Wednesday, May 27सत्यम खबर
Shadow

प्रदेश ५

हाजी खुर्सिद अहमदको निधन

हाजी खुर्सिद अहमदको निधन

प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ७ असोज – राही टे«डर्स तथा राही मार्ट सञ्चालक तथा समाजसेवी हाजी खुर्सिद अहमदको निधन भएको छ । नेपालगन्जस्थित राही मार्टका सञ्चालक खुर्सिदको बुधवार बिहान उपचारका क्रममा निधन भएको छ । खुर्सिद नेपालगन्ज उद्योग बाणिज्यका एसोशिएट सदस्य रहेका छन् ।ब्यवसायी खुर्सिदको निधनप्रति नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले दुःख ब्यक्त गरेका छन् । उनले खुर्सिदको निधनबाट नेपालगन्जको निजीक्षेत्रले एक असल व्यवसायी गुमाएको बताए ।...
अपडेटः कोरोना संक्रमित ३९ वर्षिय पुरुषको मृत्यु

अपडेटः कोरोना संक्रमित ३९ वर्षिय पुरुषको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ असोज – नेपालगन्जको भेरी अस्पतालमा उपचार गराईरहेको एक कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका ३, बानियाभारका ३९ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।निमोनियाबाट ग्रसीत भएका ति ब्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गत भाद्र २९ गते नेपालगन्जको भेरी अस्पतालमा भर्ना गरिएको थियो । बिरामीको अवस्था झनै जटिल बन्दै गएपछि कोरोनाको उपचारका लागि आवश्यक सबै उपाय अवलम्वन गर्दा समेत उनलाई बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।उनको उपचारका लागि ४ वटा भेन्टिलेटरको प्रयोग गरिएको थियो । उपचार कै क्रममा बुधबार बिहान १०ः३० बजे बिरामीको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो । फोकल पर्सन श्रेष्ठका अनुसार म...
कोरेक्ससहित दुई जना पक्राउ

कोरेक्ससहित दुई जना पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ७ असोज – बाँके प्रहरीले अबैध लागुऔषध कोरेक्स र सुर्तिजन्य पदार्थसहित २ जनालार्ई नियन्त्रणमा लिएको जनाएको छ । मंगलबार बेलुका डुडुवा गाँउपालिका ५ मिलनचोक स्थित ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अबैध लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका १८ लग्दहवा बस्ने ३२ वर्षिय पप्पु बेहना र सोही ठाँउका ३५ वर्षिय जिलेदार हरीजन रहेको प्रहरीले जनाएको छ ।प्रहरीले उनीहरुको साथबाट २८ सि.सी. कोरेक्स, ५ पोका सुपर पावर सुर्ति र ५ पोका बिडी बरामद गरेको हो । पक्राउ परेको दुबै जना बिरुद्ध थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।...
प्रमुख र लेखाअधिकृतको कोठामा ताला

प्रमुख र लेखाअधिकृतको कोठामा ताला

आर्थिक, प्रदेश ५, राजनीति, समाचार
राप्तीसोनारी, ६ असोज – राप्तीसोनारी गाउँपालिकाका प्रशासकीय प्रमुखको कार्यकक्ष र लेखा शाखामा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले ताला लगाइ दिएका छन् । प्रमुख प्रशासकीय अधिकृतले सेवाग्राहीको काममा लापरबाही गरेको भन्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले ताला लगाएका हुन् । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत सेवाग्राहीको कामप्रति जिम्मेवार नभएको, पालिका अध्यक्षसँगको समन्वय बिना काम गर्ने गरेको आरोप लगाउँदै पालिका अध्यक्ष थारुले बस्नेतको कार्यकक्षमा ताला लगाई दिएपछि विवाद उत्कर्षमा पुगेको छ ।गाउँपालिका श्रोतका अनुसार प्रशासकीय अधिकृत बस्नेतले कार्यपालिकाको निर्णय विपरीत झण्डै ५० लाख पर्ने सावारी साधन समेत खरिद गरेपछि विवाद बहिर आएको हो । केही दिन अघि अधिकृत बस्नेतले आफु चढ्नका लागि स्कारपियो गाडी खरिद गरेका थिए । पालिका अध्यक्ष थारुले प्रशासकिय अधिकृत बस्नेत र लेखा शाखमा ...
अतिविपन्न परिवारलाई युनेस्को क्लबद्धारा कुखुराका चल्ला र दाना वितरण

अतिविपन्न परिवारलाई युनेस्को क्लबद्धारा कुखुराका चल्ला र दाना वितरण

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ असोज – बाँकेको नेपालगन्ज, राप्तीसोनारी र नरैनापुरका अति विपन्न तथा पिछिडिएका परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले कुखुरा पालनका लागि चल्ला, दाना र अन्य सामाग्री वितरण गरिएको छ ।कतार च्यारेटी नेपालद्वारा बाँके युनेस्को क्लबमार्फत सञ्चालन गरिएको जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरापालन कार्यक्रमबाट सो सहयोग प्रदान गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको कालाफाँटाका अति विपन्न २८ परिवारलाई कुखुरापालनका लागि प्रति परिवार १ सय ४० वटा कुखुराका चल्ला, ४ बोरा दाना, पानी खुवाउने ड्रम ३ वटा, दाना खुवाउने ड्रम ३ वटालगायतका सामाग्री प्रदान गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।उहाँले विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याएर उनीहरुलाई सक्षम बनाउनका लागि...
नरैनापुरको नयाँ प्रशासकीय अधिकृतमा शाही

