
नेपालगन्ज, १८ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का वडाअध्यक्ष जुम्मन खाँको लापरवाही र मनपरीले गर्दा वडाबासीहरु आक्रोशित भएका छन् । पटक–पटक समस्याको निकासका लागि भनसुन गर्दा समेत कुनै वास्ता नै नगरिएको गुनासो छताछुल्ल भएको छ ।
केही समय अगाडी मात्र आफ्नो बिमा सिफारिसको लागि हस्ताक्षर गर्न पुगेका अधिवक्ता विश्वजित तिवारीले समेत ‘म जनताको गुलाम होइन, कि बिहानदेखि दस्तखत मात्र गरौं, सन्दर्भ कोरोना बिमा सिफारिस नेपालगन्ज वडा नं. ७ अध्यक्षको भनाई’ भनी सार्वजनिक सञ्चाल फेसबुक मै स्टाटस लेखेका थिए ।

तस्वीर : सत्यम खबर
सो स्टाटस सार्वजनिक भएसँगै अध्यक्ष खाँका विषयमा नानाथरीको भनाई गाली समेत गरिएको थियो ।
यसैगरी वडा नं. ७ कै बासी मिरा श्रेष्ठले समेत वडाअध्यक्षको गैरजिम्मेवारीले गर्दा सरसफाईदेखि लिएर विकासका कार्यमा समेत थिचोमिचो देखिएको छ । श्रेष्ठले –‘पहिलो प्राथमिकता वडाअध्यक्षलाई भन्ने हो, उहाँले पनि नसुने उपमहानगरपालिकालाई भन्ने तर कोरोनाले गर्दा ढिलो भयो, अब हामी समिति गठन गरेर भएपनि यस विषयमा उपमहानगरपालिकालाई लिखित जानकारी गराउने’ बताउनुभयो ।

तस्वीर : सत्यम खबर
वडाबासीहरुका अनुसार वडा अध्यक्ष खाँले वडामा हालसम्म जति पनि कार्य गरेका छन्, वडाबासीहरुसँग सल्लाह समेत नगरी आफ्नो मोनोपोली तरिकाले कार्य गरेका छन्, जुन स्थानमा कार्य भएका छ, त्यस स्थानमा व्यक्तिगत माटो पठाउने कार्य बाहेक थप केही उपलब्ध देखिएको छैन ।
यतिसम्म की चुनाव जितेर गएपछि एकपटक पनि मुख देखाएका छैनन् श्रेष्ठले भने–‘चुनाव जितेपछि एकपटक पनि आउनुभएको छैन् हामीलाई त सौताने व्यवहार जस्तै गर्नुभएको छ ।’ मेयर धवल शम्शेर राणा, उपमेयर उमा थापालाई समेत समस्या समाधानका लागि यहाँका स्थानीयले गुहारेका छन् ।

तस्वीर : सत्यम खबर
\
तर उनीहरुले समेत वडाअध्यक्षलाई भन्नुहोस् भन्दै फर्काइदिए । तर वडाअध्यक्ष खाँ भने उनीहरुसँग भेट्न नै चाहान्न । आफ्नै वडाबासीलाई वडाअध्यक्ष खाँले किन झट्केलो छोरा जस्तो व्यवहार गरिरहेका होलान ? एक महिलाले वडाअध्यक्षको भनाइ उदृत गर्दै भनिन् तपाईहरुको टोलबासीले मलाई भोट दिएन् विकास किन गर्ने ? वडाअध्यक्ष खाँले निर्वाचनमा आफुहरुलाई सहयोग नगरेको भन्दै एउटा पुरै टोललाई वडाबाट प्रदान गर्ने सेवासुविधाबाट बञ्चित गर्नु कहाँको राजनीतिक हो ? भनी प्रश्न गरिन् ।
स्थानीयहरु फुटेको ट्यांकीबाट पानी खाइरहेका छन् । सडक र नाला निर्माण नहँुदा स्थानीयलाई हिडडुलको समस्या त छदै छ रोगको समेत डर छ । जनप्रतिनिधि आएको हामीलाई आभास नै भएको छैन ती स्थानीयले भने–‘नालाको निकासको नहुँदा थोरै पानी पर्दा पनि टोल डुवानमा पर्छ । सर्प र बिच्छी घरभित्र पस्छन् । बालबालिकालाई जोगाउनै मुस्किल हुन्छ ।’ वडाअध्यक्ष खाँ यहाँसम्म निकृष्ट बनेका छन् यहाँका टोलबासीले समस्या समाधान गर्न अपिल गर्दा आफु अव वडाबासी समेत नभएको भन्दै कामै नगर्ने धम्की दिन्छन् ।
तर वडाअध्यक्ष खाँ ले भने आफुलाई त्यहाँको समस्याबारे जानकारी नै नभएको गैरजिम्मेवार अभिव्यक्ती दिन्छन् । उनले समस्यामा परेका टोलबासीले समस्या नै नभनेको अभिव्यक्ती दिन्छन् । मुखले भन्नु पर्दा लिखितरुपमा दिनु पर्ने उनको लापरवाहीपूर्ण जवाफ दिएका छन् ।
