
नेपालगन्ज, २३ भाद्र – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत् अर्घाखाँचीका कोरोना संक्रमितको मंगलवार मृत्युभएको छ । अर्घाखाँची शितगंगा नगरपालिका–१२ का ४२ बर्षिय पुरुषको बिहान सवा ९ बजे मृत्युभएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।

उनी भाद्र ११ गते अस्पताल भर्ना भएका थिए । साउन २७ गते ट्रिपर दुर्घटनामा परी घाइते भएका थिए । युनिर्भसल मेडिकल कलेज भैरहवामा भर्ना भएका उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि भाद्र ४ गते नमुना लिइएको थियो र भोलीपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।
लगत्तै उनलाई भीम अस्पताल भैरहवा पु¥याइएको थियो । त्यहाँ ५ दिनसम्म पनि अवस्था सुधार नभएपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । उपचार कै क्रममा उनको आज बिहान मृत्युभएको हो ।

योसँगै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा बाहिर जिल्लाका तीनजनाको मृत्युभएको छ । यसअघि अछाम र कैलालीका १–१ गरी २ जनाको मृत्यु भईसकेको थियो ।
