
नेपालगन्ज, २३ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका २ महिलासहित ७ जना निको भएर घर फर्किने भएका छन् ।
भाद्र ९ गते कोरोना संक्रमित देखिएका उनीहरु आज मंगलबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।

हालसम्म बाँके जिल्लामा १ हजार २ सय ५७ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ८ सय ३८ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय १२ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ६६.६७ रहेको छ भने बिरामी मृत्यु दर ०.५६ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ३ महिलासहित ७ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।
