल नेपालगन्जका, केशव कोईरालाद्वारा हार्दिक शुभकामना व्यतm गरिएको छ ।संयोजक कोईरालाद्वारा प्राय दिवशहरु खुशियालीका लागि मनाउने गरिएता पनि केही दिवशहरु दुख पिडा र समस्याबाट मुतिmका लागि चालिकएका कदमहरुलाई थप बल मिलोस, नयाँ–नयाँ योजनाहरु बनाउन सकियोस् भन्ने उद्देश्यका साथ बिभिन्न अभियानस्वरुप मनाउने गरिन्छ । यसै सन्दर्भमा मानव बेचबिखन बिरुद्धको १४ औ राष्ट्रिय दिवशमा हामी सबैलाई मानव बेचबिखन बिरुद्ध एकता बद्ध भई क्रियासिलताका लागि हार्दिक अपिल गर्दछौ भनी जारी विज्ञप्तीमा लेखिएको छ । तस्वीरः गुगलबाट बर्तमान कोभिड–१९ को महामारी रहेको अवस्थामा यस दिवशला...
नेपालजस्ता देशका लागि कोरोना खोप खरिद र आपूर्तिको नेतृत्व युनिसेफले गर्ने

नेपालजस्ता देशका लागि कोरोना खोप खरिद र आपूर्तिको नेतृत्व युनिसेफले गर्ने

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २० भाद्र – गरिब मुलुकमा खोप उपलब्ध गराउने विश्वव्यापी प्रयास ‘गाभी’ को कार्यक्रम अन्तर्गत कोरोना खोप खरिद तथा वितरणको नेतृत्व युनिसेफले गर्ने भएको छ ।विश्वव्यापी ‘कोभ्याक्स फ्यासिलिटी’ का तर्फबाट युनिसेफले उत्पादक तथा साझेदारसँगको सहकार्यमा कोरोना खोप खरिद, ढुवानी, बन्दोबस्ती तथा भण्डारणको नेतृत्व गर्ने भएको हो । कोभ्याक्स फ्यासिलिटी संसारका सबै मुलुकमा खोप पुगोस् भनेर सुनिश्चित गर्न स्थापना गरिएको हो । युनिसेफद्वारा जारी विज्ञप्ति अनुसार कोभ्याक्सका तर्फबाट यसले न्यून तथा न्यून मध्यम आय भएका ९२ देशका लागि ‘पिएएचओ’ कोषसँगको सहकार्यमा खोप किनेर आपूर्ति गर्नेछ ।गाभीको न्यून र मध्यम आयका भएका ९२ देशको सूचीमा नेपाल पनि पर्छ । गाभीको प्रतिबद्धतामा अग्रिम रूपमा सहभागी हुन नेपालले पनि गत भदौ ४ मा आशय–पत्र पठाएको थियो । गाभी सचिवालय र कोभ्याक्सले उक्त पत्र पाइसकेको पुष्टि गरेका प...
कोरोना महामारी र स्थानीय स्वास्थ्य सेवा

कोरोना महामारी र स्थानीय स्वास्थ्य सेवा

प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
भुपेन्द्र शाहीविश्व नै कोरोनाले आक्रान्त छ। बच्चादेखि वृद्धसम्म सबैको मनमा त्रासले डेरा जमाएको छ। यो त्राससँग स्वास्थ्यकर्मीहरु एकल लडाईं लडिरहेका छन्।जब ठूला निजी अस्पताल र ठूला चिकित्सकहरुले कोरोनाका नाममा बिरामीको सामान्य उपचार बन्द गरे, त्यतिबेला ग्रामीण भेकमा बाहिरबाट आउने मानिसहरुलाई क्वारेन्टाइनमा राख्ने, स्वास्थ्य तथा पिसिआर परीक्षण गर्ने र संक्रमित मानिसहरुलाई आइसोलेसनमा राख्ने काम स्थानीय सरकार र स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुको काँधमा थियो। सीमित साधनस्रोतका बाबजुद पनि स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुले अहोरात्र खटिएर जोखिमपूर्ण कार्य सम्पादन गरेका थिए।आइसोलेसन र क्वारेन्टाइनमा रहेका सेवाग्राहीहरुले स्वास्थ्यसँग असम्बन्धित माग पूरा नहुँदा समेत सेवाग्राहीहरुद्वारा स्वास्थ्यकर्मी कुटिनु परेको थियो। समुदायमा कोरोना सर्छ भनेर डेराबाट निकालिनु परेको थियो। सरकारले जोखिम भत्त...
अपडेटः ५ महिलासहित २० जना घर फर्किदै

अपडेटः ५ महिलासहित २० जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ५ महिलासहित २० जना निको भएर घर फर्किने भएका छन् ।भाद्र ६ गते कोरोना संक्रमित देखिएका उनीहरु आज शनिबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार १ सय ९९ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ८ सय १७ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ७६ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ६८.१४ रहेको छ भने बिरामी मृत्यु दर ०.५० प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२० प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ३ महिलासहित ६ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
‘हामीले भोगेको सास्ती कसले सुन्ने ?’

‘हामीले भोगेको सास्ती कसले सुन्ने ?’

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को न्यूरोडदेखि पश्चिम स्टरलजसम्म बाटो हिड्ने वटुवाहरुले वडाअध्यक्ष सुनिलसिंह हमाल बारे नानाथरीको कुराहरु गर्ने गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोड पश्चिमदेखि स्टरलजसम्म बाटोमा जमेको पानी, फोहोर आदि ।तस्वीर : सत्यमखबर विगत ६ महिनादेखि यो र त्यो नाममा आम बाटो हिड्ने बटुवाहरुलाई दुःख दिने काम बाहेक वडाअध्यक्षले केही नगरेको आरोपसम्म लगाउन भ्याएका छन् । न्यूरोडदेखि पश्चिम स्टरलजसम्मको बाटोमा पानी, फोहोर, हिलो र सड्क दुर्घटना बाहेक हाल नयाँ उपलब्ध केही नभएको भनाई टिभि मर्मत गर्न आएका एक जना बटुवाले आफ्नो भनाई राख्दै ‘हामीले भोगेको सास्ती कसले सुन्ने ?’ भन्ने प्रश्न गरे । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोड पश्चिम घरवारी टोलमा जमा भएको पानी निकाल्दै स्थानीय पीडित व्यापारीहरु । तस्वीर : सत्यमखबर कोभिड–१...
अपडेटः शुक्रबार १५ महिलासहित ४० जनामा कोरोना पुष्टि

अपडेटः शुक्रबार १५ महिलासहित ४० जनामा कोरोना पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ भाद्र – भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी ल्याबमा भएको पछिल्लो पिसिआर परीक्षणबाट ४० जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ ।कोरोना पुष्टि भएकाहरुमा बाँकेको कोहलपुर, नेपालगन्ज, डुडुवा गाउँपालिका लगायत स्थानका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जम्मा १ हजार १ सय ७९ जनामा कोरोना संक्रमित पुष्टि भई सकेको छ भने ३ सय ७० जना हाल उपचाररत रहेको स्वास्थ कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार आज शुक्रबार डिस्चार्ज भएका २० जना गरी जम्मा ८ सय ३ जना निको भई घर फर्किसकेका छन् ।...
अपडेटः ५ महिलासहित २० जना घर फर्किदै

अपडेटः ५ महिलासहित २० जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ५ महिलासहित २० जना निको भएर घर फर्किने भएका छन् । भाद्र ५ गते कोरोना संक्रमित देखिएका उनीहरु आज शुक्रबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।हालसम्म बाँके जिल्लामा १ हजार १ सय ३९ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ८ सय ३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ३० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।...
बाँकेमा शुक्रबार र शनिबार निषेधाज्ञा

बाँकेमा शुक्रबार र शनिबार निषेधाज्ञा

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १८ भाद्र – जिल्ला प्रशासन कार्यालय मार्फत सूचना जारी गरी हप्ताको दुई दिन शुक्रबार र शनिबार अत्यावश्यक सेवा बाहेक हिड्डुलमा समेत रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेले भाद्र १५ गते जारी गरेको सूचना बमोजिम अत्यावश्यक सेवा र सोका लागी प्रयोग हुने सवारी साधान बाहेक अन्य सबै प्रकारका बैंक तथा वित्तिय संस्था, पसल ब्यावसाय सञ्चालन, अत्यावश्यक काम बाहेकको हिडडुलमा समेत रोक लगाईएको छ ।आदेशको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गर्ने जिल्ला प्रशासनको चेतावनी छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको गएको १२ गते बैठक निषेधाज्ञा सम्बन्धीको यो निर्णाय अर्को सूचना जारी नहुँदासम्म प्रत्येक शुक्रबार र शनिबार लागु भइरहने छ ।यसैगरी स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ...
अब २२ सय रुपैयाँमा कोरोना परीक्षण ! ‘सरकारले सबैको निःशुल्क परिक्षण गर्नुपर्छ’– पत्रकार खान

अब २२ सय रुपैयाँमा कोरोना परीक्षण ! ‘सरकारले सबैको निःशुल्क परिक्षण गर्नुपर्छ’– पत्रकार खान

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ भाद्र – भेरी अस्पताल नेपालगन्जमा अब २ हजार २ सय रूपैयाँ शुल्क तिरेर पिसिआर परीक्षण गराउन सकिने व्यवस्था गरिएको छ ।भेरी अस्पतालमा सञ्चालित पिसिआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा ब्यक्तिगत प्रयोजनका लागि शुल्क तिरेर पिसिआरको स्वीकृति पाएसँगै अब आम सर्वसाधारणले कम शुल्कमा पिसिआर परीक्षण गराउन सकिने व्यवस्था गरिएको छ । फाईल तस्वीर अस्पताल समितिको बिहीबार बसेको बैठकले पिसिआर परीक्षण शुल्क निर्धारण गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बिहीबारको बैठकले यस्तो निर्णय गरेको जानकारी गराउनुभयो ।उहाँका अनुसार शुक्रबारदेखि चाहेको व्यक्तिले कोरोना परिक्षण गराउन सकिने व्यवस्था भेरी अस्पतालमा मिलाएको बताउनुभयो । तर यसबारे सार्वजनिक सञ्चालनमा विरोध गरिएको छ । बुधबार स्वास्थ्य कार्यालय बाँक...