Thursday, June 12सत्यम खबर
Shadow

जानकी–२ मा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको पुनर्गठन

नेपालगन्ज, ११ जेष्ठ – जानकी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताको अध्यक्षतामा आज आईतबार बि.ग्रुप तथा जानकी २ नं. वडा कार्यालयको सहकार्यमा वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको पुनर्गठन गरिएको छ ।

पुनर्गठन गरिएको समितिको सदस्यहरुमा क्रमशः सोनापती सिखनी, तारावती खटिक, गोबिन्द गौतम, सुशिलाकुमारी बुढाथोकी, मनिषा भण्डारी, धनसरी वि.क., मञ्जुकुमारी शर्मा, बिष्णु लोध, निरजकुमार साहु तथा कविता रेग्मीलाई चयन गरिएको छ ।

पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमा वडा नं. २ मा रहेका किसान, शिक्षक, कर्मचारी लगायतलाई सहभागी गराई समिति पुनर्गठन गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो ।

अध्यक्ष गुप्ताका अनुसार नव गठित पुनर्गठन समितिको बैठक प्रत्येक महिनामा आवश्यकता अनुसार बस्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *