Wednesday, May 27सत्यम खबर
Shadow

प्रदेश ५

संघले प्रेस स्वतन्त्रता सेनानी गुप्ताद्वयको सम्मानमा चोक निर्माणको लागि आवश्यक पहल गर्ने

संघले प्रेस स्वतन्त्रता सेनानी गुप्ताद्वयको सम्मानमा चोक निर्माणको लागि आवश्यक पहल गर्ने

प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ७ कार्तिक – अवधी भाषी पत्रकारहरुको छाता संगठन अवधी पत्रकार संघ नेपालले संस्थापक सल्लाहकार प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय पन्नालाल गुप्ताको सम्मानमा पन्नालाल चोक निर्माणको आवश्यक पहल थालेको छ । लामो समयदेखि नेपाली पत्रकारितामा विशेष योगदान पु¥याउनु भएका गुप्तको सम्मान गर्दै थप चिनारीसहितको जिवन्तताका लागि उहाँकै निवास त्रिभुवन चोकको पुर्वलाईन रानीतलाउ मन्दिर नजिकै पन्नालाल चोकको नामाकरण गरि स्थापना गर्न संघद्वारा आवश्यक पहल गरिन लागिएको अवधी पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्राद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।अवधी पत्रकार संघ केन्द्रीय कार्यसमितिको हालै बसेको बैठकले उहाँको नाममा चोक स्थापना गर्न सम्बद्ध सरोकारवाला निकायसँग आवहानसँगै पहल गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले बताउनुभयो ।यसैगरि बैठकले संघका साधारण सदस्य तथा वरिष्...
अपटेड: विहिवार थप २४ महिलासहित ६० जनामा काेराेना पुष्टी

अपटेड: विहिवार थप २४ महिलासहित ६० जनामा काेराेना पुष्टी

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ कार्तिक - भेरी अस्पताल नेपालगन्जमा साँझ ७ बजेसम्ममकाे रिपाेर्ट अनुसार २४ महिलासहित ६० जनामा काेराेना संक्रमण पुष्ट भएकाे छ । कोरोना परिक्षणमा बिहिबार ६० जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालद्धारा जारी विवरण अनुसार पछिल्लो २४ घण्टामा गरीएको परिक्षणमा २४ महिला ३६ पुरूष गरि जम्मा ६० जनामा भाईरस संक्रमण देखिएको जारी नाेटमा उल्लेख गरीएको छ । भेरीको प्रयोगशालामा हालसम्म ४५ हजार ६ सय ९ जनाको नमुना परिक्षण गरीएकोमा ३ हजार ३ सय ९४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।...
अपडेटः कोरोना मुक्त भई १५ महिलासहित ५१ जना घर फर्किंदै

अपडेटः कोरोना मुक्त भई १५ महिलासहित ५१ जना घर फर्किंदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ कार्तिक – विभिन्न संस्थागत आइसोलेसन, अस्पताल तथा होम आइसोलेसनबाट भाइरस संक्रमणबाट मुक्त भएर १५ महिला र ३६ पुरुष गरी आज (बिहिबार) ५१ जना डिस्चार्ज भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्यामा बृद्धि भएको छ । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार आज बिहिबार संक्रमण मुक्त भएका ५१ जनासँगै बाँकेमा कोरोनालाई जित्नेको संख्या २ हजार २ सय ७८ पुगेको बताउनुभयो । फाईल फोटो बिहिबारसम्म बाँकेका दुई हजार २ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा कोरोना निको हुने दर ८०.१८ प्रतिशत रहेको छ ।जिल्लामा कुल संक्रमितको संख्या २ हजार ८ सय ४१ पुग्दा मृत्यु हुनेको संख्या २९ रहेको छ भने ५ सय ५१ जनाको विभिन्न आईसोलेशन सेन्टरमा उपचार भईरहेको छ ।...
स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उदघाटन

स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उदघाटन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ५ कार्तिक – बाँके डुडुवा गाउँपालिका वडा नंं. ४ मा आधारभुत सामाुदायिक स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको बुधबार एक कार्यक्रमका विच उद्घाटन गर्दै गाउँपालिकामा स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित नहुन भनेर सबैलाई पायक पर्नेगरि स्वास्थ्य केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको बताउनुभयो । उहाँले गाउँपालिका अन्र्तगत रहेका दुरदराज तथा पछाडी परेका र टाढा हुने सेवाग्राहीका लागि गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न सहजताका लागि अझै पनि दुई स्थानमा स्वास्थ्य इकाई स्थापना गर्न लागेको बताउनुभयो । अध्यक्ष चौधरीले स्वास्थ्य केन्द्रमार्फत नागरिकहरुलाई सम्पुर्ण निशुल्क उपचारको व्यवस्था गरेको हुनाले सेवाका बारेमा जनगुुनासो तथा सरसल्लाह समेत दिन सेवाग्राहीलाई आग्रह गर्नुभयो । गाउँपालिकाको १, २, ३, ५ र ६ नंं वडामा ...
युनेस्काेद्वारा बाल सम्बन्धि तालिमकाे आयाेजना

युनेस्काेद्वारा बाल सम्बन्धि तालिमकाे आयाेजना

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
उहाँले सोही उदेश्यले बाल अधिकारदेखि लिएर बालबालिका माथि हुने विभिन्न प्रकारका शोषण र दुर्व्यवहार बारेमा अभियन्ताहरुलाई तालिम मार्फत जानकारी दिईरहेको बताउनुभयो ।सो तालिमका प्रशिक्षक आशिष बर्माले तालिममा बालअधिकारको दृष्टिकोण, मानव बेचविखन तथा ओसार-पसारको जोखिम, बालबालिका माथि हुने दुर्व्यवहार जाेेेेखिम युवा अभियानकर्मीले खेल्नु पर्ने भूमिकाका बारेमा विस्तृत रुपमा जानकारी गराइने बताउनुभयो ।उहाँले यो तालिमबाट बाल संरक्षण अभियानमा ठुलो टेवा पुग्ने समेत जानकारी गराउनुभयो । नेपालगन्ज, ५ कात्तिक - बाँके युनेस्को क्लबले बाल संरक्षण गर्ने उदेश्यले युवा अभियन्ताहरुका लागि नेपालगन्जमा बाल संरक्षण सम्बन्धि तालिमको आयोजना गरेको छ ।प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा क्लबद्धारा बाँकेमा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँप...
अपटेडः कोरोना संक्रमणबाट ७० वर्षिय बृद्धको मृत्यु

अपटेडः कोरोना संक्रमणबाट ७० वर्षिय बृद्धको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ कार्तिक – कोरोना भाइरस संक्रमणबाट बुधबार बर्दियाका ७० बर्षिय एक वृद्ध पुरुषको मृत्यु भएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाका अनुसार कोरोना संक्रमणका कारण बारबर्दिया नगरपालिका वडा नं. ७ का ७० बर्षिय एक पुरुषको बुधबार बिहान निधन भएको छ ।मृतक व्यक्तिको शरीरमा कमजोरी तथा स्वासप्रस्वासको समस्या देखिएपछि उपचारका लागि असोज २५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।कोरोनाको आशंकामा २५ गते नै स्वाब संकलन गरी गरिएको परिक्षणमा उनलाई २६ गते कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाले जनाएको छ । फाईल फोटो कोरोना पुष्टि भएपछि गरिएको उपचारमा उनको स्वास्थ्य अवस्था सामान्य भएको थियो । उपचार पश्चात् स्वास्थ्य अवस्था सामान्य भएपछि परिवारका सदस्यको आग्रहमा कात्तिक २ गते होम आइसोलेसनमा बस्ने गरी घर पठाइएको थियो ।उनको स...
शुभ–कामना आदान–प्रदान

शुभ–कामना आदान–प्रदान

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगञ्ज, ५ कार्तिक – सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । केन्द्रले आयोजना गरेको पहिलो बैठकमा विभिन्न निर्णय गर्नुका साथै बडादशैं, दिपावली, छठ पर्व, नेपाल सम्बत् र मोहम्मद डेका अवसरमा एक आपसमा शुभकामना आदानप्रदान गरिएको छ । केन्द्रका अध्यक्ष बलबहादुर चन्दको अध्यक्षतामा भएको बैठकमा कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई पर्व मनाउन सबैलाई आग्रह गरिएको छ । संस्थाको विधान बमोजिम सदस्यता संख्या बढाउँदै लैजाने निर्णय पनि गरिएको सचिव नवीन गिरीले जानकारी दिनुभयो । त्यस्तै बैठकले संस्थाको बैंक खाता सञ्चालन गर्ने निर्णय पनि गरेको छ । कार्यसमितिका पदाधिकारी, सदस्य एवम् सल्लाहकारहरुलाई संस्थाका अध्यक्ष चन्दले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । केन्द्रका सल्लाहकार नेपाल बार एसोसियसनका ...
अपटेडः कोरोना संक्रमणबाट थप एकको मृत्यु

अपटेडः कोरोना संक्रमणबाट थप एकको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ कार्तिक – कोरोना भाइरस संक्रमणबाट कञ्चनपुरका युवाका कोहलपुरमा मृत्यु भएको छ ।बेलाडी–५ कञ्चनपुरका २४ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार बेलुका मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । उनी असोज ३० गते थप उपचारका लागि भर्ना भएका थिए । कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका उनको कात्तिक ३ गते स्वाव संकलन गरिएको थियो । त्यसै दिन उनको रिपोर्ट पोजेभिट आएको अस्पताल स्रोतले जनाएको छ ।कोरोना पोजेटिभ पछि ती युवाको उपचारका लागि रोगको प्रकृती अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि मंगलबार बेलुका साढे ७ बजे मृत्यु भएको केन्द्रले जनाएको छ ।योसगैं उपचारका लागि बाहिरी जिल्लाबाट आएका १५ जनाको बाँकेमा मृत्यु भएको छ भने बाँकेका २९ जनाको मृत्यु भईसकेको छ ।...
पूर्वमन्त्री राईलाई खानेपानी बिभागको जिम्मेवारी

पूर्वमन्त्री राईलाई खानेपानी बिभागको जिम्मेवारी

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ५ कार्तिक – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकद्वारा प्रदेश ५ बाट पार्टीको विभिन्न तहको जिम्मेवारी दिइएको छ । प्रदेश ५ को समायोजन कार्यदल र शहरी विकास तथा खानेपानी विभाग प्रमुखमा पूर्व शहरी विकास मन्त्री एवं बाँके क्षेत्र नं. २ का संघीय सासद मोहम्मद ईस्तियाक राईलाई चयन गरिएको छ ।यस्तै संवैधानिक तथा कानुन विभाग प्रमुखमा नवराज सुवेदी, भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था विभाग प्रमुखमा सर्वेन्द्रनाथ शुक्ला, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभाग प्रमुखमा अकवाल अहमद शाह र संसदीय व्यवस्था विभाग प्रमुखमा अमृता अग्रहरी चयन हुनु भएको छ ।...
अपडेटः आज ५२ जना कोरोना मुक्त भई घर फर्किंदै

अपडेटः आज ५२ जना कोरोना मुक्त भई घर फर्किंदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ कार्तिक – बाँकेमा एकैदिन ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार एकै दिन ५२ जना संक्रमण मुक्त हुँदै घर फर्किदै छन् । डिस्चार्ज हुनेमा ८३ वर्षिय बृद्धदेखी ४ वर्षिय बालिका समेत रहेका छन् । यसअघि हिजो (मंगलबार) बाँकेमा आजसम्म कै ठुलो संख्यामा कोरोना संक्रमित थपिएका थिए ।एकैदिन ७४ जना संक्रमित थपिदा बाँकेमा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३ पुगेको छ भने आज डिस्चार्ज भएका ५२ जना सहित बाँकेमा कोरोना मुक्त हुनेको संख्या २ हजार २ सय २७ पुगेको बाँकेका कोरोना फोलक पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।...