
नेपालगन्ज, १३ चैत्र – प्रत्येक वर्ष झैं यस वर्ष पनि साहू समाज जिल्ला कार्य समिति एवम् साहू समाज युवा समितिले चेते दशैं श्रीराम नवमी (श्रीराम जन्माेत्सव) को उपलक्ष्यमा त्रिभुवन चोक नजिक बृहत भण्डार सम्पन्न गरेकाे छ ।

उक्त बृहत भण्डारामा साहु समाज जिल्ला कार्य समिति पदाधिकारी सदस्यहरूकाे सहभागिता हुनुका साथै युवा समितिकाे समन्वय रहेकाे सचिव प्रदीप शाहले बताउनुभयाे ।

सचिव शाहले आज शुक्रवार माननीय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) काे सपथ ग्रहण भएकाे हुँदा उहाँकाे सफल कार्यकाल सफलताकाे कामनाकाे लागि साहू समाज एवं साहू समाज युवा समितिले श्री राधाकृष्ण मन्दिर एवम् धर्मशालामा ५१ ओठा दीप प्रज्वलन गरी शुभ कामना समेत व्यक्त गरेकाे बताउनु भयाे ।
