Wednesday, May 27सत्यम खबर
Shadow

प्रदेश ५

खजुरामा सोमबार राती १२ बजेदेखि २७ गतेसम्म पूर्ण निधेषाज्ञा जारी

खजुरामा सोमबार राती १२ बजेदेखि २७ गतेसम्म पूर्ण निधेषाज्ञा जारी

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ भाद्र – बाँके जिल्लाको खजुरा गाउँपालिकामा कोभिड–१९ को संक्रमण दर बढ्दै गईरहेको अवस्थालाई मध्यनजर गर्दै खजुरा क्षेत्र नेपालगन्ज गुलरिया सडक खण्डको कपास विकास समितिदेखि बि.पि. प्रतिक्षालय ५०० मिटरसम्म सबै वडाहरुमा लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी सूचनामार्फत सबैलाई जानकारी हुने गरी आज सोमबार राती १२ बजेदेखि भाद्र २७ गते राती १२ बजेसम्मको लागि सवारी साधन, व्यवसाय, पसलहरु सञ्चालन तथा हिडडुल गर्न समेत पूर्ण रुपमा निषेध गरिएको छ ।उक्त निषेधाज्ञा जारी समयसम्म अतिआवश्यक एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला कुटनीतिक सावरी साधन, लामो दुरीका मालवाहक साधनहरु, निर्माण सामग्री ढुवानीका साधनहरु, अतिआवश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गर्ने सवारी साधनहरु र अनुमति पत्र प्राप्त सवारी साधन बाहेकका कुनै कसैले सो अवज्ञा गरे वा काममा...
संघर्ष समितिद्धारा राप्ती पुलको सरसफाई

संघर्ष समितिद्धारा राप्ती पुलको सरसफाई

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २२ भाद्र – नेकपा डुडुवा गाउँपालिका र जसपा डुडुवा बाँकेको संयुक्त अभियान डुडुवा संघर्ष समितिको आयोजनामा राप्ती नदीको घाट र पुलमा सोमबार सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।डुडुवा संघर्ष समितिमार्फत सिधनियाँ घाट तथा राप्ती पुलको छेउछाउमा रहेका फोहोर मैला सरसफाई गरिएको संघर्ष समितिका सकिल खानले बताउनुभयो । उक्त सरसफाईन कार्यक्रम नेकपा डुडुवा, जनता समाजबादी पार्टी डुडुवा र संघर्ष समितिको संयुक्त आयोजनामा सम्पन्न गरिएको सरसफाई कार्यक्रममा सहभागि खानले जानकारी गराउनुभयो ।समितिले नदी छेउँमा निर्माण गरिएको स्नान स्थल, चेन्जिङ्ग कोठा तथा मन्दिर वरिपरि रहेको फोहर र राप्ती पुलमा जम्मा भएको धुलो तथा फोहरकोे सफाई गरेको छ । राजनीति स्वार्थ नभई समाज हितमा पनि सक्रियता रहने गरी सरसफाई कार्यक्रम गरिएको समितिका प्रेस संयोजक सूर्यलाल यादवले बताउनुभयो । घाटमा रहेको स्थान घर, धारा, मन्दिरक...
नेपालगन्ज उपमहानगरपालिका फेरी सील

नेपालगन्ज उपमहानगरपालिका फेरी सील

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ भाद्र – जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण निधन भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले गहिरो दुःख ब्यक्त गरेको छ । उपप्रमुख उमा थापा मगरका अनुसार घलेको निधन भएपछि आज सोमबार एकदिन शोक मनाउन कार्यालय बन्द गरिएको छ । मंगलबारदेखि तीन दिनसम्म कार्यालय सील गर्ने निर्णय भएको छ ।उपमहानगरपालिका कार्यालय आईतबारदेखि सुचारु हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले घलेको निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताउँदै शोक सन्तप्त परिवारमा सहानुभुति प्रकट गर्नुभएको छ ।...
विद्युतीय सवारीमा बढाएको कर घटाउन प्रधानमन्त्रीसँग माग

विद्युतीय सवारीमा बढाएको कर घटाउन प्रधानमन्त्रीसँग माग

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २२ भाद्र – अर्थमन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपालका व्यवसायीहरुसँग छलफल गरेका छन् । उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधहरुसँगको प्रधानमन्त्रीले आज बालुवाटारमा बोलाएर छलफल गरेका हुन् । उक्त छलफल कार्यक्रममा व्यवसायीहरुले लकडाउन कै बीचमा व्यवसाय तथा बजार खुकुलो बनाउनुपर्ने, उद्योग तथा व्यापार गर्नका लागि सहजता हुनुपर्ने लगायतका माग राखेका थिए । उनीहरुले कसरी यो बीचमा उद्योग व्यवसाय चलाउन सकिन्छ भनेर सुझाव पनि दिएका छन् ।व्यवासायीहरुले अहिलेको समयमा इकमर्श लगायतका व्यवसायमा सरकाकरै अवरोध देखिँदा थोरै भए पनि भइरहेको व्यापारमा प्रभाव परेकोबारे जानकारी दिइएको एक व्यवसायीले सेतोपाटीलाई जानकारी दिए ।त्यस्तै, व्यवसायीले विद्युतीय सवारी साधनमा लगाएको कर घटाउन पनि माग गरेका थिए। भर्खरै मात्र राजीनामा दिएर बाहिरिएका युवराज खतिवडाले विद्युतीय सवारी...
अपडेटः १ महिलासहित ६ जना घर फर्किदै

अपडेटः १ महिलासहित ६ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १ महिलासहित ६ जना निको भएर घर फर्किने भएका छन् ।भाद्र ८ गते कोरोना संक्रमित देखिएका उनीहरु आज सोमबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार २ सय ५१ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ८ सय ३१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय १३ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ६६.४३ रहेको छ भने बिरामी मृत्यु दर ०.५६ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ३ महिलासहित ७ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
राप्तीसोनारीमा बिद्युतीकरणको काम सम्पन्न गर्न अध्यक्ष थारुको आग्रह

राप्तीसोनारीमा बिद्युतीकरणको काम सम्पन्न गर्न अध्यक्ष थारुको आग्रह

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ भाद्र – राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा एकैसाथ बिद्युतीकरणको काम सम्पन्न गर्न नेपाल बिद्युत प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगन्जको ध्यानाकर्षण गराइएको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको नेतृत्वमा आईतबार प्राधिकरण कार्यालय नेपालगन्ज पुगेको डेलिगेशन टोलीले यस्तो ध्यानाकर्षण गराएको छ । साविक बैजापुर र नरैनापुर गाविसमा बिद्युतीकरण गर्न ‘उष्मा÷गौरी पार्वती जेभी’ नामक ठेकेदार कम्पनीले २०६९ चैत २१ गते सम्झौता गरेपनि अहिलेसम्म काम अलपत्र अवस्थामा रहेको छ । ठेक्काको म्याद गुज्रिएपनि प्राधिकरणले यि ठाउँमा बिद्युतीकरणको काम सुरु गर्न सकेको छैन । सोही ठेकेदार कम्पनीले कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईन बिस्तारको काम अलपत्र पारेपछि प्राधिकरणले गतवर्ष ठेक्का तोडेर आफै काम सम्पन्न गरेको थियो ।विगतमा प्रशारण लाईनको ठेक्का तोडेपनि प्राधिकरणले अह...
अपडेट : बाँकेमा ८ महिलासहित ३८ जना कोरोना पुष्टि

अपडेट : बाँकेमा ८ महिलासहित ३८ जना कोरोना पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ भाद्र – बाँकेमा आईतवार ८ महिलासहित ३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालगन्ज, कोहलपुर र खजुराका गरी जम्मा ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार २ सय ४८ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ८ सय २५ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय १४ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।...
महानिर्देशक मिश्र लगायतलाई कारबाही गर्ने विप्लवको चेतावनी

