
नेपालगन्ज, १९ जेठ – बाँके जिल्लामा पर्यटकीय क्षेत्रको रुपमा विगत एक दशकदेखि निरन्तर रुपमा धार्मिक पर्यटकहरु भिœयायन सफल रहेको नरैनापुर क्षेत्रमा अवस्थिति श्री सन्तानेश्वर महादेव मन्दिर । जहाँ वार्षिक रुपमा लाखौं पर्यटकहरु जाने गरेको तथ्य रहेको पाईन्छ ।
सोही क्षेत्रको बृहत विकास, बाटो निर्माण, पानीको व्यवस्थापन लगायत समस्या रहेको हुँदा नेपाल सरकारको ध्यान सोतर्फ जानु पर्ने माग समेत विगतदेखि नै उठ्दै आईरहेको पाईन्छ । सोही क्रममा प्रदेश सरकार र स्थानिय सरकारद्वारा विगतमा केही बजेट समेत विनियोजित गरिएको तथ्यलाई झुठो मान्न सकिन्न । थप बृहत विकासको लागि यस पटक पनि बजेट आउने आशा राखेका स्थानियहरु निराश भएका छन् ।
बाँकेको नरैनापुर क्षेत्रमा अवस्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ । मन्दिर परिसरबाट देखिने मनमोहक पहाडी दृश्य, शान्त वातावरण र आध्यात्मिक महत्वले यहाँ प्रत्येक वर्ष ठूलो संख्यामा श्रद्धालु तथा पर्यटकहरू आकर्षित हुँदै आएका छन् ।

तर पछिल्लो समय मन्दिरको भौतिक संरचना क्रमशः जीर्ण बन्दै गएको स्थानीयवासी तथा भक्तजनहरूको गुनासो छ । धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको यस पवित्र स्थलको संरक्षण तथा पूर्वाधार विकासमा अपेक्षित ध्यान पुग्न नसकेको उनीहरूको भनाइ रहेको छ ।
स्थानीय समुदायका अनुसार मन्दिरसम्म पुग्ने बाटो, विश्रामस्थल, खानेपानी तथा अन्य आधारभूत सुविधाको व्यवस्थापनमा सुधार आवश्यक रहेको छ । मन्दिरको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित निकायहरूले विशेष योजना ल्याउनुपर्ने माग समेत उठ्दै आएको छ ।
प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र पर्यटन सम्भावनाले भरिपूर्ण सन्तानेश्वर महादेव मन्दिरको समय मै संरक्षण र विकास गर्न सकिए यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन् ।