नरैनापुरको नयाँ प्रशासकीय अधिकृतमा शाही

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नरैनापुर, ५ असोज – बाँकेको नरैनापुर गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा महेन्द्रजङ्ग शाही आएका छन् । आईतवार एक औपचारिक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा उनलाई स्वागत गरेको छ ।गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको परिचय तथा स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शाहीले गाउँपालिकामा अबका दिनमा रोजगारमुलक र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । स्वागत कार्यक्रममा बोल्दै शाहीले स्थानिय बासिन्दाहरुको सुझाव र आवश्यकताका आधारमा योजनाहरु छनौट र कार्यान्वयन हुनुपर्नैमा जोड दिए । यस अघि रहेका नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको सरुवा भएपछि आईतबार शाही प्रशासकीय अधिकृतका रुपमा आएका हुन् ।गाउँपालिकाका अध्यक्ष शाहको अध्यक्षतामा भएको विदाई कार्यक्रममा प्रशासन प्रमुख विज...
थप एक ५८ वर्षिय पुरुषको मृत्यु, मृत्यु संख्या ११ पुग्यो

थप एक ५८ वर्षिय पुरुषको मृत्यु, मृत्यु संख्या ११ पुग्यो

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ असोज – बाँकेमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जना मृत्यु भएको छ ।मृतक सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ४, सहारे निवासी ५८ वर्षीया पुरुष हुन् । यससँगै बाँके जिल्लामा कोरोना भाइरस को संक्रमणबाट मृत्यु भएकाको संख्या ११ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।निज कर्तव्य ज्यान मुद्दामा कैदीबन्दी रहेको र उपचारका लागी सुर्खेतबाट बाँके कारागार मार्फत पठाईको थियो ।बाँके जिल्लामा उपचारको क्रममा बाहिर जिल्लाको ठेगाना भएका कोभिड–१९ को संक्रमणबाट मृत्यु भएकाको संख्या ४ पुगेको छ ।...
नागरिक समाजद्वारा डा. गोबिन्द के.सी.लाई समर्थन

नागरिक समाजद्वारा डा. गोबिन्द के.सी.लाई समर्थन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ५ असोज – गत भाद्र २९ गतेदेखि अनशनरत डा. गोविन्द केसीकोे सत्याग्रहलाई सर्मथन गर्दै नेपालगन्जका नागरिक समाजका अगुवाहरुले उहाँको जिवन रक्षाका लागि नागरिक अपिल गरेका छन् । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जको संयोजनमा आईतबार बसेको बैठकले डा. केसीका मागहरु नेपाली जनताको हितमा रहेको भन्दै उहाँको मागहरुलाई सरकारले तत्काल सम्बोधन गरि जिवन बचाउन अपिल गरेको हो । पटक–पटक सत्याग्रह बस्नुभएका डा. केसीको अभियानप्रति एक्यबद्धता जनाई मुलुकमा भ्रष्टाचारको अन्त्य, विधीको शासन, चिकित्सा क्षेत्रको सुधार, कोभिड–१९ महामारीपछि उत्पन्न समस्याको समाधान लगायतका माग जायज रहेकाले सरकारलाई सम्बोधन गर्न नागरिक अपिल गरिएको छ ।बैठकले भोली डा. केसीले उठाउनु भएको मागको सम्बोधन र उहाँको जिवन रक्षाका लागि दबाब दिन नेपाल सरकारको ध्यानाकर्षण गराउन प्रशासनमार्फत ध्यानाकर्षण पत्र दिने र साँझ उहाँको ज...

महिला उद्यमी वीनालाई रक्षक सेक्युरिटिजको सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ असोज – नेपालगन्जकी महिला उद्यमी वीना शर्माको उपचारको लागि रक्षक सेक्युरिटिजले ५ हजार रुपैयाँ सहयोग गरेको छ । सेक्युरिटिजका अधिकृत गणेशबहादुर राईले शर्माको निवासमा पुगेर उनको उपचार सहयोग अभियानमा खटेकी महिला उद्यमी दिला शाहमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।‘उहाँको उपचारमा धेरै रकम आवश्यक छ ’ । अधिकृत राईले भने – ‘ हाम्रो सानो सहयोगले पनि उहाँलाई केही राहत होस् भनेर रक्षकले सहयोग गरेको हो’ ।काठमाण्डौ वालुवाटारमा प्रधान कार्यालय रहेको रक्षक सेक्युरिटिजको नेपालगन्ज कार्यालयले प्रदेश न.ं ५,६ र ७ हेर्दछ ।विना शर्मा कुनै समयको अति व्यस्त साथी कृष्ण कटेजकी सञ्चालक हुन् । सानो पसलबाट शुरु गरेर सफल उद्यमी बनेकी शर्मा केही समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनको उपचारमा सहयोग अभियान थालिएको छ ।...
युनेस्को क्लबको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

युनेस्को क्लबको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ असोज – बाँके युनेस्को क्लवको ३१ औ वार्षिक साधारण सभा आईतवार विविध कार्यक्रमका साथ नेपालगन्जमा सम्पन्न भएको छ । सो साधारणसभाको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणाले उदघाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख राणाले बाँके कै अग्रणी सामाजिक संस्थाको रुपमा स्थापित बाँके युनेस्को क्लबले कोभिड–१९ महामारी नियन्त्रणका लागि खेलेको भुमिका अतिनै सराहनीय रहेको बताउनुभयो । उहाँले गत तीन दसकदेखि सामाजिक काममा सक्रिय क्लबले बाँकेकको विपन्न र पिछिडिएकाहरुको शैक्षिक, आर्थिक र सामाजिक विकाससंगै थुप्रै चेतनामूलक कार्यक्रमहरु गरेको बताउनुभयो ।साधारणसभालाई सम्बोधन गर्दै गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले देश र जनतालाई समस्या परेको बेला गैर सरकारी संघ संस्थाहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्दैै आएको जनाउँदै कोभिड–१९ को बेला गरेको कार्य त्यसको उदाहर...