
नेपालगन्ज, २२ भाद्र – बाँकेमा आईतवार ३ महिलासहित ६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएको नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी र सिम्टा सुर्खेतका गरी जम्मा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

हालसम्म बाँके जिल्लामा १ हजार २ सय ५७ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ८ सय ३१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय २० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ६६.११ रहेको छ भने बिरामी मृत्यु दर ०.४८ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ३ महिलासहित ७ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।
