Thursday, May 28सत्यम खबर
Shadow

प्रदेश ५

‘मोनिका कठायतले देशको नाम उच्च गरिन’

‘मोनिका कठायतले देशको नाम उच्च गरिन’

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ जेष्ठ – नेपालगन्जकी मोनिका कठायत फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको "Little & Teen GLAM PAGEANT 2025" को बिजेता भएकी छन् । आज नेपालगन्ज एयरपोर्टमा उनलाई स्वागत गर्न मास नै पुगेको देखिन्थ्यो । नेपालगन्ज एयरपोर्टमा आफ्नो सानो भनाई राख्दै मोनिका कठायतले– विभिन्न देशका ३३ जना प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै प्रतियोगिता विजयी भएकोमा खुशी रहेको बताईन । उनले– ‘आफूले आफ्नो देशको नामका साथै बाँके जिल्लाको नाम समेत रोशन गरेको खुशी व्यक्त गरिन ।’ यसैगरी उनकी आमा जो छोरी मोनिकासँगै फिलिपिन्स पुगेकी थिईन । उनले छोरीले गरेको परिश्रमको उच्च सम्मान गर्दै आफू धेरै खुशी रहेको भनाई राखिन । करीब १ साता अगाडी मात्र नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले फुलमाला, खातासहित मोनिकालाई अग्रीम बधाई साथ प्रतिस्पर्धाको लागि फिलिपिन्स तर्फ बिदाई गरेका थिए । तर आज देशको नामस...
पासी जातीको सामाजिक अवस्था सम्बन्धी अन्तरक्रिया सम्पन्न

पासी जातीको सामाजिक अवस्था सम्बन्धी अन्तरक्रिया सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ जेष्ठ – “पासी जातिको सामाजिक अवस्था सम्बन्धि अन्तरक्रिया तथा रचना वाचन कार्यक्रम” नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१ वडा कार्यालयमा आज शुक्रवार सम्पन्न भएको छ । १८औँ गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१ वडा कार्यालय र भेरी साहित्य समाज केन्द्रिय समितिको संयुक्त आयोजनामा आयोजित नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१ का वडाध्यक्ष प्रमोद रिजालको अध्यक्षता, कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मी ब्यानर वाचनका साथै १८ वटा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१ का वडाध्यक्ष प्रमोद रिजालले पासी समुदायको हासिलो मुस्कान हेर्न चाहन्छु, पासी समुदायको अवस्था के कस्तो रहेको छ म हर समय सहयोग गरी रहेको छु र सहयोग गर्ने प्रतिवद्धता ...
गणतन्त्रको १८ वर्ष: उपलब्धिको समीक्षा कि विकल्पको खोजी ?

गणतन्त्रको १८ वर्ष: उपलब्धिको समीक्षा कि विकल्पको खोजी ?

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
रमेश कुमार बोहोरा मितिः २०८२ जेष्ठ १५ गते, बिहिबार आज २०८२ जेठ १५ गते ऐतिहासिक दिन । राजतन्त्र विस्थापन गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यो अवसरमा सरकारले औपचारिक रुपमाा गणतन्त्र दिवस मनाउँदा राजसंस्था पुनःस्थापनाको आन्दोलन पनि सुरु भयो । नेपालमा गणतन्त्र स्थापनाको पृष्ठभूमि, भूमिका र राजनीतिक उतारचढावहरुका बारेमा अनेकानेक तर्क, वितर्क छन् । एकथरि यसलाई आयातित मान्छन् भने अर्काथरि मौलिक । गणतन्त्र स्थापनाको दुई दशक पुग्नै लाग्दा देशमा राजतन्त्र पुनःस्थापनाको आन्दोलन सुरु हुनु र यसमा नागरिकको सहभागिता अनपेक्षित देखिनु गम्भीर सोचनीय विषय हो । सरकार र गणतन्त्र पक्षधर राजनीतिक दलहरुले यो व्यवस्थाका जतिसुकै समर्थन गरे पनि आम जनताले सुखानुभूति गर्न सकेका छैनन् । गणतन्त्रका सारथीहरुका अनेक काण्ड तथा देश र जनताप्रति उनीको उदासिनताले राजतन्त्रप्रतिको आकर्षण बढेको पाइन्छ । ...
डुडुवामा १८औं गणतन्त्र दिवस मनाइयो

डुडुवामा १८औं गणतन्त्र दिवस मनाइयो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
डुडुवा, १५ जेठ – डुडुवा गाउँपालिकाले १८औँ गणतन्त्र दिवस मनाएको छ । डुडुवा कार्यालयमा आज विहिबार आयोजित विशेष अन्तत्र्रिmया कार्यक्रमका बक्ताहरुले गणतन्त्र सबै भन्दा राम्रो व्यवस्था भएपनि त्यसको जनताले अझै अनुभुति गर्न नसकेको बताएका छन् । सहभागीहरुले सम्पुर्ण नेपाली जनताहरुलाई अनुभुति हुने गरी सम्पुर्ण सेवा, पहुँच तथा सहभागिताको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । कार्यक्रममा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गरी देशलाई आर्थिक विकासमा अगाडि बढाउनुपर्ने बताउँदै उहाँले जनभावनाको कदर गरी संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध मुलुक निर्माण गर्न सकिने भन्दै ग्रामिण क्षेत्...
अनुदानमा धानको बीउ किसानलाई वितरण शुरु

अनुदानमा धानको बीउ किसानलाई वितरण शुरु

प्रदेश ५, मौसम, राजनीति, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १३ जेष्ठ – डुडुवा गाउँपालिकाले किसानहरुलाई धानको बीउ वितरण शुरु गरेको छ । यस वर्षदेखि पालिका आफैले वीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो । समुह र सहकारी गरी जम्मा १४ वटा सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको वीउ विक्री गरिएको पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार १२० क्विन्टल उन्नत जातको र ८० क्विन्टल मूल वीउ किसानलाई सहकारी समुहमार्फत किसानलाई अनुदानमा वितरण गरिएको हो । ८० क्विन्टल मूल वीउलाई किसानले लगाएपछि पालिकाले समय–समयमा प्राविधिकबाट परिक्षण गराई उत्पादनका आधारमा थप मुल वीउ किसानसंग पालिकाले खरिद गरि प्रशोधन तथा भण्डारण गर्ने कृषि शाखा प्रमुख शर्माले बताउनुभयो । धान खेतीका लागि २५ सय ८० हेक्टर क्षेत्रफल रहेको डुडुवामा यो वर्षको वीउले १४ सय हेक्टर क्षेत्रफललाई...
नेपाल जडिबुटी व्यवसायी संघकाे अध्यक्षमा पुनः टंकप्रसाद शर्मा चयन

नेपाल जडिबुटी व्यवसायी संघकाे अध्यक्षमा पुनः टंकप्रसाद शर्मा चयन

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ जेष्ठ - नेपाल जडिबुटी व्यवसायी संघ बाँकेको सम्पन्न २६ औ साधारण सभाले नयाँ नेतृत्वको चयन गरेको छ । प्रकृयागत निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचन भएता पनि बाँकीका सम्पूर्ण अध्यक्ष लगायतका कार्यसमिति निर्बिरोध निर्वाचित भएका छन् । जडीबुटी संघका निवर्तमान अध्यक्ष टंकप्रसाद शर्मालाई नै दोश्रो पटक पनि सर्वसम्मत संघको नेतृत्वमा चयन भएका छन् भने उपाध्यक्षमा मेराज अंसारी र अख्तर अलि हलवाई बिचको निर्वाचन प्रतिस्पर्धामा मेराज अंसारी निर्वाचित भएका छन । महासचिवमा भानुभक्त रिजाल, कोषाध्यक्षमा अफजाल अहमद अंसारी, कार्यसमिति सदस्यमा-मिना बोहरा सिद्दिकी, रेशमबहादुर खड्का, रसिद अहमद अंसारी, मो शादाब हलवाई, संतोष वर्मा, मो. यासिन अंसारी, मो.आजम हलवाई निर्बिरोध निर्वाचित भएका छन । सम्पन्न निर्वाचन लगत्तै निर्वाचनमा खटिएका निर्वाचन आयुक्त बिश्वजित तिवारीबाट नेपाल जडीबुटी संघको ब...
जानकी–२ मा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको पुनर्गठन

जानकी–२ मा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको पुनर्गठन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ जेष्ठ – जानकी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताको अध्यक्षतामा आज आईतबार बि.ग्रुप तथा जानकी २ नं. वडा कार्यालयको सहकार्यमा वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको पुनर्गठन गरिएको छ । पुनर्गठन गरिएको समितिको सदस्यहरुमा क्रमशः सोनापती सिखनी, तारावती खटिक, गोबिन्द गौतम, सुशिलाकुमारी बुढाथोकी, मनिषा भण्डारी, धनसरी वि.क., मञ्जुकुमारी शर्मा, बिष्णु लोध, निरजकुमार साहु तथा कविता रेग्मीलाई चयन गरिएको छ । पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमा वडा नं. २ मा रहेका किसान, शिक्षक, कर्मचारी लगायतलाई सहभागी गराई समिति पुनर्गठन गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो । अध्यक्ष गुप्ताका अनुसार नव गठित पुनर्गठन समितिको बैठक प्रत्येक महिनामा आवश्यकता अनुसार बस्ने बताएका छन् ।...
बाल अधिकार तथा कर्तव्य बिषयक एक दिने अभिमुखीकरण

बाल अधिकार तथा कर्तव्य बिषयक एक दिने अभिमुखीकरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ११ जेष्ठ – बाँकेको नेपालगन्जमा बिद्यार्थी र एस.ओ.एस.अल्टरनेटिभ युथ क्लबका युवाहरुको लागी बिद्युतीय अपराध तथा सुरक्षा र बाल अधिकार तथा कर्तव्य बिषयक एक दिने अभिमुखीकरण शनिवार सम्पन्न भएको छ । एस.ओ.एस.युवालय नेपालगन्जको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२ घरवारी स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय र वार्ड नं.१२ जय बागेश्वरी स्कूलबाट सात–सात जना बिद्यार्थीहरु र एस.ओ.एस.अल्टरनेटिभ युथ क्लबका युवा सहभागितामा साइबर अपराध, साइबर सुरक्षा सम्बन्धि अपनाउनु पर्ने सतर्कताहरु सामाजिक सञ्जालमा नचिनेका मानिसहरुको फ्रेन्ड रिस्कवेष्ट एसेप्ट नगर्ने, आफुनो फुसबुक, इन्साग्राम, वाटसाप तथा अन्य यस्तै प्रकृतिका सामाजिक सञ्जलामा बलियो पासवार्ड राख्ने, पासवार्ड कसैलाई नदिने र समय सञ्जाल परिर्वतन गरिरहने, आफूले प्रयोग गर्न मोबाइल फोन ल्यापटाप तथा अन्य यूतै प्रकृतिका बिद्युतीय सामा...
संरक्षणका लागि सामुहिक एक्येबद्धता हुन जरुरी रहेकोमा जोड

संरक्षणका लागि सामुहिक एक्येबद्धता हुन जरुरी रहेकोमा जोड

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, ११ जेष्ठ – बाँके राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणका लागि सामुहिक एक्येबद्धता जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । क्रियाशिल पत्रकार महिला बाँकेको आयोजना तथा बाँके राष्ट्रिय निकुञ्जको सहकार्यमा शनिबार बाँके राष्ट्रिय निकुञ्जमा पत्रकार महिलाहरु संग गरीएको अन्तत्र्रिmया कार्यक्रमका सहभागी पत्रकार महिलाहरुले यस्तो बताएका हुन । उनिहरुले बाँके राष्ट्रिय निकुञ्जले संरक्षणका लागि बनाएका योजना तथा कार्यक्रममा ऐक्यबद्धता जनाउँदै सहभागी हुन सकेमा पर्यावरणीय संरक्षण हुनुका साथै पर्यापर्यटनले पनि फड्को मार्ने बताएका हुन । कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख बरिष्ठ संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कडेलले अहिले बन्यजन्तुको संख्यामा बृद्धि भएको बताउँदै स्थापनाको उदेश्य अनुसार कार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको...
मेयर कप ब्याडमिन्टन: आर्यन राना तथा मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडी प्रथम

मेयर कप ब्याडमिन्टन: आर्यन राना तथा मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडी प्रथम

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ - नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्तरगत ब्वाईज सिङल U-15 तर्फ आर्यन राना तथा मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडी प्रथम भएका छन। शनिवार सम्पन्न फाईनलमा U-15 तर्फ आर्यनले संस्कार केसीलाई २१-१६, १६-२१ र २१-१६ ले पराजित गर्दै च्याम्पियन भए। केसीले दोस्रो स्थान मै चित्त बुझाए। अभय राजबंशी र सुयोग्य श्रेष्ठ तृतीय भए। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद सहित पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गरे। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आर्यन राना उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै आर्यन बुढा उदयमान खेलाडी बाट पुरस्कृत भए। त्यसैगरी मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडीले अर्जुन बुढामगर र बिरेन्द्र श्रीषको जोडीलाई २१-१९, १७-२१ र २१-१९ ले पराजित गर्दै प्रथम हुन सफल भए। श्रीष र ब...