Thursday, May 28सत्यम खबर
Shadow

प्रदेश ५

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज २३ जेष्ठ – महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुई दिने क्षमता विकास तालिम नेपालगन्जमा शुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा सञ्चालित तालिममा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत विभिन्न वडाका ५० जना बढी महिला, बालबालिका, र किशोरीहरुको सहभागिता रहेको छ । तालिममा महिला, बालबालिकाको कानूनी अधिकार, अवस्था, समस्या, लैङ्गिक समानता, लैङ्गिक विभेद, नेतृत्व विकास, यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, बालविवाह, यौन हिंसा, निर्णय क्षमता विकास, कानूनी अधिकार, सुरक्षा, न्याय तथा पहुँचका उपाय, अर्थिक शसक्तिकरण लगायतका विषयमा जानकारी गराइने संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । तालिममा बसन्त कानोजिया, अधिबक्ताहरु विश्वजित तिवारी, केवलसिंह थारु र जिज्ञासा तिवारी, राकेशकुमार मिश्र, एञ्जिला ज्ञवाली र ...
खजुराका सबै माबिमा जलवायु न्याय पाठ्यक्रम लागु हुँदै कार्यान्वयन अन्तरगत प्रधानाध्यापक र सम्पर्क शिक्षकलाई तालिम

खजुराका सबै माबिमा जलवायु न्याय पाठ्यक्रम लागु हुँदै कार्यान्वयन अन्तरगत प्रधानाध्यापक र सम्पर्क शिक्षकलाई तालिम

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ जेष्ठ - बाँकेको खजुरा गाउँपालिकाले पालिका अन्तरगतका सबै १६ वटा माबिहरुमा जलवायु न्याय पाठ्यक्रम लागु गर्ने भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, खजुरा गाउँपालिकाको सहकार्यमा बास नेपालद्धारा सञ्चालीत वालिका शिक्षा कार्यक्रम अन्तरगत जलवायु न्याय पाठ्यक्रमलाई ग्रहण गर्दै गाउँपालिकाले आफै निरन्तरता दिने जनाएको हो । गाउँपालिकाका सबै माबिहरुमा कार्यक्रम लागु हुनुपूर्व बिद्यालयका प्रधानाध्यापक र सम्पर्क शिक्षकलाई कार्यक्रमका बारेमा जानकारी गराउने उद्धेश्यले तिन दिने तालिमको अयोजना गरेको थियो । जेष्ठ १९ गते देखि सञ्चालन भएको तालिम २१ गते कार्यक्रमलाई निरन्तरता दिने साझाँ सहमति सहित समापन गरिएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जलवायु न्याय पाठ्यक्रमको प्रभावकारीता अत्यन्तै सकारात्मक देखिएकाले पालिकाले ...
१ महिलासहित २२ जनाले गरे रक्तदान

१ महिलासहित २२ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ जेष्ठ – पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड लम्बिनी प्रदेश नेपालगन्जमा आयोजनामा आज बिहीवार आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित २२ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १७ औं बार्षिकोत्समा प्रथम रक्तदान कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उपप्रादेशिक कार्यालय नेपालगन्जको प्रायोजकमा “सामाजिक उत्तरदायित्य कार्यक्रम” आयोजित रक्तदान कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति केन्द्रिय उपाध्यक्ष बिनोद कुमार यादव, लुम्बिनी प्रदेश अध्यक्ष टिकामणी, केन्द्रिय सदस्य निरज कुमार भट्ट, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड प्रदेश उपप्रमुख उमेश ठाकुर, अभिकर्ता माधवराज अधिकारी, उर्मिला यादव लगायतले संयुक्त रुपमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन...
पत्रकारहरूले निडर, स्वतन्त्र र निष्पक्ष लेखन मार्फत् आफ्नो पहिचान स्थापित गर्नु पर्र्छ

पत्रकारहरूले निडर, स्वतन्त्र र निष्पक्ष लेखन मार्फत् आफ्नो पहिचान स्थापित गर्नु पर्र्छ

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ जेष्ठ – भारत उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रिजेश पाठकले पत्रकारहरूले निडर, स्वतन्त्र र निष्पक्ष लेखन मार्फत् आफ्नो पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । प्रिन्ट एण्ड इलेक्ट्रोनिक पत्रकार एशोसिएसनको २६ औं स्थापना दिवस तथा पत्रकार सम्मान समारोहमा उत्तर प्रदेशको राजधानी लखनऊमा पत्रकारहरुलाई विभिन्न पुरस्कारले सम्मान गर्दै उहाँले उक्त धारणा राख्नु भएको हो । सो कार्यक्रममा विभिन्न राज्यका १५१ पत्रकारलाई पण्डित दीनदयाल उपाध्याय पुरस्कार र गणेश शंकर विद्यार्थी लगायतको सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । उपमुख्यमन्त्री ब्रिजेश पाठकले लखनऊको उद्यान विभाग हजरतगंजको अडिटोरियममा विभिन्न राज्यबाट आएका पत्रकारहरूलाई सम्बोधन गर्दै भन्नुभयो– देश र राज्यको सम्मानको रक्षा गर्नुपर्छ । पत्रकारहरूले भरिएको कार्यक्रममा खुला मञ्चबाट स्पष्ट शब्दमा भने कि उत्तर प्रदेशमा पत्रकारहरूमाथि हुन...
सुशासन दिन बनेको सरकार, कुशासन बाहेक केही देखिएनःअध्यक्ष यादव

सुशासन दिन बनेको सरकार, कुशासन बाहेक केही देखिएनःअध्यक्ष यादव

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २१ जेष्ठ – जनता समाजवादी पार्टी नेपाल बाँके जिल्लाको एकताको प्रथम जिल्ला अधिवेशन आज बुधबार नेपालगन्ज वडा नं. १४ मा रहेको सिटि हलमा सम्पन्न गरिएको छ । उक्त अवसरमा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले एकताको प्रथम जिल्ला अधिवेशनमा नव निर्वाचित हुने सम्पूर्णलाई शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष यादवले – जुन संघर्षको साथमा यस गणतन्त्रको स्थापना गरिएको छ । त्यसलाई यति सहज रुपमा कसैले समाप्त गर्न सक्दैन । नेपाल सबै धर्म, सबै भाषा, सबै भेषभुष, सबै जातजातिहरुको बसोबास गर्ने साझा थलो रहेको बताउँदै यो सदैव यसैगरी साझा नै रहने बताउनुभयो । आजको आवश्यकता नै एकता रहेको बताउँदै सोही एकता अनुरुप नै हामी अगाडी बढ्न सक्नु पर्नेमा जोड दिनुभयो । पूर्वउपप्रधानमन्त्री यादवले देश भित्र रहेका उद्योग, कलकारखाना लगायत सम्पूर्ण बन्द रह...
कृष्णनगरको बसपार्कमा यात्रीहरूका लागि निशुल्क खानेपानी

कृष्णनगरको बसपार्कमा यात्रीहरूका लागि निशुल्क खानेपानी

आर्थिक, आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
अजय मिश्र, कपिलवस्तु, १९ जेष्ठ - कपिलवस्तु जिल्लाको कृष्णनगरको बसपार्कमा वडा कार्यालयको सहयोगमा तथा इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरीको समान्वयमा यात्री हरूका लागि निशुल्क खानेपानीको व्यवस्था गरिएको छ। आज एक कार्यक्रमका बिच भारत बाट आउने श्रद्धालु तथा यात्री हरू लाई तराई मधेशमा चर्को गर्मी बढेकाले निशुल्क खानेपानीको व्यवस्थापन गरिएको जानकारी वडाध्यक्ष कृष्ण कुमार गुप्ताले दिए।   कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक ईश्वर लौडारीले मानवता नै सबै भन्दा ठूलो सेवा रहेकाले यात्री हरुलाई सहजताका लागि वडाध्यक्ष संग पहल गरेको बताउदै नेपाल प्रहरीको नागरिक सहायता कक्ष समेत राखिएकाले यात्रीहरूलाई सहज हुने बताए। कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले निशुल्क खानेपानी वितरण कार्य सराहनीय रहेको बताउँदै आफूहरूबाट हुने सहयोग गर्ने बताए। ...
दुई महिलासहित ४२ जनाले गरे रक्तदान

