२९ लाख ४८ हजार ७ सय सहित १० जुवाडे पक्राउ
नेपालगन्ज, १३ कार्तिक – बाँके प्रहरीले बुधबार राती नेपालगन्जबाट ठूलो राशिको रकमसहित दशजना जुवाडेलाई पक्राउ गरेको छ ।प्रहरीले गएराती नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्क क्षेत्रको बर्ष ४६ को कृष्णप्रसाद वलीको घरमा जुवा खेलिरहेको अवस्थामा २९ लाख ४८ हजार ७ सय रकम सहित १० जना जुवाडेलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी गराउनुभयो ।
पक्राउ पर्नेमा बाँकेका प्रतिष्ठित व्यापारी तथा व्यक्तिहरु रहेको बताइएको छ । पक्राउ पर्नेहरुमा जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ बस्ने सन्तोष थापा, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ बस्ने मेघनाथ कुचबन्दिया, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बस्ने नविन घिमिरे रहेका छन् ।त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० बस्ने टोप बहादुर शाही, ऐ.ऐ.वडा नं. ४ बस्ने पब्लु भण्डारी, ऐ.ऐ. बस्ने तरुण गौतम, ऐ...









