Thursday, May 28सत्यम खबर
Shadow

प्रदेश ५

प्रथम मेयर कपः ब्याडमिन्टन प्रतियोगिताको फाईनल समिकरण

प्रथम मेयर कपः ब्याडमिन्टन प्रतियोगिताको फाईनल समिकरण

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको फाईनल समिकरण पुरा भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पुर्ब खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा आयोजित प्रतियोगिताको शनिवार भएको मेन्स डबल बी लेभलतर्फ पहिलो सेमीफाईनलमा अर्जुन बुढा र बिरेन्द्र श्रीषको जोडीले राकेश साउद र चन्द्र कलेलको जोडीलाई ६–२१, २१–९, २१–१४ ले पराजित गर्दै फाईनलमा आफ्नो स्थान सुनिश्चित गरेका छन । त्यस्तै ओम चालिसे र कृष्ण रानाको जोडीले दिपक शाही र दिपक बनको जोडी पराजित गर्दै फाईनलमा प्रबेश गरे । यसैगरी ब्वाईज सिङल ग्–१५ तर्फ आर्यन रानाले अभय राजबंशीलाई २१–१५,२१–९ ले पराजित गर्दै फाईनलमा प्रवेश गरे। दोस्रो सेमिफाईनलमा संस्कार केसीले सुयोग्य श्रेष्ठलाई २१–६, २१–११ ले पराजित गर्दै फाईनलको यात्रा तय गरे । फाइनल खेल आज बेलुका ४ बजेदेखि शुरु हुने...
ब्याडमिन्टन प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा

ब्याडमिन्टन प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ - नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पुर्ब खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा आयोजित प्रतियोगिताको शुक्रबार भएको मेन्स डबल बी लेभलतर्फ पहिलो क्वार्टरफाईनलमा राकेश साउद र चन्द्र कलेलको जोडीले रबि सिग्देल र पवन पुनको जोडीलाई, अर्जुन बुढा र बिरेन्द्र श्रीषको जोडीले अभयलाल श्रेष्ठ र शिवराम चौधरीको जोडीलाई, ओम चालिसे र कृष्ण रानाको जोडीले बम बहादुर पुन र सन्तोष शाही र दिपक शाही र दिपक बनको जोडीले जनक सिंह थापा र शाहिल शेखको जोडीलाई पराजित गर्दै सेमीफाईनलमा प्रबेश गरे । त्यस्तै ब्वाईज सिङल U-15 तर्फ आर्यन रानाले झलक भण्डारीलाई, अभय राजबंशीले युवराज सिंह ठकुरीलाई, संस्कार केसीले दिवश मल्ललाई र सुयोग्य श्रेष्ठले दिवाकर शर्मालाई पराजित गर्दै सेमिफाइनलम...
पत्रकार आचारसंहिता र हकहितको लागि प्रतिबद्ध छु : अध्यक्ष अधिकारी

पत्रकार आचारसंहिता र हकहितको लागि प्रतिबद्ध छु : अध्यक्ष अधिकारी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ९ जेष्ठ – अनलाईन टिभी पत्रकार संघ नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णराज अधिकारीले पत्रकार आचारसंहितालाई पुर्ण रुपमा कार्यान्वयन गर्नु आजको आवश्यकता मात्र नभई नीती नियम संगत पत्रकारिता गर्न सबैलाई आग्रह गर्नुभएको छ । अनलाईन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको आज नेपालगन्जमा सम्पन्न पहिलो बैठकलाई सम्बोधन गर्दे अध्यक्ष अधिकारीले डिजिटल मिडियाको युगमा अनलाईन टेलीभिजन पत्रकारितामा आउनेलाई स्वागत गर्दे पत्रकारिताका सिद्धान्त अनुरुप मार्गदर्शन गर्न, काम गर्ने, अनलाईन पत्रकारिता विकासका लागि भुमिका निर्वाह गर्ने र पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि सिप प्रदान गर्ने बताउनुभयो । उहाँले पत्रकार आचारसंहिता र पत्रकारको हकहितका लागि आफू सधै प्रतिबद्ध रहेको समेत बताउनु भएको छ । उहाँले भन्नुभयो ,“जवाफदेहीता र पारदर्शिताका लागि अनलाईन टेलीभिजनले प्रस्तुत गरिरहेको भाषा र शै...
आजदेशि व्याडमिन्टन प्रतियोगिताको शुभारम्भ

आजदेशि व्याडमिन्टन प्रतियोगिताको शुभारम्भ

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा पुर्ब खेलाडी समाज बाँकेको आयोजनामा आज शुक्रबारदेखि ब्याडमिन्टन प्रतियोगिताको शुभारम्भ गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको खेलमा पूर्व खेलाडीहरु, पूर्व खेलाडी समाज बाँकेका पदाधिकारीहरु, सशस्त्र प्रहरीका डिएसपी, खेलाडीहरु लगायतको सहभागिता रहेको थियो । उपमहानगर प्रमुख बिष्टले उद्घाटन सत्रको शुभकामना मन्तब्य दिंदै पूर्व खेलाडीहरु जस मार्फत देश विदेशमा देशको नाम चिनाउन सफल भएको हुँदा ती पूर्व खेलाडीहरुलाई आउने समयमा उपमहानगरमार्फत सम्मान गर्न सके अझ राम्रो हुने बताउँदै सहभागी खेलाडीहरुलाई सफलताको शुभकामना दिएका थिए । आजबाट शुरु गरिएको व्याडमिन्टन खेल प्रतियोगितामा करीब १ सय १६ बढी खेलाडीहरुले नामावली दर्ता गरिएको ब्याडमिन्टन खेलाडी अनिल लाखेले जानकारी गराएका छन्...
मेयर बिष्टले गरे माेनिकालाई विदाई

मेयर बिष्टले गरे माेनिकालाई विदाई

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ जेष्ठ - नेपालगन्जकी मोनिका कठायत फिलिपिन्सको राजधानी मनिला जाँदैछिन् । मोनिलामा मे २४ देखि २९ सम्म हुन गइरहेको ‘Little & Teen GLAM PAGEANT 2025’ का लागि उनी नेपालबाट छनौट भएकी हुन् । नेपालबाट उनीसंगै अन्य तीन जना पनि छनौटमा परेका छन् । तर, नेपालगन्जबाट भने उनी एक्ली प्रतिष्पर्धी हुन् । मोनिकालाई बुधबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विदाई गर्दै सफलताको शुभकामना दिएका छन् । आफ्नै कार्यकक्षमा उनले मोनिकाको विदाई गरेका हुन् । विष्टले नेपालगन्जको शानको रुपमा रही मनिला जान थालेकी उनलाई आफ्नो र नेपालगन्जको नाम सधैं ‘रोशन’ गर्न शुभकामना दिए । मोनिका आदर्श माध्यमिक विद्यालय सुर्खेतरोडमा कक्षा ७ मा अध्ययनरत छिन् ।...
‘व्यवहारमा कार्यान्वयन नगरेपछि जनता आक्रोशित’

‘व्यवहारमा कार्यान्वयन नगरेपछि जनता आक्रोशित’

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो वार्षिक कार्यक्रम तथा नीतिमा पालिका भित्र रहेको ताल, तलैयाहरुलाई संरक्षण सम्वद्र्धन गर्ने योजनाहरु विगतमा कागजी रुपमा मात्र अगाडी सारेको पाईन्छ । तर उक्त नीतिलाई कार्यान्वयन सम्बन्धित पालिकाले नै गरेपछि स्थानियहरु आक्रोशित भएका छन् । वास्तविकता यो छ कि हाल कान्तिताल, फुल्टेक्रा ताल, रानी तलाऊ, धोबी ताल, रामनगर स्थित ताल लगायत पालिका भित्र रहेका तालहरुको अवस्था जिर्ण हुनुका साथै कब्जा नीतिमा परिणत भएको पाईन्छ । सोही कब्जा नीति अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ मा रहेको प्रसिद्ध धोबी ताललाई सम्बन्धित वडाबाट नै कब्जा गर्न फोहोर फाल्न शुरुवात गरिएको स्थानीयहरुको आरोप रहेको छ । हाल नेपालगन्ज उपमहानगरपालिका—८ स्थित रहेको प्रसिद्ध धोवी तालमा उपमहानगरले फोहोर फाल्ने क्रम जारी राखेपछि त्यस क्षेत्रको वातावरण नै दुर्गन्धित भएको स्थ...
गौरव स्मृतिद्वारा प्रसाद वितरण (फोटोफिचर सहित)

गौरव स्मृतिद्वारा प्रसाद वितरण (फोटोफिचर सहित)

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ जेष्ठ – गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनद्वारा आज दोस्रो मंगलबारका दिन पनि बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक वर्ष झै यश वर्ष पनि ज्येष्ठ महिनाको दोस्रो ठुलो मंगलबारका दिन भक्तजनहरूमा गौरव स्मृतिद्वारा बृहत् प्रसाद वितरण कार्यक्रम गरिएको संरक्षक÷सञ्चालक प्रदीप शाहले बताउनु भयो । प्रसाद वितरण कार्यक्रम नेत्र ज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा स्थित रहेको विनायक मेडिकल हलको सामुन्ने सम्पन्न गरिएको छ । प्रसाद वितरण कार्यक्रममा साहु समाज बाँकेका अध्यक्ष हंसराम साहु, गौरव स्मृतिका अध्यक्ष मधु शाह, मनिषा थापा, शतक रक्तदाता पवन जयसवाल, रामबिहारी खटिक, जीवन शर्मा, करण साहु, विजय कोरी, शिवम् गुप्ता, शिवम् शाह, लोकबहादुर कठायत, अजय कोरी, मुंशी हज्जाम, लगायत कार्यसमितिका पदाधिकारी, सहयोगीहरूको सहभागिता रहेको थियो ।...
अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा अधिकारी

अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा अधिकारी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, ६ जेष्ठ – अनलाइन टीभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णराज अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ । अनलाइन टीभि पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको सोमबार नेपालगन्जमा सम्पन्न प्रथम भेलाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरको हो । जसको बरिष्ठ उपाध्यक्षमा दिपक न्यौपाने, उपाध्यक्षमा रञ्जित शाह, सचिवमा साबित्री गिरी, सहसचिवमा मनबहादुर सहकारी र कोषाध्यक्षमा भावना बुढा मल्ल निर्वाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा चन्द्रेश्वरराज त्रिपाठी, इरफान अली, कुशल बिक र स्वेता गिरी निर्वाचित हुनुभएको छ । ११ जना कार्यसमिति मध्ये १ जनालाई नयाँ कार्यसमितिको बैठकले मनोनित गर्ने जनाएको छ । कार्यसमिति चयन अगाडी डिजीटल एआईको प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा अधिवेशन उदघाट्न कार्यक्रम गरीएको थियो । अनलाइन टिभि पत्रकार संघका केन्द्रीय प्रतिनिधि रोहि...
चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता
रमेश कुमार बोहोरा मिति २०८२ जेष्ठ ५ गते, सोमबार नेपालको अर्थतन्त्र अहिले अनेकौं घरेलु र बाह्य चुनौतीको दोहोरो चक्रव्यूहमा फसेको छ । महामारीपछिको पुनरुत्थान, वित्तीय अनुशासनको कमी, कर्जा वितरणको विकृति, र संस्थागत कमजोरीका कारण आर्थिक प्रणाली अस्तव्यस्त बनेको छ । अझ नियमनकारी संस्थाहरूको कमजोरीले लघुवित्त र सहकारी क्षेत्रहरूमा देखिएको अव्यवस्थाले अर्थतन्त्रमा गम्भीर संकट निम्त्याएको छ । कर्जाको अत्यधिक प्रवाह, त्यो पनि अनुत्पादक क्षेत्रमा, र सरकारी खर्चमा जवाफदेहिताको कमीले गर्दा आर्थिक वृद्धिमा अपेक्षित योगदान हुन सकेको छैन । निर्माण तथा सेवा क्षेत्रका भुक्तानी समस्याले निजी क्षेत्रको लगानी र रोजगारी सिर्जनामा नकारात्मक प्रभाव पारेको छ । मौद्रिक नीतिमा धेरै भरोसा गरेपछिको असर विश्वका धेरै देशले कोरोनापछि वित्तीय र राजस्व नीतिको संयोजनमार्फत पुनरुत्थानको प्रयास गरे । तर नेपाल भने मौ...
तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताब बिमोचित

तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताब बिमोचित

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौं, ५ जेष्ठ – तारालाल श्रेष्ठको पाँचौं अनुसन्धान पुस्तक साइकल सौन्दर्य नेपाल पर्यटन बोर्ड काठमाडौंमा बिमोचन सम्पन्न भएको छ । कार्यक्रममा लेखक, कलाकार तथा साहित्यकारसँगै साइक्लिस्टहरुको बाक्लो उपस्थिति थियो । नेपालको साइकल संस्कृति इतिहास, वर्तमान र भविश्यबारे साङ्गोपाङ्गो दस्तावेजीकरणको अभाव खडकिरहेको सन्दर्भमा श्रेष्ठको यस किताबले नयाँ खालका पाठकलाई आकर्षित गर्न र नेपाली साहित्यलाई फराकिलो पार्न गहन योगदान पु¥याउने विश्वास कार्यक्रममा सहभागी अतिथिहरुले व्यक्त गरे । कार्यक्रममा भुइतहबाट साइकल शिक्षक तथा सिर्जनात्मक साइकल अभियान सञ्चालनमा ओगदान गरिआएका अगुवाहरु वक्ताका रुपमा उपस्थित थिए । जेन जी पुस्तालाई साइकल शिक्षणमा सघाइ आएका युवा अभियन्ता तानिया श्रेष्ठदेखि विश्व साइकल यात्री पुस्कर शाहसम्म कार्यक्रममा उपस्थित भई साइकल साहित्य तथा अभियानबारे विभिन्न कोणबाट विमर्श गरिएको ...