
नेपालगगन्ज, १६ श्रावण – नेपालगन्ज इन्डुरो टोलीले यहीँ साउन २७ गते नेपालगन्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा गर्ने भएको छ ।
टिम डि-एडजको आयोजनामा सुरु हुने क्रसराइडको यात्रा डि एड्ज फिटनेस क्लव, जङ्गल हुँदै राप्ती पुल, सन्तानेश्वर, अगैंया, कोहलपुर हुँदै पुन नेपालगन्ज आइपुग्ने टिम डिएडजका सञ्चालक तथा संस्थाका आयोजक दिनेश थापाले बताएका छन् ।
थापाका अनुसार श्रावण २७ गते शनिबार बिहान ६ बजे डि एड्ज फिटनेस् क्लवदेखि यात्रा गर्ने र नेपालगन्जका डर्ट मोटरसाइकल टिम एक भई बाँकेका धार्मिक तथा पर्यटकीय, कृषी क्षेत्रलाई पहिचान गराउने उदेश्यले डर्ट मोटरसाइकल यात्रा गर्ने बताएका छन ।
पर्यटकीय यात्रामा जान या थप जानकारीको लागि सम्पर्क ९८५१००८१९९ मा गर्न सकिने टिम इन्डोरो नेपालगन्जले बताएको छ। ।
