Thursday, March 12सत्यम खबर
Shadow

अपडेट: बाँकेमा थप १० महिलासहित ३२ जना संक्रमित

नेपालगन्ज, ८ कार्तिक – शनिबार बाँकेका थप १० महिलासहित ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार बाँकेका विभिन्न स्थानका १० महिला र २२ पुरुष गरी ३२ जनामा कोरोना संक्रमण देखिएको बताउनुभयाे ।

फाेकल पर्सन श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा १६ जना गरी शनिबार कुल ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाउनुभयाे ।

यो सहित जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार ९ सय ७७ पुगेको छ ।

हालसम्म संक्रमित मध्ये ३० जनाको ज्यान गइसकेको छ भने, २ हजार ३ सय ५७ जना निको भएर डिस्चार्ज भइसकेका छन । जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ९० पुगेको फाेकल पर्सन श्रेष्ठले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *