Wednesday, May 27सत्यम खबर
Shadow

प्रदेश ५

बाँकेमा कोरोना संक्रमित दुई जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमित दुई जनाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ असोज – बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।कोहलपुर नगरपालिका वडा नंं १० का ५३ वर्षीय पुरुष र नेपालगन्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको पुष्टि गरेका छन् । दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा थिए । नेपालगन्जका मृतकको घर दाङको घोराहीमा रहेको थियो । उनी लामो समयदेखि नेपालगन्जमा बस्दै आएका थिए । यो सँगै बाँकेमा ४ महिला सहित १५ जनाको मृत्यु भईसकेको छ ।...
७६ वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु

७६ वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ असोज – बाँके जिल्लामा उपचारको क्रममा बाहिर जिल्लाबाट आएकी ७६ वर्षिय एक महिलाको मृत्यु भएको छ । मृतक जुनिचाँदे गाउँपालिका–५, जाजरकोट निवासी ७६ वर्षिय महिला हुन् । असोज ५ गते पिसिआर जाँच गराउने क्रममा असोज ६ गते पिसिआर रिपोर्टमा कोरोना संक्रमित देखिएकी ७६ वर्षिय महिलालाई होम आईसोलुसनमा राखिएको तथा केही दिनदेखि पित्त थैलीको बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ ।होम आईसोलुसनमा बस्ने क्रममा आज सोमबार नेपालगन्ज मेडिकल कलेज शिक्षण् अस्पताल कोहलपुरमा कोभिड आईसोलेसन वार्डमा लैजाने क्रममा आकस्मात ऋबचमष्य एगmियलबचथ ब्चचभकत भएको कारण दिउँसो २ः१५ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।यो सँगै जिल्ला बाहिरका मृत्यु हुनेहरुको संख्या ७ पुगेको छ ।...
अपडेटः बाँकेमा आज १० महिलासहित २९ जना घर फर्किदै

अपडेटः बाँकेमा आज १० महिलासहित २९ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १० महिलासहित २९ जना निको भई घर फर्किने भएका छन् ।भाद्र २९ गते कोरोना संक्रमित देखिएका उनीहरु आज सोमबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार ८ सय २१ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ४ सय ६३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ५३ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ८०.३४ रहेको छ भने बिरामी मृत्यु दर ०.७१ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३० प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित १३ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
नेपाल भारत सीमा खोल्न ज्ञापन पत्र

नेपाल भारत सीमा खोल्न ज्ञापन पत्र

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, ११ असोज – नेपाल भारत सीमा तत्काल खोल्न राष्ट्रिय जनता पार्टी नरैनापुर बाँकेले नरैनापुर गाउँपालिकामार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन–पत्र बुझाएको छ । ज्ञापन पत्रमा नेपाल भारत सीमा बन्द लकडाउन रहेको कारण जनजीवन अस्तव्यस्त भएको र सीमा बन्दका कारण सामाजिक, आर्थिक, सांस्कृतिक समस्या उत्पन्न हुनुका साथै तस्करी एवं कालोबजारी समेत मौलाएको उल्लेख गरिएको छ । कोभिड–१९ को महामारी रोकथामको लागि नेपाल भारत सीमा बन्द गरिए पनि कोरोनामा कमी आउन नसकेको, अन्तर्राष्ट्रिय, राष्ट्रिय हवाई मार्ग सञ्चालनमा रहेको र सार्वजनिक यातायात समेत सञ्चालन भएको हुँदा नेपाल सीमा बन्द गर्नुको कुनै औचित्य नभएको राष्ट्रिय जनता पार्टीद्वारा बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा पूर्व र दक्षिण भारतीय सिमानासँग जोडिएको नरैनापुरका आम जनसामुदायले स–सानो व्यापार ...
खजुरा गाउँपालिका अध्यक्ष कक्षपति कोरोना जितेर घर

खजुरा गाउँपालिका अध्यक्ष कक्षपति कोरोना जितेर घर

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ११ असोज – खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले कोरोना जितेर घर फर्किएका छन् ।जनताको काममा अहोरात्र खटिएकै बेला गत भदौ २८ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो । १४ दिनको आइसोलेसन बसाईपछि उनी आज घर फर्किएका हुन् । परिवारका सदस्यलाई पनि कोरोना देखिएकाले अध्यक्ष कक्षपतिसहित परिवारका अन्य ५ सदस्य पनि कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । कोरोना जितेका अध्यक्ष कक्षपतिले अब फेरी निरन्तर खजुराको समृद्धि र विकासमा लाग्ने बताए । उनलाई खजुरा गाउँपालिका प्रमुख प्रकाशकीय अधिकृत मणिराम खराल, वडा नं. ७ का अध्यक्ष अतिउल्ला खान, राजनीतिक सल्लाहकार भीम ओली, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, लेखा अधिकृत प्रदीप सुनार, योजना अधिकृत दिलबहादुर पौडेल, स्वास्थ्य शाखाका प्रतिनिधिलगायतले स्वागत गरेका थिए ।...
कोरोना संक्रमित थप एक पुरुषको मृत्यु, बाँकेमा मृतक संख्या १३

कोरोना संक्रमित थप एक पुरुषको मृत्यु, बाँकेमा मृतक संख्या १३

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ असोज – कोरोना भाइरस संक्रमित बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ बाँके गाउँका ४७ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आईतबार बिहान ५ः०० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषलाई भाद्र ३१ गते अस्पताल भर्ना गरिएको थियो । भाद्र २९ गते गरिएको स्वाग परिक्षण गरिएको थियो भने भाद्र ३१ गते उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई प्लाज्मा थेरेपी र रेमडिसिभिर औषधि समेत दिइएको थियो ।उनको दुवैतिरको फोक्सोमा निमोनिया र मधुमेह भएको उपचारमा संलग्न चिकित्सकहरुले बताए । मृतक नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जको प्रशासनीक स्टाफ समेत रहेको बताइएको छ ।योसँगै बाँकेमा...
अपडेटः बाँकेमा आज ११ महिलासहित २३ जना घर फर्किदै

अपडेटः बाँकेमा आज ११ महिलासहित २३ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ११ महिलासहित २३ जना निको भई घर फर्किने भएका छन् ।भाद्र २८ गते कोरोना संक्रमित देखिएका उनीहरु आज आईतबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार ८ सय ५ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ४ सय ३४ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ६६ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७९.४५ रहेको छ भने बिरामी मृत्यु दर ०.६६ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३० प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित १२ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...

विभिन्न कार्यक्रम गरि दिवस मनाइने

प्रदेश ५, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज ११ असोज – अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवस विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । भोली सोमबार २८ सेप्टेम्बरका दिन पर्ने दिवसको अवसरमा सूचनाको हक सम्वन्धी ऐनलाई पुर्ण रुपमा कार्यान्वयनमा जोड दिइनेछ ।नागरिकको थाहा पाउने अधिकार अन्र्तगत सूचनाको हकलाई सार्वजनिक निकायले सबै सूचना तथा जानकारी सार्वजनिक गर्नुपर्ने हुन्छ । तर अहिले त्यस्तो नभएको पाइन्छ । यसै सन्दर्भमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके र बर्दियामा विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।संस्थाले प्रदेश ५ अन्तर्गत पर्ने सम्पुर्ण स्थानीय तहमा कोभिड–१९ को खर्च विवरण सार्वजनिकको सूचना माग गर्ने, प्रदेशका मुख्यमन्त्री समक्ष सूचनाको हक कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाउने, बाँके र बर्दियामा सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालको प्रत्येक त...
फुल्टेक्रामा धार्मिक आस्थाका मठमन्दिर जिर्ण हुँदै, मर्मत सम्भारको परखाईमा

फुल्टेक्रामा धार्मिक आस्थाका मठमन्दिर जिर्ण हुँदै, मर्मत सम्भारको परखाईमा

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ (हाल वडा नं. ६) फुल्टेक्रा गाउँ स्थित धार्मिक र आस्थाको रुपमा मान्यता प्राप्त जगन्नाथी थान (मन्दिर), होलिका दहन स्थान, फुल्टेक्रा स्कुल सामुन्ने रहेको सार्वजनिक कुँवा र सदियौंदेखि वडा नं. ६ का बासिन्दाहरुले शुभ–विवाहमा दुलहा घुमाउने कुँवालगायत स्थान मर्मत सम्भारको परखाईमा जिर्ण हुँदै गएको छ । धार्मिक आस्थाको रुपमा रहेको फुल्टेक्रा स्थित जगन्नाथी मन्दिर मर्मत सम्भारको परखाईमा । तस्वीर : सत्यमखबर उक्त जिर्ण आस्थाका धरोहरहरुलाई संरक्षण गर्न वडा कार्यालयलाई पटक–पटक ताकेता गर्दा समेत कुनै वास्ता नगरेको पाईन्छ । स्थानीय युवा हितेश भारतीका अनुसार यस टोलमा भएका सम्पूर्ण धार्मिक आस्थाका रुपमा रहेका मन्दिर, सार्वजनिक जग्गाआदिलाई कसैले कब्जा गर्नु अगावै केही बजेटमार्फत मर्मत सम्भार र घेराबन्दी गर्नु उपयुक्त हुनेछ । धार्मिक आस्थाको रुपमा...
अपडेटः बाँकेमा आज २३ महिलासहित ५० जना घर फर्किदै

अपडेटः बाँकेमा आज २३ महिलासहित ५० जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका २३ महिलासहित ५० जना निको भई घर फर्किने भएका छन् ।भाद्र २७ गते कोरोना संक्रमित देखिएका उनीहरु आज शनिबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार ७ सय ७४ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ४ सय ११ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ५८ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७९.५४ रहेको छ भने बिरामी मृत्यु दर ०.६८ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२९ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित १२ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...