
नेपालगन्ज, ७ कार्तिक – विभिन्न संस्थागत आइसोलेसन, अस्पताल तथा होम आइसोलेसनबाट भाइरस संक्रमणबाट मुक्त भएर १७ महिला र २० पुरुष गरी आज शुक्रबार ३७ जना डिस्चार्ज भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।

कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्यामा बृद्धि भएको छ । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार आज शुक्रबार संक्रमण मुक्त भएका ३७ जनासँगै बाँकेमा कोरोनालाई जित्नेको संख्या २ हजार ३ सय १५ पुगेको बताउनुभयो ।
शुक्रबारसम्म बाँकेका २ हजार ३ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा कोरोना निको हुने दर ७९.८० प्रतिशत रहेको छ ।

यसैगरी, मृत्यु दर बाँकेमा १.०० प्रतिशत रहेको छ भने रोग प्रकोप दर ०.४८ रहेको जानकारी गराउनुभयो ।
जिल्लामा कुल संक्रमितको संख्या २ हजार ९ सय १५ पुग्दा मृत्यु हुनेको संख्या २९ रहेको छ भने ५ सय ७३ जनाको विभिन्न आईसोलेशन सेन्टरमा उपचार भईरहेको छ ।