दुई महिलासहित ४२ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ जेष्ठ – बाँके जिल्लाको जानकी गाउँपालिकाको बेलहरीमा आयोजित रक्तदान कार्यक्रम शनिवार दुई महिलासहित ४२ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन । जानकी गाउँपालिका वार्ड नं.–५ वडा कार्यालयको आर्थिक सहयोगमा जिल्ला युवा क्लब सञ्जाल बाँकेको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज जानकी गाउँपालिका उपशाखाको समन्वयमा, ५ नं. वडा कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा वडा नं. का वडाध्यक्ष, टिका नाथ यादवले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक तुलसी चौधरीलाई रगत संकलन थैली हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । आयोजित रक्तदान कार्यक्रममा जानकी गाउँपालिका वार्ड नं. ५ का वडाध्यक्ष टिकानाथ यादव, महिला वडा सदस्य कान्ती काँदू, जानकी गाउँपालिका जिन्सी शाखा प्रमुख राजु यादव, लघु उद्यम शाखाकी साबित्रा रेग्मी, समाजसेवी ह...
निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, १८ जेष्ठ – राजधानीमा एकै साथ निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेको इन्सुरेन्स लिमिटेडको २९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मुख्य कार्यालय विमा भवन ज्ञानेश्वरमा निःशुल्क दन्त रोग परिक्षण, छाला परिक्षण तथा आँखा परिक्षण तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा नेको इन्सुरेन्सका ८२ जना कर्मचारीको उक्त रोगहरुको निःशुल्क परिक्षण गरिएको हो । डिजिटल हेल्थ तथा टेलिमेडिसिनको क्षेत्रमा कार्यरत संस्था हेल्थ याद आयोको समन्वय र सहकार्यमा सम्पन्न सो शिविरमा सोवा हेल्थ केयर सेन्टर जावालाखेल, हिमाल अस्पताल ज्ञानेश्वर तथा ब्लरकार्ट ललितपुरका चिकित्सक तथा प्राविधिकहरुले प्राविधिक सहयोग गरेका थिए । सो अवसरमा रक्तदान जीवन दानको उद्देश्यका साथ आयोजित रक्तदान कार्यक्रममा २७ जना कर्मचारीहरुले रक्तदान गरेका थिए । स्वास्थ्य शिविरका सं...
डुडुवाद्धारा नेपालगन्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

डुडुवाद्धारा नेपालगन्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १७ जेष्ठ – मानविय सेवा अन्तर्गत डुडुवा गाउँपालिकाले नेपालगन्जका दुई वटा सेवा आश्रमलाई सहयोग गरेको छ । गणतन्त्र दिवसको अवसरमा पालिकाले शुक्रबार नेपालगन्जको मानव सेवा आश्रम र निलसागर सेवा आश्रममा रहेका बृद्ध तथा बालबालिकाका लागि खाद्यान्न र शैक्षिक सामाग्री उपलब्ध गराइएको छ । पालिकाले चामल २० बोरा, नमकिन ४ बोरा, चिउरा १५ बोरा, विस्कुट २० दर्जन, भुजा ३ बोरा, सरसफाईका लागि साबुन, सर्फ र २० जना बालबालिकाका लागि व्यागसहितको शैक्षिक सामाग्री प्रदान गरिएको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरी र उपाध्यक्ष शाहिदा बानोले दुबै आश्रममा पुगेर उक्त सामाग्री हस्तान्तरण गर्नुभयो । सेवा आश्रममा रहेका असहाय बृद्ध तथा अनाथ बालबालिकालाई खाजा, खाना र पढ्नमा सहयोग पुग्ने उद्देश्यले सामाग्री उपलब्ध गराएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले आश्रममा रहेका बृद्धहरुको अ...
एक दिवसीय योग शिविर तथा कल्पवृक्ष रोपण कार्यक्रम भव्य रूपमा सम्पन्न

एक दिवसीय योग शिविर तथा कल्पवृक्ष रोपण कार्यक्रम भव्य रूपमा सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ जेष्ठ — पतञ्जलि योग समिति बाँके नगर समितिको आयोजनामा तथा वडा नम्बर १९ स्थित श्री बाबा विश्वनाथ मन्दिर प्राङ्गणमा एक दिवसीय योग विज्ञान शिविर एवं वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो योग सिबिर कर्यक्रमको सञ्चालन वसन्त लामिछानेले गरेका थिए । कार्यक्रमको विशेष आकर्षणको रूपमा, हरित अभियानका अभियन्ता तथा हरित अध्यता हेमन्तराज काफ्लेले मन्दिर परिसरमा कल्पवृक्ष (बाओबाब) को बिरुवा रोपेर पर्यावरण संरक्षणको सन्देश दिएका थिए । यो कल्प वृक्षको बीउ जर्मनीमा रहेको साधना अधिकारी रानाले हेमन्तलाई दिएको र बिरुवा बनाई बलबहादुर केसि जिले उपहार दिएको उहाँले गमलामा हुर्काउनु भएको थियो र आज लगभग एक वर्ष पछि मन्दिरमा लगाईयो । शिविरमा सहभागी श्रद्धालु, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरूलाई सम्मान गर्दै धार्मिक होमन पुष्कर आचार्य गुरुले सम्पन्न गर्नु भएको थियो । हेमन्त काफ्लेले ...