
कोहलपुर, १९ कार्तिक – ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौंले (३(१) गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
चौथो दिनमा भएको त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र वि.एफ.सी. चितवन क्लब चितवन विच भएको खेलमा त्रिभुवन आर्मीले (३(१) गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
खेल सुरु भएको १० मिनेटमा वि.एफ.सी. चितवन क्लबका खेलाडिल सुजित बुढाथोकीले १ गोल गरेका थिए त्यसको विरुद्ध त्रिभुवन आर्मीका खेलाडी टंक बस्नेतले २७ मिनेट र मान बहादुर बुढामगरले ५६ र ६९ मिनेटमा २ गोल गरी ३ गोल हानेका थिए ।

त्रिभुवन आर्मीका खेलाडी टंक बस्नेतले म्यान अफद म्याज धोषित भएका थिए । रोयल नेपालगन्ज फुटबल क्लबका अध्यक्ष सुर्यमणी अधिकारी र समाजसेवी अञ्जना पाण्डेद्धारा बस्नेतलाई नगद रु ५ हजार रकम हतान्तरण गरिएको थियो ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिनुभएको छ । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताउनुभएको छ ।
भोली एभिनियर एफ.सी. (क्यामरुन) र दुधौली स्पोर्ट क्लब विच प्रतिस्पर्धा हुने ः कोहलपुर नगरपालिका २ तेह्र विगाहमा सञ्चालनमा रहेको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगितामा आज आईतबार एभिनियर एफ.सी. क्यामरुन र दुधौली स्पोर्ट क्लब सिन्धुली विच खेल हुने खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभएको छ । ३ बजेबाट खेल सुरु हुनेछ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।
