
नेपालगन्ज, २२ भाद्र – कोरोना संक्रमण देखिएपछि मृत्यु भएका नेपालगन्ज उपमहानरपालिकाका कर्मचारी युवराज बिक्रम घलेको सोमबार अन्त्येष्टी गरिएको छ । ५९ वर्षीय घलेको सोमबार बिहान बाँकेको राप्ती नदी सिधनियाँ घाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टी गरिएको हो ।

नेपाली सेनाको सलामीसहित घलेको अन्त्येष्टी गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो । नेपालगन्ज वडा नं–९ का घलेको आईतबार साझ ८ः३० बजे मृत्यु भएको थियो ।
भाद्र १८ गते पौने ३ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका घले मुटुको रक्त नलिमा समस्या रहेको उपचारमा संलग्न डाक्टरले जानकारी गराएका छन् । उहाँको स्वास्थ्यमा सुधार नआएपछि समस्या बढ्दै गएर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
मृतकको भाद्र १५ गते कोरोना परीक्षण रिर्पोट पोजेटिभ देखिएको थियो । घले नेपालगन्ज उपमहानगरपालिकाको जिन्सी शाखा सहायक पदमा कार्यरत रहेका थिए । उहाँको मृत्यु शोकमा उपमहानगरपालिका कार्यालय एक दिनका लागि बन्द गरिएको छ भने मंगलबारदेखि तीन दिनसम्मका लागि कार्यालय शिल गरिएको छ ।

कार्यालयका पुरानो इमान्दार र सबैका प्रिय समेत रहनुभएका युवराज घलेको कोरोनाका कारण आईतबार राती निधन भएपछी नेपालगन्ज उपमहानगरपालिका परिवार सोमबार कार्यालयको प्रांगनमा शोक भेला समेत भएको छ ।
पहिलो पटक नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सहितको जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमण भएकोमा केही दिन अघि मात्र वडा अध्यक्ष सहित केही निको भएर भर फर्कि सक्नु भएको छ भने केही अझै आइसोलेसनमा रहेका छन् ।