महानिर्देशक मिश्र लगायतलाई कारबाही गर्ने विप्लवको चेतावनी

प्रदेश ५, राजनीति, समाज
नेपालगन्ज, २१ भाद्र – नेत्रविक्रम चन्द विप्लव समूहले मल आपूर्तिमा ढिलाइ गर्ने, रेल्वे ठेक्का परियोजनाका ठेकेदारमाथि सरकारले तुरुन्तै कारबाही नगरे आफैंले कारबाही गर्ने चेतावनी दिएको छ ।शनिबार विज्ञप्ति जारी गरी किसानलाई मल उपलब्ध नगराएर राष्ट्रघात गरेको, काँकडभिट्टा–इनरुवा रेल्वे ठेक्कामा अर्बौं चलखेल रहेको भन्दै उसले सरकारले तुरुन्तै कारबाही नगरे आफ्नो पार्टीले गर्ने चेतावनी दिएको हो । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गरी ठेकेदारहरूको नाम पनि सार्वजनिक गरेका छन् । यो कारबाही सूचीमा रेल्वे विभागका महानिर्देशक बलराम मिश्र, शैलुङ कन्स्ट्रक्सन कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी, होविको मल्टिमलका हुमनाथ कोइरालाललगायत छन् ।काँकडभिट्टा–इनरुवा खण्डमा रेल विभागले ३३ अर्ब माथिको ठेक्का मुआब्जा वितरण नगरी, प्राविधिक एवम् आर्थिक मूल्याङ्कनबिनै, आफ्नै राज्यको कानुनविपरीत ...
कोरोना संक्रमित वृद्धको मृत्यु

कोरोना संक्रमित वृद्धको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चितवन, २१ भाद्र – चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार भरतपुर–१५ का ७० वर्षीय वृद्धको उपचारको क्रममा आइतबार विहान मृत्यु भएको हो । भाद्र १२ गते छातीमा समस्या भएर अस्पताल भर्ना भएका वृद्धमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै उनलाई आइसीयूमा भेन्टिलेटरको सहयोगमा उपचार गराइएको थियो ।चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासका बावजुत ‘एक्यूट रेस्पिरेटरी फेलियर’ भई विहान ८ बजे मृत्यु भएको डा.लम्सालले बताए।यससँगै अहिलेसम्म कोरोना संक्रमणबाट चितवनका १२ जनाको मृत्यु भएको छ ।...
भेला तथा प्रशिक्षण सम्पन्न

भेला तथा प्रशिक्षण सम्पन्न

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ भाद्र – प्रेस संगठन बाँकेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । जुम प्रविधि मार्फत संगठनको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको संगठनका संयोजक डक्ट प्रसाद धितालले जानकारी दिए । कोरोना सन्त्रासका कारण सामुहिक रुपमा एकै ठाँउमा भेला हुन सम्भव नभएकाले जुन प्रविधिको प्रयोग गरेर भेला आयोजना गरिएको धितालले बताए । भेलामा संगठनमा केन्द्रिय सदस्य, पुर्व अध्यक्ष तथा अग्रज पत्रकारहरुले नयाँ सदस्यहरुलाई संगठनको महत्व, आवश्यकता र क्षेत्राधिकारका बारेमा प्रशिक्षण दिएका थिए । पत्रकारले निर्वाह गर्नुपर्ने भुमिकाका बारेमा समेत संगठनका सदस्यहरुलाई प्रशिक्षण दिईएको धितालले जानकारी दिए । भेलामा संगठनका केन्द्रिय सदस्य, अनुशासन विभाग सदस्य, आर्थिक विभाग सदस्य, प्रदेश सदस्य, पुर्व केन्द्रिय सदस्य, पत्रकार महासंघका पदाधिकरी तथा संगठनमा आवद्ध सदस्यहर...