Wednesday, May 27सत्यम खबर
Shadow

प्रदेश ५

डुडुवामा बनेको नाली चार दिन मै भत्कियो

डुडुवामा बनेको नाली चार दिन मै भत्कियो

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २३ भाद्र – डुडुवा–६ को बल्दीपुर्वामा निर्माण भएको नाली चार दिन मै भत्किएको छ । डुडुवा गाउँपालिका वडा न–६ स्थित बल्दीपुर्वामा ठेक्कामार्फत निर्माण भएको नाली बनेको ४ दिन मै भत्किएको छ ।गाउँपालिकाकाको योजना अनुसार ठेक्का सम्झौतामार्फत उक्त गाउँमा पिपिसि बाटो र नाली निर्माण कार्य भएको जनाइएको छ । स्थानीयका अनुसार ४–५ दिनदेखि शुरु भएको निर्माण कार्य सकिन नपाउँदै भत्किएपछि ठेकेदारको काममाथि प्रश्न उठेको छ । कामको गुणस्तरीयता नभएको स्थानीयको आरोप छ । नालीसँगै ढलान गरिएको पिपिसि बाटो समेत फुटेको छ । एकतिर ढलान हुँदै अर्को तिर नाली निर्माण भएको स्थानीय उमेशकुमार यादवले बताउनुभयो ।हिरमिनिया चौकीदेखि नयाँबस्ती जाने बाटोसंगै जोडिएको बाटोको नाली भत्किएको हो । त्यस्तै निर्माण गरिएको संरचना उचित ढंङ्गले निर्माण नभएको स्थानीय बताउँछन् । मुख्य बाटो गाउँमा भएको घरभन्दा अग्लो छ तर मुख्य बाटोसं...
नरैनापुर गाउँपालिका विरुद्ध सूचना आयोगमा उजुरी अवैधानिक भत्ता, करार कर्मचारी तथा ब्याप्त आर्थिक अनियमितता बारे सूचना लुकाउँदै गाउँपालिका

नरैनापुर गाउँपालिका विरुद्ध सूचना आयोगमा उजुरी अवैधानिक भत्ता, करार कर्मचारी तथा ब्याप्त आर्थिक अनियमितता बारे सूचना लुकाउँदै गाउँपालिका

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २३ भाद्र – बाँके नरैनापुर गाउँपालिकाले क्वारेन्टाइन ब्यवस्थापनको नाममा ब्यक्ति विशेषलाई २१ लाख ३५ हजार रुपैया भत्ता दिएपछि उत्पन्न विवाद राष्ट्रिय सूचना आयोगमा पुगेको छ ।भत्ता, करार कर्मचारी, गाउँपालिकाको शहरी कार्यालय लगायत भ्रष्टाचार जन्य कार्यको चौतर्फी आलोचना भइरहँदा गाउँपालिकाले विभिन्न ब्यक्तिहरुले मांग गरेको सूचना उपलब्ध नगराएर झन विवादमा तानिएको हो । स्थानीय बासिन्दा गुरुमूरत यादव, फारुक अहमद खाँ, वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, पत्रकार विनय दीक्षित लगायत ब्यक्तिहरुले फरक फरक सन्दर्भमा मांग गरेको सूचना गाउँपालिकाले लुकाउँदै आएको छ ।मांग गरिएका र कानून बमोजिम दिन मिल्ने सूचना समय भित्र उपलब्ध गराउनु पर्नेमा गाउँपालिकाले सो बारे मौनता कायम राखेको गुरुमूरत यादवले बताए । मैले गाउँपालिका क्षेत्रमा जडान भएका र जडान हुन बाँकी भई खरीद प्रक्रियामा रहेको सौर्यउर्जा बारे सूचना...
सर्वोत्कृष्ट कर्मचारी सम्मानबाट पौडेल सम्मानित

सर्वोत्कृष्ट कर्मचारी सम्मानबाट पौडेल सम्मानित

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
राप्तीसोनारी, २३ भाद्र – राप्तीसोनारी गाउँपालिकाले योजना शाखा प्रमुख बालानन्द पौडेललाई सर्वोत्कृट कर्मचारीको रुपमा सम्मान गरेको छ । निजामति कर्मचारी दिवसको अवसरमा गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले पौडेललाई नगद १० हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । उहाँको कार्यसम्पादन, अनुशासन र सेवाग्राहीलाई गर्ने ब्यवहारको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनु भएको छ । यसैगरी गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडाली, सब इन्जिनियर रामबहादुर बुढा, वडा नम्बर ३ का वडासचिव बुद्धिराम भण्डारी, वडा नम्बर ४ का वडासचिव शैलजा चौधरी, स्वास्थ्य चौकी बिनौनाका स्वास्थ्यकर्मी जश्मी बुढाथोकी र कार्यालय सहयोगी मोतिराम ...
कृषि आधुनिकिकरणमा ब्यापक अनियमितता, सिमित कृषकलाई मात्र सुविधा

कृषि आधुनिकिकरणमा ब्यापक अनियमितता, सिमित कृषकलाई मात्र सुविधा

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
इनरुवा, २३ भाद्र – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुनसरीमा सञ्चालित कार्यक्रममा ब्यापक अनियमितता भएको स्थानीय कृषकहरुले गुनासो गरेका छन् । परियोजनाले करिब २ करोडको आर्थिक अनियमितता गरेको आरोप बाहिर आएको छ ।सुनसरीमा परियोजना इकाई सञ्चालन कार्यान्वयन इकाई मार्फत भएको कार्यक्रममा अनियमितता भएको आरोप बाहिर आएको छ । उक्त परियोजना इकाई कार्यालयमा धानजोन र अदुवा तथा बेसारजोन लगायतका नाममा अनियमितता भएको गुनासो बाहिर आएको हो । कृषकहरुले आर्थिक वर्ष ०७६÷०७७ मा परियोजना इकाई धानजोन कार्यालयबाट सम्पन्न भएको कार्यत्रमको नाम र बजेट सहितको विवरण प्रतिलिपि उपलब्ध गराउनुपर्ने, धानजोन सञ्चालक समितिले गरेको काम र इकाईले दिएको अनुदान सार्वजनिक गर्नुपर्ने, सम्पन्न गरेको कार्यत्रमको सम्पूर्ण विलभरपाईको प्रतिलिपि उपलब्ध गराउनुपर्ने, दुहबी नगरपालिका र गढी गाउँपालिकाका विभिन्न वडामा गरेको ...
कोरोना संक्रमित अर्घाखाँचीका ४२ बर्षिय पुरुषको मृत्यु

कोरोना संक्रमित अर्घाखाँचीका ४२ बर्षिय पुरुषको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ भाद्र – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत् अर्घाखाँचीका कोरोना संक्रमितको मंगलवार मृत्युभएको छ । अर्घाखाँची शितगंगा नगरपालिका–१२ का ४२ बर्षिय पुरुषको बिहान सवा ९ बजे मृत्युभएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो । उनी भाद्र ११ गते अस्पताल भर्ना भएका थिए । साउन २७ गते ट्रिपर दुर्घटनामा परी घाइते भएका थिए । युनिर्भसल मेडिकल कलेज भैरहवामा भर्ना भएका उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि भाद्र ४ गते नमुना लिइएको थियो र भोलीपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।लगत्तै उनलाई भीम अस्पताल भैरहवा पु¥याइएको थियो । त्यहाँ ५ दिनसम्म पनि अवस्था सुधार नभएपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । उपचार कै क्रममा उनको आज बिहान मृत्युभएको हो । योसँगै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा बाहिर जिल्लाका ...
भरतपुरमा कोरोना ल्याबको लापरवाहीः कागजमा पोजेटिभ, एसएमएसमा नेगेटिभ

भरतपुरमा कोरोना ल्याबको लापरवाहीः कागजमा पोजेटिभ, एसएमएसमा नेगेटिभ

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चितवन, २३ भाद्र – क्यान्सरको उपचारका लागि भदौ १७ गते भरतपुर आइपुगेकी धनुषाकी सूर्यकला देबीले केही दिन पछि कोरोना परीक्षणको अवसर पाइन् । भोलिपल्ट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले उनको स्वाब निकालेर परीक्षणका लागि पठायो। चार दिनमा रिपोर्ट आयो । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले भदौ २२ गते सोमबार सार्वजनिक गरेको रिपोर्टमा उनमा कोरोना पोजेटिभ रहेको उल्लेख थियो । अस्पतालको नजिकै रहेको गोरखा वारपाक होटलमा बसेकी उनलाई कोरोना पुष्टि भएपछि घर फर्काउन स्थानीयबासी तथा होटल सञ्चालकहरूले धनुषाको स्थानीय तहमा सम्पर्क गरे । उनलाई घर पठाउनका लागि सोमबार अपरान्ह ९ हजार रुपैयाँ खर्च गरेर एम्बुलेन्स पनि मगाइयो। तर एम्बुलेन्ससँगै उनको मोवाइलमा एसएमएसको आवाज पनि आइपुग्यो । भरतपुर अस्पतालले पठाएको एसएमएस खोलेर हेर्दा लेखिएको थियो ‘तपाईको कोभिड १९ आरटी पिसिआर परीक्षण रिपोर्ट नेग...
अपडेटः २ महिलासहित ७ जना घर फर्किदै

अपडेटः २ महिलासहित ७ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका २ महिलासहित ७ जना निको भएर घर फर्किने भएका छन् ।भाद्र ९ गते कोरोना संक्रमित देखिएका उनीहरु आज मंगलबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार २ सय ५७ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ८ सय ३८ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय १२ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ६६.६७ रहेको छ भने बिरामी मृत्यु दर ०.५६ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ३ महिलासहित ७ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
अपडेट : ३ महिलासहित ६ जना कोरोना पुष्टि

अपडेट : ३ महिलासहित ६ जना कोरोना पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ भाद्र – बाँकेमा आईतवार ३ महिलासहित ६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएको नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी र सिम्टा सुर्खेतका गरी जम्मा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार २ सय ५७ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ८ सय ३१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय २० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ६६.११ रहेको छ भने बिरामी मृत्यु दर ०.४८ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ३ महिलासहित ७ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
खजुरा क्यान्सर अस्पताल सील

खजुरा क्यान्सर अस्पताल सील

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ भाद्र – अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण देखिएपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सिल गरिएको छ । चिकित्सकसहित १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल सील गरिएको छ ।अस्पतालका प्रमुख विश्वराम पौडेलका अनुसार, २ जना चिकित्सक, ३ जना प्रशासन शाखाका कर्मचारी, १ जना नर्स र ५ जना अस्पताल सहयोगीलाई भाइरस संक्रमण देखिएको छ । यसअघि अस्पतालका गाडी चालकलाई पनि कोरोना भाइरस संक्रमण देखिसकेको थियो । अस्पतालमा भाइरस संक्रमण देखिएपछि अन्य सबै चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारी सेल्फ क्वारेन्टिन बसेका छन् ।उनीहरुको पीसीआर परीक्षणको तयारी भइरहेको छ । अस्पतालमा ४२ जना कर्मचारी कार्यरत रहेका छन् ।...
हिन्दू संस्कार अनुसार घलेको अन्त्येष्टी

हिन्दू संस्कार अनुसार घलेको अन्त्येष्टी

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ भाद्र – कोरोना संक्रमण देखिएपछि मृत्यु भएका नेपालगन्ज उपमहानरपालिकाका कर्मचारी युवराज बिक्रम घलेको सोमबार अन्त्येष्टी गरिएको छ । ५९ वर्षीय घलेको सोमबार बिहान बाँकेको राप्ती नदी सिधनियाँ घाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टी गरिएको हो । तस्वीर : प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको फेसबुकबाट नेपाली सेनाको सलामीसहित घलेको अन्त्येष्टी गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो । नेपालगन्ज वडा नं–९ का घलेको आईतबार साझ ८ः३० बजे मृत्यु भएको थियो ।भाद्र १८ गते पौने ३ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका घले मुटुको रक्त नलिमा समस्या रहेको उपचारमा संलग्न डाक्टरले जानकारी गराएका छन् । उहाँको स्वास्थ्यमा सुधार नआएपछि समस्या बढ्दै गएर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।मृतकको भाद्र १५ गते कोरोना परीक्षण रिर्पोट पोजेटिभ देखिएको थियो । घले...