खयरभट्टीमा सशस्त्र प्रहरीको विओपी राख्ने तयारी
राप्तीसोनारी, ९ असोज – बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने गुर्दनगौडीमा सशस्त्र प्रहरी बलको विओपी क्याम्प स्थापना गरिने भएको छ । करिव डेढ दशक अघि पत्ता लागेको नयाँ बस्तीका रुपमा परिचित उक्त ठाउँमा सरकारले सशस्त्र प्रहरीको विओपी क्याम्प स्थापना गर्न लागेको हो । विओपी क्याम्प स्थापनाका लागि त्यस क्षेत्रमा पुगेर जनप्रतिनिधी, सुरक्षाकर्मी लगायतले स्थलगत निरीक्षण गरेका छन् ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, सम्शेरगन्जस्थित सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक प्रकाशकुमार सुवेदी, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, जनप्रतिनिधी, समाजसेवी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर बुधबार स्थलगत निरीक्षण गरेको थियोे ।
स्थलगत निरीक्षण गर्न पुगेका जनप्रतिनिधी, सुरक्षा निकायका...









