Monday, March 30सत्यम खबर
Shadow

बागेश्वरी मन्दिरमा विशाल भण्डारा

नेपालगन्ज, १३ चैत – रामनवमीको अवसरमा नेपालगन्ज स्थित बागेश्वरी मन्दिरमा डुडुवा गाउँपालिकाले विशाल भण्डाराको आयोजना गरेको छ ।

मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरुले भण्डारामा प्रसाद ग्रहण गरेको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार सामाजिक तथा धार्मिक कार्य अन्र्तगत मन्दिरमा आएका भक्तजनका लागि बृहत भण्डारा गरिएको हो ।

भण्डारामा करिब बीस हजार श्रद्धालुहरुले प्रसाद ग्रहण गरेका थिए । भण्डारामा पालिका, पालिकाका कर्मचारी र जंगली कुम्हार लगायत विभिन्न व्यक्तीहरुले आर्थिक सहयोग गरेका थिए । भण्डारामा पालिकाका कर्मचारीले आएका भक्तजनहरुलाई प्रसाद वितरण गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *