Friday, November 22सत्यम खबर
Shadow

अपडेटः बाँकेमा आज ४ महिलासहित १९ जना घर फर्किदै

नेपालगन्ज, ८ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ४ महिलासहित १९ जना निको भएर घर फर्किने भएका छन् ।
भाद्र २५ गते कोरोना संक्रमित देखिएका उनीहरु आज विहिबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।


हालसम्म बाँके जिल्लामा १ हजार ७ सय २ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ३ सय ५६ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ४० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७९.६७ रहेको छ भने बिरामी मृत्यु दर ०.६५ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२८ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ११ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *