Monday, March 30सत्यम खबर
Shadow

स्वधर्म सँस्कृतिद्वारा १५० बडघर -पूजारी)लाई अयोध्या धाम दर्शन

नेपालगन्ज, १६ चैत्र – स्वधर्म सँस्कृति संरक्षण अभियान नेपालद्वारा बा“के, बर्दियाका थारु समुदायका बडघर -पूजारी)लाई अयोध्या धाम दर्शनको लागि आईतबार नेपालगन्जबाट बिदाई गरिएको छ ।

उक्त धार्मिक यात्रामा बाँके बर्दियाका हरेक पालिकाबाट लगभग १ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । आफ्नो स्वधर्म स्वं संस्कृति बचाउने पवित्र उद्देश्यका साथ यस अभियानद्वारा समाजको जनजाति थारु समुदायलाई लक्षित गर्दै उक्त धार्मिक यात्रा प्रारम्भ गरिएको छ ।

यसैवर्षबाट शुरु गरिएको पहिलो धार्मिक यात्रामा १ सय ५० जना व्यक्तिहरु । यसपछि अर्को धार्मिक यात्रामा थप लक्षित व्यक्तिहरुलाई सहभागी गराउने आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *