
नेपालगन्ज, ८ असाेज – अन्तर पार्टी महिला सञ्जाल नेपालगन्ज बाँकेद्वारा काेभिड-१९ काेराेना भाईरस सम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रम बिहिवार सम्पन्न गरिएकाे छ ।
कार्यक्रममा काेभिड-१९ सम्बन्धि सचेतनामा कसरी सावधानी अपनाउने, महामारीबाट जाेगिन के के गर्नु पर्ने, राेग फैलिन नदिन कसरी सचेत रहने लगायत विषयमा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ शाखाका अारती चाैधरीले सहजीकरण गरेकाे सञ्जालकी सचिव ऋचा द्विवेदीले बताउनुभयाे ।
सञ्जालकी अध्यक्ष रेखा गुप्ताकाे सभापत्विमा सम्पन्न कार्यक्रममा महिला तथा बालबालिका ज्येष्ठ नागरिक कार्यालयका रमा श्रीष, फातिमा फाउण्डेशनका मैमुना सिद्धिकी, महिला जागृति सेलकी गीता मल्ल, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिलगायत २५ बढीकाे सहभागिता रहेकाे कार्यक्रमकाे सञ्चालन सञ्जालकी सचिव द्विवेदीले गरेकी थिईन ।
