
नेपालगन्ज, ९ कार्तिक – बाँके जिल्लाबाट आज आइतबार कोरोना भाइरस कोभिड– १९ संक्रमण पुष्टि भएका १ सय ५७ जना निको भइ घर फर्किंदै छन् ।
जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फाेकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आज आईतबार डिस्चार्ज हुनेमा ५९ जना महिला र ९८ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या २ हजार ५ सय १४ पुगेको छ ।
बाँकेमा हालसम्म २ हजार ९ सय ७७ जनामा कोरोनाको संक्रमण पुष्टिभएको बाँकेका फाेकल पर्सन श्रेष्ठले बताउनुभयाे । हालसम्म संक्रमित मध्ये बाँकेका ३० जनाको मृत्यु भईसकेकाे छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ४ सय ५१ जना संक्रिय संक्रमित व्यक्तिहरू आईसोलेसनमा रहेका छन् ।
बाँकेमा बिरामी निको हुने दर ८४.४५ प्रतिशत, मृत्यु दर १.०१ प्रतिशत र रोगको प्रकोप दर ०.४९ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फाेकल पर्सन श्रेष्ठले बताउनुभयाे ।