Tuesday, April 28सत्यम खबर
Shadow

अपडेटः विहिबार ४७ जनामा कोरोना पुष्टि

नेपालगन्ज, १८ भाद्र – भेरी अस्पताल नेपालगन्जमा भएको पछिल्लो पिसिआर परीक्षणबाट ४७ जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ ।
भेरी अस्पताल नेपालगन्जको ल्याबमा २४ घण्टाको रिपोर्ट अनुसार ४ सय ३ जनाको परिक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।


फोकल पर्सन श्रेष्ठका अनुसार हालसम्म भेरी अस्पतालमा प्राप्त नमूना ३६ हजार ८७ रहेको छ भने आज विहिबारसम्म परिक्षण सम्पन्न नमूना ३५ हजार ७ सय ८७ रहेको बताउनुभयो ।
जसमध्ये हालसम्म कोरोना संक्रमित पुष्टि १६ सय ५५ रहेको छ भने २४ घण्टामा ४ सय ३ जनाको परिक्षण गर्दा ४७ जना कोरोना संक्रमित देखिएको बताउनुभयो ।
त्यसमध्ये हालसम्म बाँके जिल्लामा १ हजार ९५ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ७ सय ८३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ६ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
बाँकेमा हालसम्म २० हजार ६ सय ४४ जनाको पिसिआर जाँच भइसकेको छ भने ३ महिलासहित ६ जनाको मृत्यु भएको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *