चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित
नेपालगन्ज, ४ जेष्ठ – चलचित्र पत्रकार संघ नेपाल बाँकेले मोफसलमा रहेर कला कर्म र पत्रकारिता गरिरहेका २ जनालाई सम्मान गरेको छ ।
२६ औँ बार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा आज नेपालगन्जमा आयोजित एक कार्यक्रममा निर्देशक तथा डान्सर नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरेको हो । सुवेदीलाई तिन हजार एकसय र गिरीलाई दुइ हजार एकसय नगद रुपैयाँ र प्रमाण पत्र सहित सम्मान गरिएको हो ।
मोफसलमा रहेर सुवेदीले दर्जनौं म्युजिक भिडियो र लघु चलचित्र निर्देशन गरेका छन् । यस्तै चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्ने गरि पत्रकार गिरीलाई सम्मान गरिएको चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्ररिषि चौलागाईले चलचित्रप्रतिको आफ्नो लगाव रहेको बताउँदै चलचित्र हेर्नका लागि गरेको ...









