Thursday, May 28सत्यम खबर
Shadow

प्रदेश ५

धोबी समाजको अगुवामा गयाप्रसाद धोबी चयन

धोबी समाजको अगुवामा गयाप्रसाद धोबी चयन

प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १९ कार्तिक – बाँके जिल्लाको आर्या (धोबी) समाजको एक भेलाले आप्mनो समाज (बिरादर) को हकहितका लागी काम गर्ने एक जना अगुवा हुन जरुरी रहेकोले अगुवा (महतौ) चयन गरेका छन् ।बाँकेको जानकी गाउँपलिका– ३ मोतीपुरका निवासी आर्या (धोबी) गयाप्रसाद धोबी (झलारी धोबी ) लाई समाजको महतौ (अगुवा) कार्तिक १५ गते शानिवारका दिन चयन गरिएको छ । यसरी गयाप्रसाद धोबीका जेठा दाजु धोबी बिरादरका अगुवा (महतौ) मा रहनु भएका बुधई धोबीको कार्तिक ५ गते ७९ वर्षको उमेरमा उनको असमयिक निधन भएको थियो । Exif_JPEG_420 स्वर्गीय महतौ बुधई धोबीको कार्तिक १४ गतेका दिन दशवा परेकाले अवसरमा भेला भएका धोबी बिरादरले उनको भाई गयाप्रसाद धोबी (झलारी धोबी)लाई बिरादरको साफा (पगडी) लगाई महतौमा चयन गरेका छन् ।कार्तिक १५ गते शनिवारका दिन एक कार्यक्रमका बिच आर्या सेवा समाज बाँकेले बुुधई धोबी महतौले आफनो जीवनमा समाजलाई महतौको हैसियत पु¥या...
चालिस लाख नगदसहित ३ जना प्रहरी फन्दामा

चालिस लाख नगदसहित ३ जना प्रहरी फन्दामा

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १८ कार्तिक – बहुमूल्य नागमणि छ भन्दै एक करोड ८९ लाख ५० हजार ठगी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।दाङ घोराही उपमहानगरपालिका वडा नं. १७ का माधवप्रसाद घिमिरेलाई दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहराले नागमणिको विश्वासमा पारेर एक करोड ८९ लाख ५० हजार रुपैया ठगेका थिए । बाँके प्रहरीको टोलीले यी तीन जनालाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ बाट चालिस लाख रुपैयासहित नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार, तीन जनाले घिमिरेलाई नागमणिको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने, घरपरिवारमा सुखशान्ति, सम्बृद्धि हुने भन्दै प्रलोभनमा पारेका थिए ।यस्तो कार्य गर्नेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ अनुसार ७ वर्षसम्म कैद र ७० हजारसम्म...
खजुरामा औद्योगिक ग्रामको अवलोकन

खजुरामा औद्योगिक ग्रामको अवलोकन

प्रदेश ५, श्रम/रोजगार, समाचार
खजुरा, १८ कार्तिक – बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ मा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्रामको मंगलबार उद्योग मन्त्रालयको एक टोलीले अवलोकन गरेको छ ।बाँके जिल्लामै पालिकास्तरमा बन्दै गरेको एक मात्र औद्योगिक ग्रामको डिपिआरपछि निर्माण प्रक्रिया शुरु भएको छ । पहिलो चरणमा प्राप्त ९२ लाख रुपैयाँको लागतमा तारबार तथा चौकीदार भवन निर्माण कार्य भइरहेको छ । करीब २१ बिगाहा क्षेत्रफलमा निर्माण हुने उक्त औद्योगिक ग्रामको प्रदेश सांसद आइपी खरेल, लगानी वोर्डका कार्यकारी प्रमुख सुशील भट्ट, उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरे, सहसचिव बलराम रिज्याल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पुनलगायतको टोलीले अवलोकन गरेको हो ।अवलोकनमा पुगेको टोलीलाई खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले हालसम्म भएको कार...
रेड पाण्डाको छालासहित ४ जना पक्राउ

रेड पाण्डाको छालासहित ४ जना पक्राउ

अपराध, प्रदेश ५, समाचार
नेपालगन्ज, १८ कार्तिक – जिल्ला प्रहरी कार्यालले दुर्लभ वन्यजन्तु रेड पाण्डा (रातो हाब्रे) को छालासहित चार जनालाई आज पक्राउ गरेको छ । कोहलपुरस्थित न्यू राप्ती गेष्टहाउसबाट बिहान करिब साढे १० बजेतिर रेडपाण्डाको छालासहित अभियुक्तलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काका अनुसार होटलमा रेडपाण्डाको छालाको मोलमोलाइ भइरहेको सूचनाका आधारमा ग्राहक बनेर सादा पोशाकमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लालबहादुर नेपाली, गणेश नेपाली, उमेशबहादुर थापा र दिनेश कार्की छन् .यसअघि गत भदौ २८ गते बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली घरबासबाट रेडपाण्डाको छालासहित चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो ।...
वडा सदस्य परियारको स्मृतिमा शोकसभा

वडा सदस्य परियारको स्मृतिमा शोकसभा

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगञ्ज, १८ कार्तिक – नेपालगन्ज उप–महानगरपालिकाले वडा सदस्य शान्तिदेवी परियारको निधनप्रति दुःख व्यक्त गर्दै मंगलबार श्रद्धाञ्जली सभा गरेको छ ।श्रद्धाञ्जली सभामा नगरप्रमुख डा. धवलशम्शेर राणाले परियारको निधनले नेपालगन्जले एकजना कर्मठ र शालिन ब्यक्ति गुमाएको बताउँदै उहाँबाट सधै सकारात्मक सहयोग प्राप्त भएको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख उमा थापामगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।नगर प्रमुख प्रमुख राणा, उपप्रमुख उमा थापा मगर, प्रतिनिधीसभा सदस्य सर्वतआरा खानम, प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारी लगायतले स्व. परियारको तस्बीरमा माल्र्यापण गर्नुभयो । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ का वडा सदस्य परियारको कोरोना संक्रमणबाट सोमबार भेरी अस्पतालमा निधन भएको हो । वडा नम्बर २ का वडाध्य...
अपरेसन गरेर बच्चा निकाल्ने तयारी गर्दैगर्दा गयो गीताको ज्यान

अपरेसन गरेर बच्चा निकाल्ने तयारी गर्दैगर्दा गयो गीताको ज्यान

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बुटवल, १४ कार्तिक – सुत्केरी बेथा लागेर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।सुत्केरी बेथा लागेर भर्ना भएकी गुल्मी मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको बिहीबार साँझ गर्भको शिशुसहित मृत्यु भएको हो । उनी सुत्केरी बेथा लागेर बिहीबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन् । मृतक गीताका देवर युद्ध पुरीले अस्पतालको लापरबाहीले भाउजू र बच्चा दुवैको ज्यान गएको बताए । अस्पताल भर्ना भएपछि चेक गर्दा नर्मल डेलिभरी हुन्छ भनिए पनि पछि एकाएक आमा र बच्चाको ज्यान गएको उनले बताए ।पुरीका अनुसार चिकित्सकले दिउँसो ४ बजे चेक गर्दा बच्चा र आमा दुवैको अवस्था सामान्य रहेको बताए पनि साँझ ७ बजे पेटभित्रै बच्चाको मृत्यु भएको बताएका थिए । त्यसको २ घण्टापछि आमाको पनि मृत्यु भएको चिकित्सकले आफन्तलाई जानकारी गराएका थिए ।मृतक ...
धुमधामसाथ ‘मोहम्मद डे’ मनाउँदै

धुमधामसाथ ‘मोहम्मद डे’ मनाउँदै

धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १४ कार्तिक – नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ ।प्रायः ‘मोहम्मद डे’ भनिने आजको दिनमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ । तर, यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सामूहिक भेला भएर गरिने कार्यक्रमहरु भने प्रभावित भएका छन् । मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो ।बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो । उनी जन्मिदा रगतले नलतपतिएको, नुहाइ दिइसके पछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का...
अपडेटः कोरोना मुक्त भई २६ महिलासहित ७४ जना घर फर्किंदै

अपडेटः कोरोना मुक्त भई २६ महिलासहित ७४ जना घर फर्किंदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ कार्तिक – विभिन्न संस्थागत आइसोलेसन, अस्पताल तथा होम आइसोलेसनबाट भाइरस संक्रमणबाट मुक्त भई २६ महिला र ४८ पुरुष गरी आज शुक्रबार ७४ जना डिस्चार्ज भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । आज घर फर्किनेहरु कार्तिक ४ गते आईसोलेसन भर्ना भएका थिए । कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्यामा बृद्धि भएको छ । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार आज शुक्रबार संक्रमण मुक्त भएका ७४ जनासँगै बाँकेमा कोरोनालाई जित्नेको संख्या २ हजार ७ सय ८३ पुगेको बताउनुभयो । शुक्रबारसम्म बाँकेका २ हजार ७ सय ८३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हालसम्म बाँकेमा कोरोना संक्रमितहरु ३ हजार ७७ जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा कोरोना निको हुने दर ९०.५४ प्रतिशत रहेको छ । मृत्यु दर ०.९७ रहेको छ भने रोग प्रकोप दर ०.५१ प्रतिशत रहेको बता...
नरैनापुर गाउँपालिकाले दियो सार्वजनिक विदा

नरैनापुर गाउँपालिकाले दियो सार्वजनिक विदा

धार्मिक, प्रदेश ५, समाचार, समाज
नरैनापुर, १४ कार्तिक – बाँकेको नरैनापुर गाउँपालिकाले मोहम्मद डेमा सार्वजनिक विदा दिएको छ ।आज (शुक्रबार) कार्तिक १४ गते परेको इस्लाम धर्माबलम्बीहरुले धुमधामका साथ मनाउने मोहम्मद डेका अवसरमा सार्वजनिक विदा दिइएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तिलाई इस्लाम धर्माबलम्बीहरुले धुमधामका साथ मनाउने गर्दछन् । गाउँपालिकाका अध्यक्ष शाहले एक शुभकामना सन्देश दिँदै भन्नुभएको छ, “विश्वलाई शान्ति र अहिंसाको बाटोमा लान मोहम्मद हजरत पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गदछौं ।”स्थानीय तहले आवश्यकता अनुसार स्थानीय विदा दिन सक्ने व्यवस्था अनुसार मोहम्मद डेका अवसरमा आज नरैनापुर गाउँपालिकामा सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताउनुभयो ...
बाहिर जिल्लाका कोरोना संक्रमित ६५ वर्षिय पुरुषको मृत्यु

बाहिर जिल्लाका कोरोना संक्रमित ६५ वर्षिय पुरुषको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ कार्तिक – बाँके जिल्लामा उपचारको क्रममा राप्ती गाउँपालिका–१, दाङका ६५ वर्षिया पुरुषको मृत्यु भएको छ ।दाङ जिल्ला राप्ती गाउँपालिका वडा नं. १ का ६५ वर्षिय पुरुष उपचारको लागि नेपालगन्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा भर्ना भएका थिए । उनको आज विहिबार दिउँसो ३ः५० मा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । मृतक ६५ वर्षिय पुरुष विगत लामो समयदेखि मधुमेध रोगबाट पीडित रहेको पारिवारिक श्रोतले जनाएको छ । हाल मृतकको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय भईरहेको बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।यो सहित बाँके जिल्लामा बाहिर जिल्लाबाट आई भर्ना भएर उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १७ पुगेको छ ।...